• १ चैत २०८२, आइतबार

तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड

blog

काठमाडौँ, चैत १ गते । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिँदै आउनुभएका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।

सन् १९८८० को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गर्नुभयो ।

संकटा क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्नुभएका ६६ वर्षीय तन्डुकरले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्वपूर्ण भएको बताउनुभयो । 

यस्तै राष्ट्रिय यू–८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ दि इयर २०२५ अवार्ड हात पार्नुभयो ।  निहाना श्रेष्ठले क्वीन अफ दि हिमालयज, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गर्नुभयो । 

यस्तै विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जित्नुभयो । अवार्ड कार्यक्रममा एकेडेमीकी संस्थापक खम्बूले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुती दिनुभएको थियो ।