घाँसेफिस्टो चरा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानको खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अङ्ग्रेजीमा प्रिनिया भनिन्छ ।
जिल्ला प्रशासनमा जनशक्ति अभाव
सामान्यतया जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पछि सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना अधिकृत, नायब सुब्बा र खरिदारको न्यूनतम जनशक्ति हुन्छ तर जिल्ला प्रशासन कार्यालय बैतडीमा
विशेषज्ञ चिकित्सकको पर्खाइमा अस्पताल
सुदूरपश्चिमको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेलधुरा अस्पताल छ वर्षदेखि विशेषज्ञ चिकित्सकको पखाईमा छ ।
अछाम अस्पतालमा जटिल शल्यक्रिया सुरु
अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज आचार्यले जानकारी दिनुभयो।
सुदूरपश्चिम महोत्सव आयोजना हुने
कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
घरमै कोदो बिकेपछि महिला हर्षित
बाजुरामा उत्पादन गरेको कोदो पछिल्लो समय घरआँगनमै बिक्री हुन थालेपछि यहाँका महिला निकै खुसी भएका छन् ।
सङ्कटमा गोर्खाली न्वालो
ऐतिहासिक शर्मालीगढी किल्ला जाने बाटोमा रहेको गोर्खाली न्वालो (कुवा) मा सिमेन्टको प्रयोगले गर्दा पानी घट्न थालेको छ ।
टिमुरका बिरुवा निःशुल्क वितरण
डिभिजन वन कार्यालय डोटीले टिमुरका बिरुवा निःशुल्क वितरण गर्ने गरी त्यसको उत्पादनको तयारीमा जुटेको छ ।
मेलाको ब्रान्ड बन्यो दुनाटपरी
चटपट खाने ग्राहकको भिडभाड छ । सबैको माग थेग्न धनगढीकी मीरादेवी कठायतलाई हम्मे परिरहेको छ ।
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
भाँडा माझ्दै पढेर स्थायी शिक्षक
‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् ।
अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ
दुई जनालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिममा अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने
सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तर्राष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् ।
डोटीमा टिमुरको बेर्ना उत्पादनको तयारीमा डिभिजन वन कार्यालय
डिभिजन वन कार्यालय डोटी निःशुल्क बिरूवा गर्नेगरी टिमुरको बेर्ना उत्पादनको तयारीमा जुटेको छ ।
खुर्सानी खेतीबाट राम्रो आम्दानी
कैलालीको जानकी गाउँपालिका –४ की सविता बडायक खुर्सानी खेती गरेर राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । पाँच कट्ठा जमिनमा विभिन्न प्रजातिको खुर्सानी खेती गरेर उहाँले आम्दानी गर्न सफल हुनु भएको हो । खुर्सानी खेतीबाट भएको आम्दानीले परिवारको खर्च मज्जाले चलेको बडायकले बताउनुभयो ।
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।
जग्गाको मूल्याङ्कन बढ्दै, मूल्य घट्दै
सरकारी निकायले जग्गाको मूल्य बर्सेनि बढाउँदै लगे पनि प्रचलनमा त्यति नभएपछि कारोबारमा समस्या आउन थालेको छ ।
अर्गानिक तरकारी फलाउने किसान निराश
भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् ।
अमेरिकामा देउडाको बीजारोपण
नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ ।
‘शनिवारीय’ मेलामा थारु खानाको परिकार
धनगढीको पार्कमोडमा स्थानीय महिलालाई स्वरोजगारको अवसर जुटाउन गरिएको ‘शनिवारीय’ मेलामा थारु खानाका परिकारको स्टल राख्नुभएकी धनगढी उपमहानगरपालिका —१५ सुर्मी गाउँकी सुनिता चौधरी । मेलामा थारु समुदायका खानाका परिकार ग्राहकको बढी रोजाइमा परेको छ ।
एकै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न
जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन् ।
लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ ।
दुई युवतीद्वारा आत्महत्या
कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन ।