सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : उपमहासचिव भट्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
दलहरूका पुरानै वाचा
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बझाङका सबै राजनीतिक दल र उम्मेदवार घरदैलो, सार्वजनिक सभा र विभिन्न प्रचार माध्यममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन् । उम्मेदवारले अझै पनि पुराना चुनावी मुद्दा र वाचाको भरमा आफ्नो प्रचार रणनीति निर्माण गरेका छन् ।
गुगलमा जागिर पाएपछि थारू चेलीको चौतर्फी प्रशंसा
विश्वको एक ठुलो प्राविधिक कम्पनी गुगल (सर्च इन्जिन) मा सफ्टवेयर इन्जिनियरको पूर्णकालीन जागिर पाएपछि थारू चेली आयशा चौधरीको चौतर्फी प्रशंसा भइरहेको छ । कमैले पाउने अवसर कञ्चनपुरको बेलौरी नगरपालिका–४ की उहाँले ठुलो सफलता प्राप्त गरेको भन्दै विभिन्न विद्यालयले आयशालाई सम्मान गरिरहेका छन् । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत उहाँको सफलताको चर्चा भएको छ ।
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ ।
तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा उच्चस्तरीय छलफल
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालन गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ ।
जाजरकोटको एक पसलमा आगालगी : करिब २५ लाखको क्षति
जाजरकोटको सदरमुकाम एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । भेरी नगरपालिका–४, शान्तिचौतारा बसपार्कस्थित कर्णबहादुर वलीको पसलमा मङ्गलबार राति करिब १२ बजे आगलागी भएको हो ।
प्रतिनिधिसभा निर्वाचन : झुलाघाट सीमा तीन दिन बन्द
प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका लागि बन्द गरिने भएको छ।
चुनावको मुखमा नाउपा उम्मेदवार रास्वपामा
निर्वाचनको मुखमा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएका उहाँ मङ्गलबार रास्वपामा प्रवेश गर्नुभएको हो । चकिया (जाँतो) चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएका चौधरी सम्भवतः अब आफैँलेसमेत आफ्नो चुनाव चिह्नमा भोट हाल्नुहुने छैन ।
बहत्तर घण्टा सीमानाका बन्द हुने
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द हुने भएको हो । फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन भएको दिन फागुन २१ गते राति १२ बजेसम्म सबै सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
मतदानको वातावरण मिलाउन दलहरू प्रतिबद्ध
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाउनुभएको छ ।
लालपुर्जा दिनेलाई मत
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ ।
दलित उम्मेदवारलाई चुनाव जित्न सकस
सुदूरपश्चिम प्रदेशका तीन निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मुख्य राजनीतिक दलका तीन जना दलित उम्मेदवारलाई विजय हासिल गर्न कठिनाइ देखिएको छ।
अशक्त, ज्येष्ठ नागरिकले सहज रुपमा मतदान गर्न पाउने
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बच्चा भएका महिला लगायत अन्य समूहका व्यक्तिले लाइन नलागी सहज रुपमा मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जनताको सवाल जवाफमा सबै उम्मेदवार एउटै मञ्चमा
कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार र जनताबिच औपचारिक सवालजवाफ कार्यक्र्र्र्र्र्रम कैलालीको सुखडमा सम्पन्न भएको छ ।
दार्चुलाका सात मतदान केन्द्रका मतपेटिका हेलिमार्फत ढुवानी गरिने
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकप्टर मार्फत ढुवानी गरिने भएको छ ।
बत्ती पुग्ने आशामा अपिवासी
देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ । टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसक्नुभयो । गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ ।
नाउपा नेपालका उम्मेदवार रास्वपामा प्रवेश
नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ ।
बाजुराकी कविता भारतमा बेपत्ता
बाजुराकी २२ वर्षीया महिला कविता सार्की भारतमा बेपत्ता हुनुभएको छ। उहाँ जिल्ला त्रिवेणी नगरपालिका–८, झालगाउँकी बासिन्दा हुनुहुन्छ। उहाँका आफन्तका अनुसार कविता भारतको सुवास नगरबाट हराउनुभएको हो।
पूर्वमन्त्री र सांसदसँग चुनावी मैदानमा नयाँ उम्मेदवार
दार्चुलाबाट यसअघि नेपाल सरकारका मन्त्री तथा प्रतिनिधि सभा र संविधान सभा सदस्य भएकासँग नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाल सरकारका मन्त्री तथा प्रतिनिधि सभा र संविधान सभा सदस्य भएका पुराना उम्मेदवारलाई चुनौती दिँदै चुनावी मैदानमा छन् ।
मत हाल्न भारतबाट फर्किंदै
ऐतिहासिक जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न परदेसिएका कामदार स्वदेश फर्किन थालेका छन् । पर्याप्त रोजगारीको अवसर नहुँदा सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा मजदुरी गर्न भारत जाने बाध्यता छ । रोजगारीको सिलसिलामा त्यसतर्फ गएकाहरू निर्वाचनमा मताधिकार प्रयोग गर्न गौरीफन्टा नाका भएर फर्किरहेका छन् ।
उम्मेदवारले खोलेनन् नयाँ खाता
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेका २२ उम्मेदवारले नयाँ बैङ्क खाता सञ्चालनमा ल्याएका छैनन् । फागुन ३ गतेसम्म बैङ्क खाता सञ्चालन गरेर प्रचारप्रसार गर्न निर्वाचन आयोगले आग्रह गरे पनि ५५ उम्मेदवारमध्ये यहाँका २२ उम्मेदवारले नयाँ खाता सञ्चालन नै नगरेको पाइएको हो ।