नौगाउँ डुङरी सिँचाइ योजना अलपत्र
देश सङ्घीयतामा जानुअघि नै गाउँमा सुरु भएको सिँचाइ योजनाले खुसी भएका नौगाउँ डुङरीवासी योजना सम्पन्न नहुँदा निराश भएका छन् । भागेश्वर गाउँपालिका–४, नौगाउँ डुङरीको हजारौँ रोपनी जमिनमा सिँचाइको व्यवस्था पु¥याउन सो योजना सुरु गरिएको थियो । आकासे पानीको भरमा खेती गरिँदै आएको स्थानमा सिँचाइ सुविधा पु¥याउन २०७२/७३ सालमा तीन करोड रकम विनियोजन भई उक्त योजना निर्माणका लागि ठेक्का लगाइएको थियो । योजना सम्पन्न नहुँदै अलपत्र पारिएपछि जमिन बाँझो हुँदै गएको छ । बस्ती रित्तिँदै गएका छन् । दुई वर्षमा काम सम्पन्न गर्ने भनिएको ठेक्का आठ वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।
बस पार्किङ सडक छेउछाउ
बाजुराको सदरमुकाम मार्तडीमा सडकको छेउछाउमै बस पार्किङ गरिने गरेको छ । बसपार्क नबनेपछि छोटो तथा लामो दुरीका सवारीसाधन सडकको छेउछाउमै पार्किङ गर्नुपर्ने बाध्यता छ । सदरमुकाम मार्तडीमा बस पुग्न थालेको करिब ११ वर्ष भए पनि अझै बसपार्कको व्यवस्था नहुँदा गाडी सडकमै पार्किङ गर्नु परेको गाडी साहु रामचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न सहरदेखि लामो दुरीका १० वटा सवारीसाधान दैनिक सदरमुकाम मार्तडी पुग्ने गरेका छन् । मार्तडीमा बस आउँछन् तर बसपार्क छैन ।’’
परशुराममा साहित्य महोत्सव हुने
डडेलधुरा जिल्लाको परशुराम नगर पालिकाको आयोजना र रंगुन साहित्य प्रतिष्ठानसँगको सहकार्यमा जेठ १० र ११ गते परशुराम तीर्थमा परशुराम साहित्यक महोत्सवको आयोजना गरिने भएको छ ।
कठरिया भाषा कक्षा सञ्चालनमा
कैलालीमा कठरिया समुदायको भाषा लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि कक्षा सञ्चालन गरिएको छ ।
विद्युतीय चुलो बाँड्दै मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिकाले नागरिकलाई अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । विद्युतको पहुँच भएको स्थानमा लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको हो ।
प्रहरी हिरासतमा रहेका युवकको मृत्यु
कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । एक लाख १६ हजार भन्सार छलीका सामान र स्कुटर सहित ३ गते पक्राउ परेका धनगढी उपमहानगरपालिका ८ बस्ने ३५ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।
नवदुर्गा गाउँपालिकाको भवन तीन वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्कविहीन
नवदुर्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७८÷२०७९ को असारमा सम्पन्न गर्ने गरी ६ करोड कुल लागतमा ठेक्का भएको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदारको लापरबाहीका कारण भवन निर्माणको काम सम्पन्न नभएको नवदुर्गा गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले बताउनुभयो ।
भवन निर्माण कार्य अलपत्र
नवदुर्गा गाउँपालिकाको प्रशासकीय भवन विगत तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९/८० को असारमा पूरा गर्ने गरेर छ करोड रुपियाँको लागतमा ठेक्का भएको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदारको लापर्बाहीका कारण भवन निर्माणको काम नभएको गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा भवन निर्माण सुरु गरिएको हो ।
मोटरेबल पुल निर्माणमा छैन सुरसार
नेपाल–भारत सीमा बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणको सुरसार देखिएको छैन । दार्चुलामा भने पुल निर्माण कार्यले तीव्रता पाएको छ । नेपाल–भारत सरकारबिच झुलाघाटमा मोटरेबल पुल निर्माणको सम्झौता भएको थियो । दार्चुलातर्फको मोटरेबल पुल निर्माणका लागि स्टिल ब्रिज राख्ने काम सुरु भएको छ । महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्न ११० मिटर लम्बाइको मोटरेबल पुलको काम धमाधम भइरहेको छ । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले पुल निर्माण गरिरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिनुभयो । पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको उहाँले बताउनुभयो ।
विद्यार्थी अभावमा विद्यालय समायोजन
विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन थालेपछि अछामको पञ्चदेवल विनायक नगरपालिकाले विद्यालय खारेज तथा समायोजन गर्न थालेको छ । सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।
थारू सङ्ग्रहालयमा सामग्री अपर्याप्त
धनगढी उपमहानगरपालिका–७, पटेलास्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा सङ्गृहीत सामान अपर्याप्त देखिएका छन् । तीन वर्षअघि निर्माण गरिएको सङ्ग्रहालयमा प्रदर्शनीका लागि सामग्री अपर्याप्त देखिएको हो । सङ्ग्रहालयमा थारू समुदायको कला संस्कृति संस्कार, वेशभूषा झल्काउने प्रायः सबै सामग्री हुनुपर्नेमा थोरै सामग्री मात्रै राखिएको अवलोकन गर्न आउनेले बताएका हुन । थारू सङ्ग्रहालयमा धेरै सामग्रीको अभाव देखिएको साहित्यकार सागर कुस्मी सङ्गतले बताउनुभयो ।
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।
तराईमा लटरम्म स्याउ
कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन
सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।
खरबुजा बेच्न भ्याइनभ्याइ
कैलालीको धनगढी बजार आसपास खरबुजा खेती गरेका किसानलाई आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको छ । उत्पादन राम्रो भएपछि धनगढी बजार क्षेत्रमा खरबुजा बेच्न भ्याइनभ्याइ भएको हो । मोहना, खुटिया नदीको बगरमा खरबुजा खेती गरेका किसान बयलगाडा (डल्लप) मा ल्याएर आफ्नो उत्पादन धनगढी बजार क्षेत्रमा बेच्ने काम गरिरहेका छन् ।
भैँसीपालनले प्रख्यात बझाङको त्याडीगाउँ
सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बिचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भिमलका रुखहरू । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका-६ त्याडीगाउँ हो ।
सूचना टाँस गरेर प्रदेश सभाको अधिवेशन अन्त्य
अविनाश चौधरीधनगढी, जेठ ४ गते। सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन सूचना टाँस गरेर अन्त्यको घोषणा गरिएको छ। आज राति १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको तेस्रो अधिवेशन प्रदेश प्रमुखले अन्त्य गर्नु भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। यसैबिच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना टाँसेर प्रदेश सभाको अधिवेशन अन्त्य गरिएकोप्रति आपत्ति जनाएको छ। यो परम्पराले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको महसुस भएको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेस सधैभरि सबै समस्याको समाधान र छलफलका माध्यमबाट संसद भित्र र बाहिर गर्न चाहे पनि सभामुख भीमबहादुर भण्डारीले सूचना टाँसेर अधिवेशन अन्त्य गर्नु दलीय छायाको अनुभूति भएको कांग्रेस संसदीय दलको ठहर छ। प्रमुख प्रतिपक्षीको नाताले कांग्रेस संसदीय दलले आगामी अधिवेशनसहित अन्य क्रियाकलापको सन्दर्भमासमेत सभामुखको भूमिका अवलोकन गर्ने उल्लेख गरिएको छ। संसद प्रतिपक्ष र सत्तापक्षको हुने हुँदा आगामी दिनमा सभामुखको भूमिकामा सुधार नदेखिए चालिने कदमको प्रतिफलको जिम्मेवार स्वयम सभामुख नै हुने भन्दै विज्ञप्तीमार्फत चेतावनीसमेत दिइएको छ।
पूर्वाधार बढ्दै, विद्यार्थी सङ्ख्या घट्दै
बाजुरामा विद्यालयका पूर्वाधार बढ्दै गए पनि विद्यार्थीको सङ्ख्या भने बर्सेनि घट्दै गएको छ । गत वर्ष विद्यार्थीले खचाखच भरिएका बाजुरामा अधिकाशं विद्यालयका कक्षा कोठा पछिल्लो समय खाली भएका छन् ।
साझा सहमति गरेर अहिलेका मुद्दाको समाधान गर्नुपर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।
विद्यालयको जग्गा खाली गर्न चलाइयो डोजर
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गा खाली गराउन शुक्रबारदेखि डोजर प्रयोग गरेको छ ।
अपाङ्गता भएकालाई सिपमूलक तालिम
अपाङ्गता भएका महिलालाई आत्मनिर्भरमुखी सिपमूलक तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिनुभयो ।