रानाथारू सङ्ग्रहालय
कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा रानाथारू सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिएको छ । कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका आदिवासी जनजाति रानाथारूको कला तथा संस्कृतिको संरक्षण एवं प्रदर्शनी गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।
खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी
खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।
उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान प्रदान गरेको छ ।
अछामका जनप्रतिनिधि पूर्वी रुकुममा
विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ । स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख, शिक्षा र कृषि शाखामा कार्यरत कर्मचारीको टोली पूर्वी रुकुम पुगेको हो ।
नरभक्षी चितुवा धपाउन सहअस्तित्व अभियान
नरभक्षी चितुवाले २८ जना बालबालिकाको सिकार गरिसकेको बैतडी जिल्लामा घाइतेहरू पनि उत्तिकै छन् । चितुवाले विशालपुर गाउँमा मात्रै छ बालकको ज्यान लिएको छ । १७ जना घाइते अवस्थामा जीवन बिताइरहेका छन् । बैतडीमा चितुवाको जोखिम बढेपछि मान्छे र चितुवाबिच एकअर्काको शत्रुता घटाउन सहअस्तित्व अभियान सञ्चालन गरिएको छ । यस अभियानमा लागेका मेलौली नगरपालिका–९, विशालपुरका शङ्करदत्त भट्ट चितुवा र मावनबिच सहअस्तित्व बढाउने समूहको अध्यक्ष बन्नुभएको छ । आँगनमा खेल्दै गरेको छोरा चितुवाको सिकार बनेपछि उहाँ जङ्गली जनावर चितुवा भगाउने र बचाउने अभियानमा लाग्नुभएको हो । त्यस्तै विशालपुर गाउँकी गुनडी लोहारकी छ वर्षीय छोरी चितुवाको आहारा बनिन् । यस गाउँमा लगातार छ बालबालिकालाई चितुवाले सिकार बनाएपछि
आँगनमा खानी र जडीबुटीको भण्डार
कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ । खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।
चराको अनुसन्धान सुरु
कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चरा गणना तथा अनुसन्धान सुरु गरिएको छ । प्रदेश सरकारको सहयोग र नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) को व्यवस्थापनमा डिभिजन वन कार्यालय पहलमानपुरले चराको गणना तथा अनुसन्धान सुरु गरेको हो । गर्मीयाममा चराको सङ्ख्या, अवस्था र प्रजाति पत्ता लगाउने उद्देश्यले चरा गणना तथा अनुसन्धान गरिएको जनाइएको छ । घोडाघोडीलगायत सबै क्षेत्रमा चरा गणना तथा अनुसन्धानको कार्य गरिने चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।
दुर्गममा खाद्यान्न वितरण सुरु
बाजुराको अति दुर्गम गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा खाद्यान्न बिक्रीवितरण सुरु गरिएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल आपूर्ति गरेर बिक्रीवितरण सुरु गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले मुक्तिकोटबाट पायक पर्ने स्वामीकार्तिक खापर–१ र २ का स्थानीयका लागि प्रतिकेजी ६६ रुपियाँका दरले मोटा चामल बिक्रीवितरण सुरु गरिएको बताउनुभयो ।
बालबालिकालाई पोलियो खोप
यस जिल्लामा रहेका छ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको (आइपिभी) खोप लगाइने भएको छ । जेठ १३ देखि २६ सम्म सो अभियान सञ्चालन गरेर आइपिभी खोप लगाइने भएको हो । करिब छ हजार १८६ जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत केशर साउदले जानकारी दिनुभयो । यो खोप नपाएका बालबालिकालाई लगाइन लागेको हो । २०७३ वैशाखदेखि २०७५ साल भदौसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिनुभयो । सो अवधिमा जन्मिएका बालबालिकाको सङ्ख्या छ हजार १८६ रहेको छ । स्वास्थ्य कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा खोप सञ्चालनका लागि आवश्यक तयारी थालेको छ ।
मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि छलफल
कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबिच आज छलफल भएको छ ।
घोडाघोडीमा चरा उत्सव र फोटो प्रदर्शनी
जैविक विविधताले महत्वपूर्ण विश्व रामसार क्षेत्र कैलालीको घोडाघोडी तालमा चरा उत्सव तथा चरा फोटा प्रदर्शनी कार्यक्रम सुरु भएको छ ।
कैलालीमा आलु उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँचसय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सातसय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो ।
मुक्त हलिया, कमलरी र कमैया नअटाएको गुनासो
नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या नसमेटिएको भन्दै सहभागीले गुनासो पोखेका छन् । मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त समुदायका अगुवाले आफ्नो समुदायको न्यायोचित पुनस्र्थापनाको माग गरेका छन् । मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष सीमाकुमारी चौधरीले विगतमा नीति तथा कार्यक्रममा आफूहरूका सवाल समेटिएको भए पनि यस पटक नपर्नु दुःखद भएको बताउनुभयो ।
स्वास्थ्य सञ्जालमा जोडिँदै कर्णालीपारिका बस्ती
बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीपारिको स्वामीकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती स्वास्थ्य सञ्जालमा जोडिँदै गएका छन् । पालिकाले प्रत्येक गाउँबस्तीमा प्राथमिक तथा सामुदायिक स्वास्थ्य एकाइ विस्तार गरेसँगै दुर्गम गाउँबस्ती स्वास्थ्य सञ्जालमा जोडिँदै गएका हुन् ।
दीर्घरोगी आयुर्वेद उपचारतिर आकर्षित
लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित दीर्घरोगी आयुर्वेदिक उपचार रोज्न थालेका छन् । आयुर्वेदिक औषधीको असर (साइड इफेक्ट) एलोपेथिकभन्दा कम हुने गरेकाले दीर्घरोगीले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदिक उपचार रोज्न थालेका हुन् । प्रदेश सरकारले धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन गरेपछि त्यस्ता बिरामीलाई स्वास्थोपचार गराउन झनै सहज भएको छ । ज्येष्ठ नागरिकलगायत गम्भीर रोगको उपचारका लागि चिकित्सालय पुग्ने बढेका छन् ।
घोडाघोडीमा चरा गणना तथा अनुसन्धान हुँदै
नेपालको पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा गर्मी याममा चरा गणना तथा अनुसन्धानको कार्य थालिएको छ ।
धनगढीमा हरियाली प्रवर्द्धन कार्यक्रम सुरु
धनगढी उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । धनगढी नगर क्षेत्रलाई स्वच्छ बनाउने उद्देश्यका साथ उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धनको कार्यक्रम अगाडि बढाएको हो ।
बाह्रसिङ्गेको बथान
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिङ्गेको बथान । शुक्लाफाँटामा दुई हजार तीन सय भन्दा बढीको विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुन्ड देख्न पाइन्छ। बाह्रसिङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ ।
भारतको कर्नाटकमा दाजुबहिनीको शङ्कास्पद मृत्यु
बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ ।
पुल नहुँदा ससुराली जाने सपना अधुरै
पश्चिमी सीमानाका झुलाघाटमा मोटरेबल पुल बनेपछि मात्रै ससुराली जाने घोषणा गर्दा समाजका अगुवा व्यक्तिको नै ससुराली जाने सपना अधुरो रहेको छ । झुलाघाटमा मोटरेबल पुल बनेपछि मात्रै भारतमा रहेको ससुराली जाने कसम खानेमध्येका एक व्यक्ति हुन् उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द । अध्यक्ष चन्द झुलाघाटमा मोटरेबल पुल नबन्दा २४ वर्षदेखि ससुराली जान पाउनुभएको छैन ।
कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु
कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा बस्ने लाल सिंह बि।क।को १५ वर्षीया छोरी ममता बि।क।को सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो।
राजमार्गमा काफल बेच्न तँछाडमछाड
सुदूरपश्चिमको पहाडी जिल्लालाई तराई जोड्ने सडकमार्गमा काफल बेच्न महिलाले तँछाडमछाड गर्ने गरेका छन् । यति बेला जङ्गलमा प्रशस्त काफल पाइने भएकाले बेचेर स्थानीय महिलाले राम्रो आम्दानी गर्दै आएका छन् । डडेलधुरा राजमार्ग छेउछाउमा कापल बिक्री गर्ने महिला बिहानैदेखि साँझपखसम्म बसेको देख्न सकिन्छ । एउटा चिया गिलासमा काफल भरेर २५ रुपियाँसम्ममा बिक्री गर्दै आएका महिला बस/गाडी रोकिनेबित्तिकै तँछाडमछाड तथा भागदौड गर्ने गरेको देखिन्छ । सडक छेउ छेउमा प्रायः महिलाले एक किलोग्रामको दुई सय रुपियाँसम्ममा काफल बेच्दै आएको बताएका छन् । किलोका हिसाबले तौल नगरे पनि अनुमानका आधारमा छाप्रो, परादलगायत भाँडामा काफल राखेर ८० रुपियाँदेखि एक सय रुपियाँसम्ममा बिक्री गरेका स्थानीय हरुदेवी साउदले बताउनुभयो ।
कोरियाली नागरिकको सहयोगमा विद्यालयमा शौचालय
कोरियाली नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर-१ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ ।
धनगढीलाई प्रकृति संरक्षण पुरस्कार
धनगढी उपमहानगरपालिकाले डब्लुडब्लुएफ संरक्षण पुरस्कार प्राप्त गरेको छ । वातावरण संरक्षणमा योगदान पुर्याएको कदर गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) ले सो पालिकालाई संरक्षण पुरस्कार दिएको हो ।