घुइयाँघाट सडकको अवस्था दयनीय
धनगढी बजारको मुख्य सडक झिलिमिली बत्तीले सिँगारिएको भए पनि भित्री सडकको अवस्था भने दयनीय रहेको छ । सडक बिग्रेको कैयौँ वर्षसम्म निर्माण वा मर्मतसम्भारको काम नभएपछि धनगढी नगर क्षेत्रको भित्री सडकको अवस्था दयनीय बनेको हो । यस्तै सडकमध्येको एक ज्वलन्त उदाहरण हो, धनगढी गाउँ–घुइयाँघाट सडक, स्थानीय तहको निर्वाचनमा उम्मेदवारका लागि चुनावी मसलासमेत बनेको सीगाउँसम्म जोड्ने यो सडक जीर्ण बनेको छ । सडक भत्केर हिँड्नसमेत अप्ठ्यारो हुने अवस्थामा पुग्दासम्म निर्माण वा मर्मतको कार्य भएको छैन । सडक थोत्रो भइसक्दासम्म निर्माण नहुनु दुर्भाग्य रहेको स्थानीयको भनाइ छ ।
चट्याङ लागेर दश जना घाइते
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा बस्ने भीमबहादुर चौधरीको घरमा अमट्टाको रुखमुनि टेन्ट हालेर खाना पकाइरहेकाहरु घाइते भएका हुन ।
प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।
जयपृथ्वी राजमार्ग अवरुद्ध
लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका-९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
राजस्व सङ्कलनसम्बन्धी अध्यादेश सुदूरपश्चिम सभामा टेबुल
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जारी गर्नुभएको सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरिएको छ।
ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै
शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ ।
अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग
कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो ।
मोहना नदीमा हटेन डुङ्गाबाट वारपार
कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् । नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन । सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् । “झोलुङ्गे पुल नबन्दा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ ।” वडा सदस्य सैतुराम चौधरीले भन्नुभयो, “बर्खायाम लागेपछि नदी वारपारका लागि डुङ्गाबाहेक अरू उपाय नै छैन ।”
‘राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।
पहिरोमा परी चार जना घाइते
अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।
बहुउपयोगी वनस्पति बिजयसाल संरक्षणमा जुट्दै स्थानीय
पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको बिजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् । चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने बिजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।
मनाइयो गुरही पर्व (फोटो फिचर)
पश्चिम नेपालको थारु समुदायले गुरही पर्व उल्लासका साथ मनाएका छन् । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ ।
ट्रक दुर्घटनामा पाँच घाइते
रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
प्रदेश सभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
आधारभूत अस्पताल कतै सञ्चालन, कतै अलपत्र
सङ्घीय सरकारको अगुवाइमा स्थानीय तहले निर्माण गर्ने भनिएका सात वटा आधारभूत अस्पतालमध्ये दुई वटा अस्पताल मात्र निर्माण भएका छन् । नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा आधारभूत अस्पताल निर्माण कार्य भएको हो । नौगाडमा गत वर्ष १० शय्याको आधारभूत अस्पताल निर्माण कार्य भएर पालिकालाई हस्तान्तरण गरी आधारभूत सेवा सञ्चालन गरिसकेको गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकामा एक महिनापहिले मात्रै भवन निर्माण गरेर निर्माण व्यवसायीले पालिकालाई हस्तान्तरण गरेको छ । आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
व्यासासनबाट कृष्ण दमाईंको सन्देश
पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ । बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । यसअघि उहाँ कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सो सन्दर्भमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ ।
धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण
धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ । भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो ।
बाटो खुल्ने पर्खाइमा किसान
बाजुराको पूर्वी उत्तर क्षेत्रका स्याउ किसान बाटो खुल्ने पर्खाइमा छन् ।
राजस्व सङ्कलन प्रभावकारी बनाउन नगर प्रहरी
कैलालीको लम्कीचुहा नगरपालिकाले कार्यविधि बनाएर राजस्व सङ्कलनमा परिचालनका लागि नगरप्रहरी राखेको छ । नगरप्रमुख शुसिला शाहीका अनुसार सुरक्षाकर्मीको सुरक्षामा राजस्व संकलनमा बृद्धि हुने विश्वास गरिएको छ ।
थारु समुदाय आज गुरही पर्व मनाउँदै
थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।
वृक्षरोपण गर्दै उपभोक्ताहरु
राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा बेदकोट नगरपालिका(३ स्थित जयशङ्कर सामुदायिक वनमा बिहीबार सामुदायिक वनका उपभोक्ताका सदस्यले वृक्षरोपण गर्दै । सामुदायिक वनको अतिक्रमण खालि गरिएको २ दशमलव ११ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका तीन हजार विरुवा रोपिएको छ ।
परम्परागत शैलीका पगरी घर हराउँदै
स्थानीय तहको उदयसँगै गाउँघर रित्तो हुन थालेका छन् भने उर्वर भूमि बाँझो बन्जरमा परिणत भएका छन् । त्यसैको प्रभावले गाउँमा पगरी (एक लाइनमा) घर पनि बन्न छाडेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै जानु एकातिर छँदै छ अर्कोतिर गाउँमै भएकालेसमेत परम्परागत शैलीका घर निर्माण छोड्दै गएपछि पगरी शैलीका घर बन्न छोडेका हुन् ।
बनारसीधामको रुद्राभिषेक पूजामा धुमारी
बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेक पूजा गरेर लोप हुन लागेको स्थानीय धुमारी खेल खेलिएको छ । देवीदेवताका गाथा गाएर धुमारी, ढुस्को र ठाडो खेल खेल्ने चलन अनुसार बनारसीधाममा धुमारी खेल खेलिएको छ । पाटन नगरपालिका–३, गुजरस्थित सुर्नया नदी किनारमा रहेको बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा मङ्गलबार २७ जना ब्राह्मणले महारुद्राभिषेक पूजा र ४५१ जनाले धुमारी खेलेका हुन् । यहाँ हरेक साउन महिनाको रुद्री जुरेको दिन महारुद्राभिषेक पूजा लाग्ने गर्दछ । विश्व शान्ति, देश तथा गाउँको उन्नतिका लागि महारुद्राभिषेक पूजा गरिएको बनारसीधाम वि