ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
मिनी ट्रक दुर्घटना हुँँदा धनगढीमा एक जनाको मृत्यु भएको छ । कैलाली जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो ।
भूक्षय नियन्त्रणमा तटबन्ध प्रभावकारी
कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ ।
‘सामाजिक न्यायसहितको समृद्ध सुदूरपश्चिम’
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले सामाजिक न्यायमा आधारित समृद्ध सुदूरपश्चिम बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । जातीयता र भूगोलका समस्या सम्बोधन हुने गरी विकास योजना बनाउनुपर्नेमा जोड दिँदै उहाँले गोरखापत्रसँगको संवादमा भन्नुभयो, “जातीय हिसाबले क्षेत्री, बाहुन, थारू, दलितको सङ्ख्या ठुलो छ । रानाथारू, बादी, अल्पसङ्ख्यक जातिहरू राजी, मुस्लिम, राउटे, सोनाहाको उत्थान गर्नु पर्छ ।” भूगोलका हिसाबले हिमाल, पहाड, तराईलाई सुहाउँदो विकास, राजमार्ग निर्माण र सहरी विकास गरेर त्यहाँका मानिस त्यहीँ बस्ने वातावरण बनाउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
प्रदेश गौरवका आयोजनामा सडक र खानेपानी
प्रदेश गौरवको सडक आयोजना लागु भएपछि गाउँमा चिल्लो सडक पुगेको छ । सतबाँझ–श्रीभाँवर–हाट हुँदै दार्चुला जोड्ने सडक कालोपत्रे सुरु भएपछि यहाँको ग्रामीण जीवन फेरिन थालेको छ । सडक निर्माणसँगै घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरण गर्न मद्दत गरेको छ ।
बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै
बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो ।
धनगढीमा खानेपानीको अभाव
लामो समयको खडेरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा खानेपानीको चरम अभाव भएको छ । जमिन मुनि पानीको सतह सुकेपछि वैशाख महिनादेखि खानेपानीको चरम समस्या सुरु भएको हो ।
मुक्त हलियाको सवालमा सार्वजनिक सुनुवाइ
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले मुक्त हलियाको उचित पुनः स्थापनाका लागि प्रदेश सभाको चालू अधिवेशनबाट ऐन पारित गर्ने तथा रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सवालमा ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गोरखापत्र संस्थानको आयोजनामा धनगढीमा फोटो प्रदर्शनी (फोटो फिचर)
गणतन्त्र दिवसको अवसर पारेर धनगढीमा मङ्गलबारबाट स्लाड सोमार्फत फोटो प्रदर्शनी सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र गोरखापत्र संस्थानको आयोजनामा फोटो प्रदर्शनी सुरु भएको हो ।
खैरालामा स्वास्थ्यचौकी भवन निर्माण
कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।
विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गर्दै नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोली ।
प्रश्न नउठ्ने गरी काम गर्छु : मुख्यमन्त्री सोडारी
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी २०८१ साल वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना सदस्य र एक जना स्वतन्त्रको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो । उहाँले प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वास मतसमेत पाइसक्नुभएको छ । सरकार गठबन्धनका ठुला दल एमाले र माओवादी केन्द्रले मन्त्री पठाएका छैनन् । नागरिक उन्मुक्तिले दुई जनालाई सरकारमा पठाएको छ । विकास पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रमा पछि परेको सुदूरपश्चिम प्रदेशका जनताको सपना साकार पार्न उहाँ दत्तचित्त भएर लागिपर्नुभएको छ । त्यसका लागि आवश्यक स्रोतसाधन जुटाउन र उत्कृष्ट काम गर्न सरकारलाई चुनौती छ । यिनै चुनौती पूरा गर्न मुख्यमन्त्री सोडारीका भावी योजना र लक्ष्यका विषयमा गरिएको संवाद :
सङ्घीयतासँगै फेरिँदै छ ‘काँचुली’
सुदूरपश्चिम प्रदेश तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित पहाडी क्षेत्रका सात वटा गरी नौ जिल्ला मिलेर बनेको छ । तराई–हिमालसम्म फैलिएको यो प्रदेश अन्नपात, जल जमिन, जडीबुटी, प्राकृतिक सम्पदा, धार्मिक मठमन्दिर र पर्यटन विकासको प्रचुर सम्भावना भएको प्रदेश हो । सुदूर भएका कारण केन्द्रीय शासन सत्ताबाट उपेक्षा गरिएको यो प्रदेश सङ्घीयतापछि भने विकास निर्माण, शिक्षा स्वास्थ्य, आयआर्जन र व्यापार कृषि व्यवसायमा फड्को मार्दै गएको छ । शिरमा अपि–साइपाल हिमा
गोरखापत्र संस्थानले धनगढीमा फोटो प्रदर्शनी गर्ने
गोरखापत्र संस्थानले १७ औँ गणतन्त्र दिवसको अवसर पारेर फोटो प्रदर्शनी गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशसँगको सहकार्यमा फोटो प्रदर्शनी गर्न लागेको हो ।
सिँचाइका लागि अनुदानमा स्यालो ट्युबवेल
शुक्लाफाँटा नगरपालिका-४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।
सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो ।
खोलाले बगाउँदा दुई बेपत्ता
दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका –५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् ।
सङ्घीय बजेट घोषणापछि सरकारले पूर्णता पाउने
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोडारी मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकार गठन हुन नसकेकोमा चर्चा हुन थालेको छ । विभिन्न किसिमको चर्चा परिचर्चा भइरहेको बेला मुख्यमन्त्री सोडारीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । आइतबार गोरखापत्र दैनिकसँगको कुराकानीमा उहाँले भन्नुभयो, “सरकारले पूर्णता पाउने विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी) का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको हो ।”
मुख्यमन्त्री सोडारीद्वारा बजेटको प्राथमिकता पेस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।
मर्यादित महिनावारी सबै क्षेत्रको मूल मुद्दा बन्नुपर्नेमा एकमत
महिनावारीसँग जोडिएका सबै विभेदलाई हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने सरोकारवालको एकमत देखिएको छ ।
'बल्दे अम्कोट वैकल्पिक सडक सुचारु गर्न आवश्यक'
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे, अम्कोट सडक अनुगमन गरिएको छ ।
बार्जुकोट भ्युटावर : विकृतिको अखडा बन्दै
बाजुराको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोटमा निर्माण गरिएको बार्जुकोट भ्युटावर पछिल्लो समय विकृतिको अखडा बन्दै गएको छ । भ्युटार घुम्ने नाममा स्थानीय युवकयुवतीले अश्लील क्रियाकलाप गर्नुका साथै मदिरा र धूमपान सेवनको अखडा बनेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३५ लाख रुपियाँ लागतमा निर्माण सुरु गरिएको भ्युटावर पूर्ण रूपमा सञ्चालन नहुँदा स्थानीय युवकयुवतीको भिड लाग्ने गरेको छ । त्यहाँ पुग्नेले अश्लील क्रियाकलापका साथै जाँडरक्सी र चुरोटलगायत धूमपान र मद्यपान गर्ने गरेको बताइन्छ ।
बर्खा लागेसँगै शिवरत्नपुरवासी चिन्तित
मनसुन लाग्ने समय आएपछि कैलारी गाउँपालिका–३ स्थित शिवरत्नपुरवासीमा चिन्ता बढेको छ । विपत् जोखिम न्यूनीकरण नभएका कारण नदी कटानको उच्च जोखिममा रहेका गाउँवासी बाढी आउने भएकाले चिन्तित बनेका हुन् । विसं २०७९ मा आएको बाढीले तीव्र रूपमा कटान गरेपछि १६ परिवार विस्थापित भएका थिए । उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । मोहना नदीको धार बस्तीतिर भएका कारण शिवरत्नपुर गाउँ नै जोखिममा रहेको छ ।
सरकार गठनको एक महिना, मन्त्रीपरिषद्ले पाएन पूर्णता
सुदूरपश्चिम प्रदेश सरकार गठनको एक महिना बिते पनि मन्त्रीपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएको एक साता बित्दा पनि प्रदेश सरकार मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । विश्वासको मत प्राप्तिपछि पनि सरकार विस्तार तथा मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा प्रदेश सरकारको नियमित कामकारवाही तथा नीतिगत निर्णयमा समस्या देखिएको छ । मुख्यमन्त्री सोडारीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यमध्ये दुईले र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिनु भएको थियो ।
‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’प्रभावकारी बन्दै गएको छ ।