साझा सहमति गरेर अहिलेका मुद्दाको समाधान गर्नुपर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।
विद्यालयको जग्गा खाली गर्न चलाइयो डोजर
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गा खाली गराउन शुक्रबारदेखि डोजर प्रयोग गरेको छ ।
अपाङ्गता भएकालाई सिपमूलक तालिम
अपाङ्गता भएका महिलालाई आत्मनिर्भरमुखी सिपमूलक तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिनुभयो ।
कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर
गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई ट्र्याक्टर वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताउनुभयो ।
भारतीय बाटो हुँदै व्यास
व्यास गाउँपालिका–१ का व्यासी सौका समुदाय दार्चुला सदरमुकाम खलङ्गाबाट भारतको बाटो हुँदै व्यास पुगेका छन् । व्यासी सौकाको कुन्चा छाङरु, व्यास र टिङ्करमा बसोबास रहेको छ । छाङरुबाट १२ किलोमिटर दुरीमा रहेको टिङ्कर गाउँमा गत बुधबार पहिलो पटक कुन्चा पुगेको स्थानीयले बताएका हुन् । कुन्चा खलङ्गाबाट भारतको धार्चुला हुँदै पाँच दिन लगाएर पुनः नेपाल भित्रिने स्थान हो । धार्चुलाबाट महाकाली नदीको किनारैकिनार सीतापुलसम्म र त्यहाँबाट टिङ्कर खोलाको किनारैकिनार पैदल बाटो भएर टिङ्करका बासिन्दा कुन्चा पुगेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।
हलो क्रान्तिको नयाँ रूप महिलाले गोरु जोते
‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब, छैन तिम्रो भलो !’ डडेलधुराका किसान नेता भीमदत्त पन्तले माथिका हरफबाट हलो क्रान्ति गरेको ७० वर्षपछि स्थानीय महिलाले गोरु जोतेर हलो क्रान्ति पुनः ब्युँताएका छन् । हलो क्रान्ति गरेको अभियोगमा तत्कालीन सरकारले नेता पन्तलाई मृत्युदण्ड दिएको थियो ।
अमरसिंह थापाको नयाँ सालिक राखिँदै
खलङ्गास्थित ढुङ्गे अमरगढी किल्लामा रहेको बडाकाजी अमरसिंह थापाको पुरानो सालिक हटाई नयाँ राखिने भएको छ । सो सालिकको अनुहार थापाको अनुहारसँग नमिल्ने भएकाले हटाएर नयाँ राखिने भएको हो । नेपाली सेना रणबम गणले पुरानो सालिक हटाई नयाँ सालिक स्थापना गर्न लागेको अमरगढी किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिनुभयो ।
मदन-आश्रितका समकालीनलाई सम्मान
कैलालीमा पहिलो पटक नेकपा (एमाले) का ज्येष्ठ पार्टी सदस्यहरुलाई सम्मान गरिएको छ । ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता कार्यकर्तालाई सम्मानित गरेको हो।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेश सभा सदस्यलाई उन्मुक्तिले कारबाही गर्ने
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने जनाएको छ।
स्वास्थ्य सञ्जालमा जोडिँदै कर्णाली पारीका गाउँबस्ती
बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय स्वास्थ्य सञ्जालमा जोडिँदै आएका छन् ।
हुलाकी राजमार्गमा बम विष्फोट
कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्कास्थित हुलाकी राजमार्गमा आज बम विष्फोट भएको छ । विष्फोटबाट राजमार्गमा खाल्डो परेको छ । राजमार्गमा विष्फोट हुँदा धुवाँको मुस्लोसमेत स्थानीयले देखेको बताएका छन् ।
छाना उडाउँदा विद्यार्थीलाई बिचल्ली
हावाहुरीका कारण विद्यालयको छाना उडाएपछि मङ्गलसेन नगरपालिका –१३ बस्तीको एक विद्यालयका विद्यार्थी बिचल्लीमा परेका छन् । बस्तीमा रहेको शिशुसुधार आधारभूत विद्यालयको छाना बुधबार बेलुकी आएको हावाहुरीले छाना उडाएपछि समस्या भएको छ ।
तराईको गर्मीमा पनि लटरम्म स्याउ
किसान ओलीले फलाउनुुभएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उहाँले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गर्नुभएको छ । कैलालीमा उहाँले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गर्नुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
विरोधबिच पनि मुख्यमन्त्री सोडारीद्वारा प्रस्ताव पेस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विरोधका बिच विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको छ ।
टीकापुर नगरपालिकाको विद्युत लाइन काटियो
नेपाल विद्युत प्राधिकरणले टीकापुर नगरपालिका केन्द्रको विद्युत लाइन काटिदिएको छ । नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहीबार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटिदिएको हो ।
मन्त्री भण्डारीद्वारा बैतडीबाट कफीखेतीको शुभारम्भ
उहाँले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन तथा गरिबी न्युनिकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताउनुभयो ।
काँग्रेस र उन्मुक्तिको विरोधका कारण आधा घण्टा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बिहान बसेको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
माओवादीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
नेकपा (माओवादी) केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
सीमा क्षेत्र दार्चुलामा माेटरेबल पुल निर्माण तीव्र
पश्चिमी नाका बैतडीको झुलाघाट र दार्चुलामा निर्माण हुने भनिएको मोटरेबल पुलमध्ये दार्चुलातर्फको पुल निर्माणले तीव्रता पाए पनि झुलाघाटमा भने कुनै सुरसार देखिएको छैन । दार्चुलातर्फको मोटरेबल पुलमा स्टिल ब्रिज राख्ने काम सुरु भएको छ ।
शुक्लाफाँटामा कृष्णसार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङख्या बढेर हाल तीन सय बढी पुगेको छ ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ
दिपायल सिलगढी नगरपालिका–४, राजपुरका कृष्णबहादुर कठायत वैशाख ३० गते स्वास्थ्य उपचारका लागि घरनजिकै सञ्चालन भएको स्वास्थ्य शिविरमा पुग्नुभयो । विशेषज्ञ डाक्टरसहितको टोलीले पाँच सय रुपियाँमा नयाँ प्रविधिबाट ‘होलबडी’ चेकजाँच गर्नुका साथै उपचार गरिरहेको जानकारी पाएपछि उहाँ स्वास्थ्य शिविरमा पुग्नुभएको हो ।
क्षयरोगीलाई पोषण
टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । क्षयरोगमुक्त पालिका अभियान सफल पार्न क्षयरोगको औषधी खाइरहेका बिरामीलाई पोषण वितरण गरेको हो । पोषणमा चामल, अन्डा, तेल, खाल, गेडागुडीलगायत तीन हजार रुपियाँ बराबरका सामग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।