• १२ असोज २०८१, शनिबार

सुदूरपश्चिममा काँग्रेसका शाह पुनः मुख्यमन्त्री बन्दै

blog

कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका कमलबहादुर शाह पुनः मुख्यमन्त्री बन्न लाग्नुभएको छ । 

काँग्रेस र नेकपा (एमाले) बिच यहाँ प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति भएको थियो । त्यस अनुसार नेपाली काँग्रेसले शाहलाई फेरि मुख्यमन्त्री बनाउने पक्कापक्की गरिसकेको छ । अब औपचारिक रूपमा निर्णय हुन मात्रै बाँकी रहेको काँग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले जानकारी दिनुभयो । आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु हुने उहाँले बताउनुभयो । 

प्रदेश प्रमुख मियाँले संविधान धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आज बेलुका ५ बजेसम्म दाबी पेस गर्न समय सीमा तोक्नुभएको छ । 

यसअघि, अल्पमतमा परेपछि गत चैतमा शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । सो पदबाट हटेको साढे तीन महिनापछि पुनः उहाँलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर मिल्न थालेको छ ।