• १२ असोज २०८१, शनिबार

नाला तर्ने क्रममा बगेर मृत्यु

blog

अविनाश चौधरी

धनगढी, साउन २० गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित सुकटी नालामा डाइभर्सनबाट नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ । 

वडा ८ र १ जोड्ने स्थानमा नवदुर्गा मन्दिरनजिक बनाइएको डाइभर्सनबाट नाला तर्नेक्रममा बगेर वडा ८ का २७ वर्षीय पङ्कज लाभको ज्यान गएको हो । सो ठाउँमा पुल निर्माण भइरहेकाले आवतजावतका लागि डाइभर्सन बनाइएको छ । डाइभर्सनमा राखिएकोमध्ये केही ह्युमपाइप बाढीले बगाएको छ । 

डाइभर्सनबाट नाला तर्नेक्रममा बगेर बेपत्ता भएका लाभ मृत अवस्थामा फेला परेको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले जानकारी दिनुभयो । उहाँले दुई वडाका स्थानीयसहित धनगढी माविका विद्यार्थी सोही डाइभर्सन भएर नाला तर्ने गरेकाले डाइभर्सनलाई व्यवस्थित गर्न नगरप्रमुख गोपाल हमालको ध्यानाकर्षण गराउनुभएको छ । 

गत बिहीबार वडा ८ स्थित तौलाहा तालमा डुबेर धनगढी गाउँका अन्दाजी ६० वर्षीय रामलाल राना (ढाँटु राना) को पनि ज्यान गएको थियो ।