• १६ भदौ २०८१, आइतबार

सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम

blog

बहादुरसिंह थापा र मेघराज खड्का

अविनाश चौधरी
धनगढी, साउन २१ गते ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।

थापालाई आर्थिक मामिलामन्त्री, खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय बैठकले गरेको हो ।

यसैगरी, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री बनाउने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव एवम् मुख्यमन्त्रीको निजी सचिवालयका नृप सुनारले जानकारी दिनुभयो ।

नेकपा (एमाले) ले दुई र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिने सहमति गरिएको छ । एमालेले वीरबहादुर थापा, सुरेन्द्र पाल, हीरा सार्कीलाई मन्त्री र निर्मला साउँदलाई राज्यमन्त्री बनाउने निष्कर्षमा पुगे पनि निर्णय गर्न बाँकी रहेको जनाइएको छ ।