• १२ असोज २०८१, शनिबार

धनगढीको तौलाहा तालमा डुबेर एकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, साउन १७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो । 

तौलाहा तालमा केही वर्ष अगाडि पनि नुहाउने क्रममा एक किशोरको मृत्यु भएको थियो । 

धनगढी उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापन गरेर पछिल्लो समय सो ताललाई पर्यटकीय क्षेत्रको रूपमा सञ्चालन गर्नका लागि निजी क्षेत्रलाई ठेक्कामा दिएको छ । 

स्थानीय व्यवसायीले नै ठेक्कामा लिएर त्यसमा माछा पालन र रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यो ताल अहिले तौलाहा गार्डेनको रूपमा परिचित छ । साँझपख ताल क्षेत्रमा घुमफिर गर्नेको भिडभाड हुने गरेको छ । साँझ ताल परिसरमा प्रवेशका लागि प्रति वयस्क व्यक्ति १० रुपियाँ टिकट दर निर्धारण गरिएको छ । बिहान र दिउँसो भने निःशुल्क रूपमा तौलाहा गार्डेनमा प्रवेश गर्न पाइन्छ ।