बागेश्वरी मोटरमार्ग बनेपछि डेढ घण्टाको बाटो आधा घण्टामा छोटियो
भानुमार्ग र पृथ्वी राजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ ।
करबाकेली इको ट्रेकमा पर्ने आलडाँडा
म्याग्दीको करबाकेली इको ट्रेकमा पर्ने सुन्दर पर्यटकीय स्थल आलडाँडा पर्यटकको पखाइमा छ । अन्नपूर्ण गाउँपालिका -८ मा पर्ने आलडाँडा सुन्दर पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ ।
तनहुँ –१ मा गठबन्धनको चुनावी सभाको तयारी
पाँच दलीय गठबन्धनले तनहुँ –१ को उपनिर्वाचनका लागि चुनावी सभा गर्ने तयारी गरेका छन् । बन्दीपुर गाउँपालिका –४ डुम्रेबजारमा वैशाख ६ गते सभा गर्ने तयारी गरिएको हो । गठबन्धन तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहनुभएको सो क्षेत्रमा सभा गर्न लागिएको कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।
एउटै वडामा उस्तै प्रकृतिका दुई सङ्ग्रहालय
जनजाति सङ्ग्रहालय निर्माण स्थलको करिव दुई किलो मिटरको दुरी तल पर्ने काफलबोट क्षेत्रमा उस्तै प्रकृतिको जीमाक सङ्ग्रहालय निर्माण थालिएको छ । उक्त सङ्ग्रहालय निर्माणको अन्तिम चरणमा छ ।
खानेपानी संस्थाका प्रबन्धक पक्राउ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ पर्नुभएको छ ।
विस्थापित भएको २३ वर्षपछि फर्कियो विद्यालय
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२ सितापुरमा बाढीले विस्थापित भएको विद्यालय पुनः स्थापना भएको छ ।
जटायु रेष्टुरेन्ट पर्यापर्यटन र अध्ययनको गन्तव्य बन्दै
लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ ।
‘विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (क्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
आलु महोत्सवमा पाँच करोडको आलु बिक्री
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो ।
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो ।
म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।
करेन्ट लागेर दुई शिक्षक गम्भीर घाइते
तनहुँमा आइतबार दिउँसो ४ः ३० बजे करेन्ट लागेर मोटरसाइकलमा सवार दुई शिक्षक गम्भीर घाइते हुनु भएको छ । घिरिङ गाउँपालिका –२ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू घाइते हुनु भएको हो ।
तनहुँमा जिप दुर्घटनामा चालकको मृत्यु ७ जना यात्रु घाइते
तनहुँमा आइतबार साँझ ७ः४५ बजे जिप दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
नवलपरासीमा फस्टाउँदो स्ट्रबेरी खेती
भित्री मधेश र तराईमा स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी मात्र होइन, खेती गरिन्छभन्दा र सुन्दा अचम्म लाग्न सक्छ तर नवलपरासीपूर्वमा यो खेती अहिले फस्टाउँदै गएको छ । जिल्लाको कावासोती नगरपालिका–७ का मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती जिल्लामै पहिलो पटक सुरु गरेपछि अहिले भित्री मधेशमा फस्टाउँदै गएको छ ।
नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो ।
बेनी–जोमसोम सडक पाँच घण्टा बन्द हुने
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डमा बैशाख ४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार सो सडकखण्ड बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म दुई पटक गरेर पाँच घण्टा बन्दहुने भएको हो ।
भेडाबाख्रालाई निःशुल्क पीपीआर खोप
चापाकोट नगरपालिकाले भेडाबाख्रामा निःशुल्क पीपीआर खोप लगाएको छ । मान्छेमा जस्तै बाख्राहरूमा पनि ज्वरो आउने, नाकबाट सिँगान बग्ने र पखाला लाग्ने रोगबाट बचाउन पीपीआर खोप घरपालुवा भेडाबाख्रामा लगाइएको हो ।
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने
गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।
१५ वर्षमा ७५ जनाको मृत्यु, १६ बेपत्ता
बागलुङमा बेमौसमी विपतबाट १५ वर्षमा ७५ जनाको मृत्यु भएको छ । विगत पन्ध्र वर्ष यताको बाढी पहिरोको तथ्याङ्क हेर्दा वि.स. २०६४ सालदेखि ०७९ सालसम्म बागलुङमा पहिरोमा परी ७५ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् ।
निगुरो बेचेर मनग्य आम्दानी
पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ ।
कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा
कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो ।