पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
धौलागिरि हिमालमा बेपत्ता भरियाको शव फेला
धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
पुल बनेपछि हट्यो जोखिम
बागलुङ नगरपालिका–९, तित्याङ र १० भकुन्डेको सीमा क्षेत्रमा रहेको रिट्ठे खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपियाँ लगानीमा पुल निर्माण गरिएको हो। बर्खामा खोला निकै बढेका बेला एक्लै वारपार गर्न कठिन हुन्थ्यो।
जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा
तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। गाउँकार्यपालिकाको बैठकले यसै शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सबै जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएका हुन्।
प्रवासीको सहयोगमा नयाँ विद्यालय भवन
भूकम्पका कारण जीर्ण बनेको रघुगङ्गा गाउँपालिका–१, बेगमा रहेको महादेव माध्यमिक विद्यालयको भवन प्रवासीको सक्रियतामा पुनर्निर्माण गरी चिटिक्क पारिएको छ। रोजगारीका क्रममा विदेश पुगेका बेगखोलावासीको आर्थिक सहयोग र अगुवाइमा विद्यालय पुनर्निर्माण गरिएको हो।
तनहुँ–१ मा रास्वपाका उम्मेदवार वाग्ले निर्वाचित
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको निर्वाचित हुनु भएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार डा.वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
दुई बस एकापसमा जुध्दा १३ यात्रु घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा सोमबार दिउँसो २:४५ बजे दुई यात्रुबस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदैगरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदैगरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी सो सङ्ख्यामा घाइते भएका हुन् ।
रास्वपाका वाग्ले कांग्रेसका भट्टराई भन्दा सात हजार ६७४ मतले अगाडि
तनहुँ–१ को उपनिर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
जहाँ बस्ती छ त्यहीँबाट डढेलो
गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ ।
रास्वपा वाग्लेको अग्रता कायमै, मतान्तर घटाउँदै भट्टराई
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम भए पनि मन्तान्तरण घट्दै गएको छ ।
रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।
गण्डकी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै अबको नयाँ सरकार कसको भन्नेमा चासो बढेको छ। प्रदेश प्रमुख बाहिर भएकाले पनि अधिकारी नेतृत्वको सरकार ढलेको एक दिन हुँदा पनि सरकार गठनका लागि आह्वान हुन सकेको छैन।
तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडि
तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ ।
उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा
चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।
तनहुँमा शान्तिपूर्ण मतदान सम्पन्न : ५२ प्रतिशत बढी मतदान
तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो।
तनहुँमा किरियापुत्रीद्वारा मतदान
आइतबार तनहुँमा भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन्।
उपनिर्वाचन अपडेट : तनहुँमा ४५ प्रतिशत मत खस्यो
तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।
पार्टी सङ्गठन बलियो बनाउनुपर्छ : नेत्री थापा
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरूको सपना पूरा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित एमाले म्याग्दीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले सो कुरा बताउनुभएको हो ।
धौलागिरि हिमालको आरोहण गर्दै स्पेनका ८३ वर्षीय आरोही कार्लोस
स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका -४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास हो ।
दलित उत्थान केन्द्रलाई सहयोग
दलित उत्थान केन्द्र, अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज, कतार अर्जुनचौपारि इकाईले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाँच महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको हो ।
प्रवासीद्वारा विद्यालय भवन पुनर्निर्माण
प्रवासीको सहयोगमा जीर्ण महादेव माविको भवन पुनर्निर्माण गरिएको छ । वि.सं.२०७२ को भूकम्पले जीर्ण बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगस्थित महादेव माविको भवन प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो ।
कांग्रेसका उम्मेदवार भट्टराई र राप्रपाका गुरुङले मात्रै मतदान गर्नुहुँदै
तनहुँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् ।