• १३ साउन २०८१, आइतबार

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा

blog

मतगणनाका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको भवनमा मतपेटिको व्यवस्थापन गर्दै सुरक्षाकर्मी र कर्मचारी । तस्बिर: अमरराज नहर्की

भरतपुर, वैशाख १० गते। चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो। उहाँले तारजालीसहित नौ वटा सिसी क्यामरा जडान गरिएको बताउनुभयो। 

२०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ। 

आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने जानकारी दिनुभयो। सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुनेछ।