पुतलीबजार र अर्जुनचौपारी पूर्ण खोप सुनिश्चत पालिका घोषित
पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिका पूर्ण खोप सुनिश्चतता पालिका घोषित भएका छन् ।
ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन
ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु¥याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।
दर्ता नगरी औषधि पसल सञ्चालन
म्याग्दी जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजारमा बिनादर्ताका औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ। पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै दरबाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ। प्राथमिक स्वास्थ्य केन्द्रको प्रवेशद्वारमै दर्ता नगरी पसल सञ्चालन गरिएको छ। पसलको नामसमेत छैन। स्वास्थ्य केन्द्रकै कर्मचारी जङ्गबहादुर पुनले सञ्चालन गरेको उक्त औषधि पसलले औषधि व्यवस्था विभागबाट इजाजतसमेत लिएको छैन । मालिका गाउँपालिकामा दर्ता पनि भएको छैन।
मूल सुके, मासिए सम्पदा
बागलुङको काठेखोला गाउँपालिका–१, पाला आर्कोटको सार्वजनिक जग्गामा चारवटा पोखरी छन्। चार पोखरीमध्ये एउटा पोखरीमा मात्रै नियमित पानी हुन्छ। अन्य तीनवटामा कमिला हिँड्ने अवस्था छ। कुनै बेला भैँसी आहाल राख्न झगडै गर्नुपर्ने आर्कोट क्षेत्र अहिले गोठालो जाने साथी पाउन मुस्किल हुन्छ।
सगरमाथा आधार शिविरमा सरकारी कार्यालय
पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।
तनहुँका पालिकाले श्रम स्वीकृतिको आवेदन लिन थाले
वैदेशिक रोजगारमा जाने युवायुवतीले श्रम स्वीकृतिको आवेदन दिने सुविधा पालिकाबाटै पाउन थालेका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।
धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधार शिविरमा पुगिसकेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु आधारशिविरमै रोकिएको बताएका छन् ।
आकर्षक सीता गुफा
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा
गण्डकीमा आज नयाँ सरकार बन्दै
गण्डकी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् ।
पाँचभाइको सुन्तलाखेती
बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो ।
छ उम्मेदवारको जमानत जफत
वैशाख १० गते सम्पन्न तनहुँ–१ प्रतिनिधि सभा सदस्य उपविर्नाचनमा उम्मेदवार बनेका छ जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा (एमाले)को मात्रै जमानत जफत नभएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुनबमोजिम उम्मेदवारको जमानत जफत भएको हो । उम्मेदवारी दिएका नौ जनामध्ये छ जनाले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
अलपत्र आयोजनाले गति लिँदै
म्याग्दीमा सञ्चालित भौतिक पूर्वाधार विकास आयोजना निर्माणले गति लिन थालेको छ। निर्माण व्यवसायीको लापरबाही र बेवास्ताका कारण लामो समयसम्म अलपत्र ठूला विकास आयोजनाको निर्माणले गति लिन थालेको हो। विगतमा पटकपटक म्याद थप गरिए पनि बेवास्ता गर्दै आएका निर्माण व्यवसायीलाई जनता र जनप्रतिनिधिको निरन्तर ताकिता, ठेक्का सम्झौता रद्द गर्ने चेतावनी, कालोसूचीमा राख्ने प्रक्रिया सुरुजस्ता दबाबमूलक कामहरूले निर्माणको जिम्मा (ठेक्का) लिएका ठेकेदार काममा फर्किएका छन्। सङ्घ र प्रदेश सरकारमार्फत सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका रोकिएका काम सबैतिर सुरु भएको पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ।
अब स्थानीय तहबाटै श्रम स्वीकृति
म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा थालिएको छ ।
बिना दर्ता सञ्चालनमा छन् औषधि पसल
म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिना दर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
वृहत् हुप्सेकोट सहरी खानेपानी आयोजना सम्पन्न
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा वर्षौँदेखि कुवाको पानी खान बाध्य त्यहाँ अहिले वृहत् हुप्सेकोट सहरी खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो
हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरू यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।
पहिचान बन्दै सिस्नो, बाँको र आलु
वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।
सरकार गठनका लागि आह्वान
गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र नयाँ सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख गुरुङले सरकार ढलेको पाँच दिनपछि मङ्गलबार सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर वैशाख १४ गते बिहीबार ४ बजेभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको छ। शनिबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो। ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीको एक, राप्रपाका दुई सांसद रहेका छन्।
कृषि उपज सङ्कलन केन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१, पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरिएको छ। वडाध्यक्ष तिलकराम न्यौपानेले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ सङ्कलन केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो। वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि कृषि सङ्कलन केन्द्र उपयोगी हुनेछ भन्ने मेरो विश्वास छ। कृषि सङ्कलन केन्द्रबाट नगरपालिकाभित्रका कृषकलाई लाभ हुनेछ।
चौँरीको रगत पिउने मेला
हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोग निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ। चौँरीपालक कृषकको संस्था हिमालयन चौँरीपालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो।
तनहुँबासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले
तनहुँ –१ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित डा. स्वर्णिम वाग्लेले तनहुँबासीले गर्व गर्नेगरी काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय
उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।