मकैको खोस्टाबाट टोपी र झोला
तनहुँको व्यास नगरपालिका –५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ ।
सम्झौताको दुई वर्षपछि पुल निर्माण सुरु
कालीगण्डकी नदीमा सेतीबेनी मोटरेबल पुल सम्झौताको दुई वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको छ । कालीगण्डकी नदी सेतीबेनीमा २०७८ असार ३१ गते रायमाझी÷राजेश्वरी जेभीले ४५ महिनामा पुल निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका सबै ११ वटा जिल्लामा ट्राफिक सप्ताह एकैसाथ सुरु भएको छ ।
आगो उत्पन्न गराएर भँगेर पूजा
सलाई र लाइटर बन्नुअघि हाम्रा पुर्खाले मुढो दाउरामा आगो सल्काएर आगोको संरक्षण गर्दथे । त्यही आगोबाट दाउरा सल्काएर खाना, खाजा बनाउने तथा गाईबस्तुलाई कुँडो पकाउने गर्दथे । अग्राखको मुढो दाउरामा लामो समयसम्म आगो रहिरहने भएकाले धेरैजसोले मुडो दाउराको जोहो गरेर राख्ने गर्दथे । आगो निभ्यो भने छिमेकीको घरबाट कोइला ल्याएर सल्काउँथे यदि निभ्यो भने दुई काठ घर्षण गराएर आगो सल्काउँथे ।
सडक स्तरोन्नति हुँदा सहज
पर्वतको जलजला गाउँपालिकाको मल्लाजलाई म्याग्दीको सदरमुकामसँग जोड्ने छोटो दूरीको सडक पर्वत बेनी–मल्लाज सडक स्तरोन्नतिसहित ढलान भ
गोरखापत्र : जिम्मेवारी बोकेको पत्रिका
गण्डकी प्रदेशका मन्त्री तथा प्रवक्ता सरस्वती अर्याल तिवारीले गोरखापत्र आफैँमा अब्बल जिम्मेवारी बोकेको पत्रिका बनेको बताउनुभएको छ ।
मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका ११ वटा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ ।
सम्झौता भएको २ वर्षपछि सेतिबेनी पुल निर्माण सुरु
कालिगण्डकी नदीमा सेतिबेनी मोटरेबल पुल सम्झौताको २ वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको हो ।
ऐतिहासिक महत्त्वका अजम्बरी सम्पदा नासिँदै
बेनी–दरबाङ सडकको ट्र्याक नखुल्दासम्म यस क्षेत्रमा बटुवा र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका १४ ठाँटी थिए । ठाउँ ठाउँमा थान, थुम्का, चौतारी, देवल र सत्तल थिए । सडक खुलेको दुई दशकभित्रमा ती सबै सम्पदा नामो निसान नभेटिने गरी पुरिए ।
नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।
हरिनासमा ४७६ पशुको उपचार
हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ ।
धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग
“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुन्थ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।”
तनहुँ जलविद्युत् आयोजना : धमाधम टावर जडान गरिँदै
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।
वालिङ क्याम्पसमा आर्थिक सङ्कट
स्याङ्जाको वालिङस्थित वालिङ बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकाल घोषणा गरिएको छ। क्याम्पस व्यवस्थापन समितिले चार करोड रुपियाँ दायित्व भुक्तानीमा समस्या देखिएपछि आर्थिक सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको हो। विश्वविद्यालय अनुदान आयोगद्वारा क्युएए प्रमाणित जिल्लाकै पुरानो शैक्षिक धरोहरका रूपमा परिचित यस क्याम्पसलाई आर्थिक सङ्कटबाट जोगाउन सङ्कटकाल घोषणा गरिएको व्यवस्थापन समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताउनुभयो।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका –१ टुकुचेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । टुकुचेमा भएको दुर्घटनामा परेर ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
करण केसी र साबित्रा भण्डारी वर्ष खेलाडी
सातौँ ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७९’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी( बागलुङ) र महिलातर्फ फुटबलका साबित्रा भण्डारी (लमजुङ) बन्नु भएको छ ।
नदी प्रदूषणका कारण सङ्कटमा घडियाल गोही
नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो ।
रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ ।
१६ सयबढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जिल्लाको बिरुवा गाउँपालिकामा सामुदायिक विद्यालयहरूमा बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
लुलाङको सीमाक्षेत्रमा ढकमक्क लालीगुराँस
म्याग्दीको धवलागिरि गाउँपालिका –१ गुर्जा र २ लुलाङको सीमाक्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क लालीगुराँस फुलेको छ ।
युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा
निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउनुहुन्छ ।
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ ।
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा ९खर्क० छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ ।