नवलपुरमा जग्गा नापीको कामले गति लिँदै
भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ।
खडेरीले सुक्नथाल्यो मकैको बोट
लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको दोवा गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ ।
सूर्यभक्त–पतनादेबी पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने
सूर्यभक्त पतनादेबी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनेभएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले वितरण गर्ने सूर्यभक्त पतनादेबी रास्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार सम्मानित हुने भएका हुन् ।
मकैको खोसेलाबाट आकर्षक सामग्री
स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ वडा कार्यालयले मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादन सम्विन्ध एकमहिने तालिम प्रदान गरेको हो ।
भीरबाट लडेर एक पुरुषको मृत्यु
भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङको मृत्यु भएको हो ।
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
वन्यजन्तुका लागि जङ्गलमा पोखरी
वन्यजन्तु र चराचुरुङ्गीलाई पिउने पानीको व्यवस्था गर्न म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले दुई आर्थिक
कालोपत्रे हुँदै सडक
सिद्धार्थ राजमार्ग, हेलुबाट अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक कालोपत्रे गर्न लागिएको छ । ठेक्का सम्झौता भएको साढे तीन वर्षमा गोल्डेन गुड बानियाँ जेभीले कालोपत्रे गर्ने प्रव्रिmया अगाडि बढाएको हो ।
प्रयोगमा आएन मेसिन
प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङका लागि दाताले दिएको एक्सरे मेसिन आवश्यक विद्युत् उपलब्ध नहुँदा प्रयोगमा आउन सकेको छैन । म्याग्दीको पश्चिम भेकको मालिका, धौलागिरि तथा बागलुङ जिल्लाका बिरामीले समेत सेवा लिने प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा विद्युत् समस्याकै कारण एक्सरे मेसिन प्रयोग हुन नसक्दा बिरामीले सास्ती बेहोर्नु परेको छ ।
गण्डकी योजना आयोग उपाध्यक्षले लिनुभयो शपथ
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्ण देवकोटाले शपथ लिनुभएको छ ।
वन्यजन्तुलाई खानेपानी सहज बनाउन जङ्गलभित्र पोखरी निर्माण
वन्यजन्तु र चराचुरुङ्गीहरूलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने
गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ ।
आन्तरिक पर्यटकको रोजाइ बन्दै मौलाकालिका
पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित भएका छन् । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्न सक्ने भएपछि दर्शन गर्न जाने भक्तजनलाई सहज भएको छ ।
अनुकूल मौसमपछि आरोहीहरु धौलागिरिको चुचुरोतर्फ
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् ।
गठबन्धनका मन्त्री र सांसद एकै ठाउँमा भेला
गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ ।
सडक फराकिलो पार्दै गल्याङ नगरपालिका
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका साँघुरा सडकलाई फराकिलो पार्न सुरु गरेको छ । साँघुरो सडकका कारण ग्रामीण भेगमा दुर्घटना बढेको भन्दै पालिकाको पहलमा सडक फराकिलो पार्न सुरु गरिएको हो ।
बेनी आक्रमणको ‘युद्ध पोल’ फिर्ता हुने
तत्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला गोली लागेर छियाछिया बनेको बिजुलीको पोल बेनी फिर्ता हुने भएको छ ।
मनाङमा चार महिनामा आठ हजार पर्यटक
हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् ।
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ ।
बालबालिकामा कुपोषण
नवलपुर जिल्लामा १७६ बालबालिकामा कुपोषण भएको पाइएको छ । व्यस्त जीवनशैली र सन्तुलित आहाराको व्यवस्थापन गर्न नजान्दा बालबालिका कुपोषणबाट प्रभावित हुने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभयो ।
अरौदीखोलामा पुल निर्माणको माग
वर्षायामको सुरु हुनै लाग्दा पुतलीबजार नगरपालिका वडा न. १ र ३ का स्थानीयले अरौदी खोलामा पुल निर्माणको माग गरेका छन् ।
कार्यालय सहयोगीको भरमा अस्पताल
तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ ।