पहिरोले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध
गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
स्याङ्जा–पर्वत सडक कालोपत्रे
पूर्वाधार विकास कार्यालय स्याङ्जाले जिल्लाभित्रका तीन सडकको २०.५ किलोमिटर कालोपत्रे गरेको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र सडकअन्तर्गत क्षेत्र नम्बर १ ‘क’को घुम्ती चिसापानी, ‘ख’को नागडाँडा कार्कीनेटा र क्षेत्र नम्बर २ को गल्याङ र चापाकोट खण्ड कालोपत्रे गरिएको हो ।
स्थानीयले गरे सडकमै रोपाइँ
म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा पनि सरोकारवाला पक्षले बनाउन चासो नदिएपछि स्थानीयबासीले सोमबार सडकमा धान रोपेर विरोध जनाएका हुन् ।
म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड हुने
हिमाली जिल्ला म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
रेसुङ्गा नगरपालिकाद्वारा २० जना कृषक सम्मानित
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै व्यावसायिक र कृषि पेशामा कटिबद्ध भएर लाग्नको लागि सम्मान गरेको छ । कृषि शाखाको आयोजनामा आ.व.०७८/७९ को नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका उत्कृष्ट बीस जना कृषकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
कला र सम्पदामैत्री नगर
अमरराज नहर्कीतनहुँ, असार १३ गते । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गरेको छ । ‘विविधतायुक्त गाउँ सहर, समृद्ध हाम्रो व्यास नगर’ भन्ने नारासहित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाद्वारा आयोजित ३५औँ नगर सभा तथा अधिवेशनमा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि कुल एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक बजेटमध्ये चालू खर्चतर्फ ८६ करोड ५५ लाख छ हजार र पुँजीगततर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ । नगर सभामा प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कुल बजेटमध्ये चालूतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको बताउनुभयो । नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले जानकारी दिनुभयो । प्रस्तुत बजेटमा व्यासलाई कला र सम्पदामैत्री नगर बनाइने उल्लेख गरिएको छ । ‘कलात्मक र सम्पदामैत्री व्यास नगर’ को अवधारणाअनुरूप प्राचीन एवं परम्परागत शैलीका सांस्कृतिक पहिचान झल्कने घर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याइएको हो । पर्यटकीय एवं ऐतिहासिक महìवका स्थलको संरक्षण र संवद्र्धनका लागि कानुनको तर्जुमा गर्ने नीति अघि सारेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । व्यास नगरलाई ताररहितको नगर निर्माण गर्न सम्बन्धित निकायसँंग समन्वय गरी भूमिगत विद्युत् लाइन विस्तार एवं तार व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरभित्रका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण एवं विकासका लागि कानुन निर्माण गरी कार्यन्वयनमा ल्याइने नीति नगरपालिकाको छ । पर्यटकीय पूर्वाधारको विकास गर्दा मौलिक संस्कृतिको संरक्षण पुराताìिवक महìवका धार्मिक, सांस्कृतिक, ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफालगायतका नगरवासीका मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाभित्रका होटल र होमस्टेलाई स्वच्छ तथा सफा सुग्घर राख्दै पर्यटनमैत्री बनाउन सहयोग गरिनेछ । व्यास नगरपालिकाभित्र रहेकोे व्यासको जन्मभूमि महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने र गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण गर्ने लक्ष्य रहेको सिग्देलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सिग्देलका अनुसार ऐतिहासिक तनहुँसुर दरबार, भगवतीपानी, मानहुँकोट, गलेखामकोट, कालिका, शहीद जङ्गल पार्क, क्यामिन कालिका, कुर्लुङकोट, ऊँ सिद्धेश्वरी महादेव, छाङ्गा वाराही, देवीडाँडा, स्वामी पार्क, हात्तीगौँडा गुफा, पोखरीभञ्ज्याङ कालिकालगायतका टाकुरा तथा मन्दिरहरूको संरक्षण एवं संवद्र्धन गरी ‘टाकुरा पर्यटन सञ्जाल’ का रूपमा विकास गर्ने नगरपालिकाले नीति लिएको छ ।
खोलाले बगाएर डेढ वर्षीया बालिकाको मृत्यु
खोलाले बगाउँदा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ७ः३० बजे घर नजिकै रहेको चुँदी खोलाले बगाउँदा भानु नगरपालिका–७ चन्द्रावती बस्ने रचना श्रेष्ठको १ वर्ष ६ महिनाको छोरी काव्या श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिनुभयो ।
जिसस तनहुँको प्रमुखमा पुनः वाग्ले
जिल्ला समन्वय समिति तनहुँमा सत्तारुढ दलहरुको गठबन्धन उम्मेदवारको विजय सूनिश्चित भएको छ । गठबन्धनको मात्रै उ्रम्मेदवारी परेपछि जीत निश्चित भएको हो । नौ सदस्यीय समितिका लागि नेपाली कांग्रेसले प्रमुख र पाँच सदस्य गरी ६ जना र माओवादी केन्द्रबाट उपप्रमुख र दुई सदस्य गरी तीन जनाको उम्मेदवारी परेको छ ।
लुम्लेमा भारी वर्षा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
धेरै पानी पर्ने मध्येको एक मानिने कास्कीको लुम्ले क्षेत्रमा शनिबार राती देखिनै भारी वर्षा परी रहेको छ । वर्षाका कारण बढी पहिरो जानसक्ने भन्दै उच्च सर्तकता अपनाउन वाढी पुर्वनुमान महाशाखाले आग्रह गरेको छ ।
बाढीले बगाएकाहरुको उद्धारसम्बन्धी नमुना अभ्यास
बेंसीसहर नगरपालिका २, गैरीमुनी भीरमा घाँस काट्ने क्रममा चिप्लिएर एक महिला मस्र्याङ्दी नदीमा खस्नुभयो । नदीमा खस्दैगर्दा चिच्याएको आवाज पारीपट्टीका स्थानीयले सुनेपछि हारगुहार गरे । स्थानीयले प्रहरीमा खबर गरे । मनसुन सुरु भएसँगै बढेको मस्र्याङ्दी नदीको ठूलो भेलले ती महिलालाई ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा लग्यो । प्रहरीले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गरायो ।
संरक्षणको पर्खाइमा ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज
तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।
वर्षाले पोखराको सुइँखेत फाँट डुबानमा, ६ सय घर प्रभावित
गएराति पोखरामा परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका २५, हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित भएका छन् ।
पाल्पाका दश वटै पालिकाले ल्याए बजेट तथा कार्यक्रम
पाल्पाका दश वटै पालिकाले आव २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेका छन् । जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।
गुल्मीका १२ वटै स्थानीय तहको बजेट सार्वजनिक
गुल्मीका १२ वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाले कुल ६७ करोड ४७ लाख ५७ हजार बजेट विनियोजन गरेको हो ।
म्याग्दीका स्थानीय तहको बजेट ३ अर्ब ८३ लाख ४६ हजार
म्याग्दीका ६ वटा स्थानीय तहले आगमी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट पारित गरेका छन् । शुक्रबार सम्पन्न गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका,मंगला,मालिका,धबलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट ३ अर्ब ८३ लाख ४६ हजार रुपियाँ बराबरको बजेट पारित गरेका हुन ।
कुमारवर्ती बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त
मीना कंडेलकावासोती, असार १० गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताउनुभयो ।सन् २०२० मा नै क्याम्पसले क्युएए प्राप्त गर्नुपर्नेमा कोभिड सङ्क्रमण तथा विभिन्न प्राविधिक कारणले डेढ वर्ष ढिला गरेर क्यूएए प्राप्त गरेको जानकारी गराउनुभयो । क्युएए प्राप्त गर्न नसक्दा धेरै जनाबाट अनुत्तरित बन्नुपर्दा दुःख लाग्नेगरेकोमा अब खुसी भएकोे बताउनुभयो । अब सरोकारवालाको छलफल समन्वयमा क्याम्पसले थप नयाँ विषयहरू अध्यापन गर्ने प्रक्रिया अघि बढाउने सोचमा रहेको उहाँले बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोख्रेलले नेपालभरि क्याम्पसले क्युएए प्राप्त गरेपछि खुशी लागेको बताउनुभयो । प्राप्त उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । क्याम्पसमा नयाँ विषय शुरु गर्ने बाटो खुलेको अध्यक्ष पोख्रेलले बताउनुभयो । क्याम्पसले छिमेकी क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उहाँको भनाइ छ । सिभिल इन्जिनियर, बीएलबी लगायतका नयाँ विषय थप गर्ने सोच क्याम्पसले बनाएको उहाँले बताउनुभयो । क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुनेगर्छ ।
मानव बेचबिखन र ठगी नियन्त्रणबारे सचेतना
वैदेशिक रोजागारको नाममा हुने मानव बेचबिखन र ठगी नियन्त्रणका लागि प्रहरीसँग छलफल कार्यक्रम सञ्चालन गरिएको छ । बीवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत अन्तक्र्रियामा वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखनका गतिविधि र आकर्षक कमाइको नाममा हुने ठगी धन्दाबारे छलफल गरिएको हो ।
सुन्तला खेतीले समृद्ध दोसल्ले
जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला बिक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् । परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन ।
अर्जुन चौपारीको बजेट ४४ करोड
अर्जुन चौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७९–८० का लागि ४४ करोड १८ लाख १९ हजार रुपियाँ बराबरको बजेट प्रस्ताब गरेको छ ।
गाउँमा विशेषज्ञसहितको आयुर्वेद सेवा
अर्जुन चौपारी गाउँपालिका ३ का ७९ वर्षीय गङ्गाधर काफ्ले विशेषज्ञसहितको आयुर्वेद सेवा गाउँमै प्राप्त भएपछि खुसी ब्यक्त गर्नुभएको छ । समान्य उपचारको पुतलीबजार र पोखरा पर्ने काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञसहितको सेवा पाएको बताउनुभयो ।
ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र
स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो ।
२० जना शिक्षक सहसचिव स्तरमा बढुवा
शिक्षा सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात सहसचिवको स्तरमा बढुवा गरेको हो ।
कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्राथमिकतामा
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको एघारौँ नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
रैथाले बीउ जोगाउन ‘बीज बैंक’ योजना
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।