• १३ साउन २०८१, आइतबार

एकै रात पाँच घरमा चोरी

blog

एकै रातमा पाँच घरमा चोरी । फाइल तस्बिर

राधाकृष्ण डुम्रे
वालिङ, जेठ १ गते । 
स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ । आइतबार राति गल्याङ नगरपालिका –३ का पाँच घरबाट नगद, सुनचाँदी, लत्ताकपडा लगायतका सामग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले केही घरमा धेरै चोरी भएको जानकारी दिनुभयो । चोरी भएको घरमा कति सामान चोरी भयो यसको विवरण सङ्कलन गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

स्थानीय विजय रानालगायतको घरमा चोरी भएको जानकारी प्रवक्ता खनालले दिनुभयो । यता चोरीको घटना प्रति गम्भीर भएको भन्नुहुँदै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले तत्कालै चोरी गर्नेहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।