राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा
राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा पर्नुभएको छ।
दुई सय मिटर गहिराइबाट बालिकाको शव निकालियो
कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले करिब दुई मिटर गहिराइबाट निकालिएको छ ।
परिवर्तन संस्थागत गर्न पाँच वर्षका लागि गठबन्धन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ।
बीपीको बाटोमा देश हिंडाएका छौँ : नेता रिजाल
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बीपी कोइरालाकै बाटोमा देश हिँडिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताउनुभएको हो ।
दुई गाउँ जोड्ने झोलुङ्गे पुलको पाँच वर्षपछि उद्घाटन
म्याग्दीको रघुगङ्गा गाउँपालिका –१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
मुस्ताङमा कोभिड संक्रमण बढ्यो, १३ सक्रिय संक्रमित
हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभित्र १३ जना सक्रिय सङ्क्रमित देखिएका छन् ।
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन् ।
एउटै ठाउँमा एक सय अठासी देशका झण्डा फरफर
बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।
तालचोक–बेगनास सडक स्तरोन्नति
लामो समयदेखि निर्माणको चर्चा चलिरहेको तालचोक–बेगनास सडकखण्डको स्तरोन्नति हुने भएको छ । विश्व बैङ्कको सहयोगमा उक्त सडकको स्तरोन्नति गर्न लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । प्रमुख आचार्यले भन्नुभयो, “तोकिएको समयभित्र निर्माण सम्पन्न गर्नुभयो भने कन्ट्र्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।”
शालिग्राम संरक्षण अभियान
कालीगण्डकी शालिग्राम शिला पाउने एक मात्रै नदी हो । हिन्दु धर्मशास्त्रअनुसार शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । पछिल्लो समय कालीगण्डकी क्षेत्रमा मानव अतिक्रमणले नदीको स्वरूप बदल्नुका साथै शालिग्राम शिलासमेत सङ्कटमा पर्न थालेको हो ।
मुस्ताङको ढुम्बा ताल
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बा तालमा शुक्रबार नयाँ वर्षको अवसरमा घुम्न आएका आन्तरिक पर्यटक
तनहुँमा तीन वटा मतदान स्थल अति संवेदनशील
वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ ।
बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने डर
हिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा बस्छन् ३२ घरका डेढ सय परिवार । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो ।
म्याग्दीको तिप्ल्याङमा बस दुर्घटना, चार घाइते
बेनी–जोमसोम कोरला सडक अन्तर्गत तिप्ल्याङ नजिक बस दुर्घटनाका घाइतेलाई बेनी अस्पतालमा ल्याइएको छ । काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदैगरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस अन्नपूर्ण गाउँपालिका –१ मा पर्ने तिप्ल्याङ नजिक आज शुक्रबार विहान करिब १० बजेतिर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बसमा २१ जना यात्रु सवार थिए ।
मौलाकालिका केवलकार सञ्चालनमा
देशकै प्रसिद्ध धार्मिक स्थल पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आजदेखि मौलाकालिका केवलकार सञ्चालनमा आएको छ।
स्याङ्जामा २६ करोडभन्दा बढी बेरुजु
महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो ।
फिर्ता भएन कब्जा जग्गा
म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सात वर्षदेखि कब्जा गरेको छ । बेनी बजार क्षेत्रमा रहेको १४१९ कित्ता नम्बरको चार आना जग्गा उक्त पार्टीले कब्जा गरी आफ्ना कार्यकर्तालाई प्रयोगका लागि दिएको छ ।
च्याङ्ग्राको भुवा सङ्कलन
हिमाली जिल्ला मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन गरिएको छ । गुणस्तर परीक्षण गर्न पस्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गरिएको हो । नेपालमै पहिलो पटक भुवा परीक्षण गर्न नमुना सङ्कलन गरिएको हो । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा सङ्कलन भएको हो । जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्राको भुवाको आठ सयवटा नमुना सङ्कलन गरिएको नेपाल पस्मिना उद्योग सङ्घका कार्यक्रम अधिकृत सुमन भण्डारीले बताउनुभयो ।
‘उर्वशी सूक्त’ मञ्चन तयारी
नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार हुने यो नाटक नेपाली नयाँ वर्षका अवसरमा वैशाख १ देखि ११ गतेसम्म मञ्चन हुनेछ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा सोमबारबाहेक दैनिक साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गर्नुभएको हो। शनिबार अतिरिक्त मञ्चन दिउँसो १ बजे पनि हुनेछ। विद्यार्थीलाई लक्षित गरेर सोमबार भने दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाउनुभयो। नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक दर्शकका लागि नयाँ स्वाद हुने उहाँको दाबी छ। नाटकमा दिलप्रसाद गुरुङ, रोशन तिमिल्सिना, सुशील बराल, रोशन पोखरेल, रमेशबाबु तिमल्सिना, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुशा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतीक घिमिरेको अभिनय रहेको छ।
जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै
वि.सं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । वि.सं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो ।
बाँझो जमिनमा कागती र सुन्तला खेती
पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङ्गटार –४ सिंचाङ्गको बाझो र भिरालो जमिनमा व्यावसायिक कागती र सुन्तला खेती सुरु गरिएको छ ।
मीठा नारा र भाषणले देश चल्दैन : नेता सिंह
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मीठा नारा भाषण दिँदैमा देश नचल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बिहीबार बन्दीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
फेवा महोत्सव सुरु
पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ।