नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले नागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउनुभएको छ। मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासुजस्तै सम्बन्ध रहेको बताउनुभएको हो।
सात वर्ष अघि सुरु भएको मध्यपहाडी लोकमार्ग अझै बनेन
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्याक खुलेको साढे दुई दशक बितिसक्यो ।
नाग्लीबाङ वन क्षेत्रमा भीषण आगलागी
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ ।
निर्मला हत्याकाण्डको पुनः छानबिन भइरहेको छ : गृहमन्त्री
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गम्भीरतापूर्वक छानबिनको काम भइरहेको बताउनु भएको छ ।
शिक्षण पेसामा महिला आकर्षण
म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् ।
'पृथक पाईला' र 'शान्तीदुतको अग्निपथ' लोर्कापण
युवाकवि युवराज सुवेदीद्वारा लिखित ‘पृथक् पाइला’ मुक्तक सङ्ग्रह र ‘शान्तिदुतको अग्निपथ’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।
धौलागिरि आधार शिविरमा हेलिकप्टर आकस्मिक अवतरण
म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
पोखरा-मुग्लिङ सडक निरीक्षणमा उच्चस्तरीय टोली
गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।
एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन
म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन छ ।
नवलपुर जिल्ला प्रशासन कार्यालयमा 'टाइम कार्ड' लागू
जिल्ला प्रशासन कार्यालय नवलपुरमा 'टाइम कार्ड' लागू गरिएको छ ।
विभिन्न देशका राष्ट्रगान गाइरहँदा ...
चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ ।
रास्वपालाई जनताको प्यारो बनाउँछौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको सबैभन्दा प्यारो पार्टी बनाउने बताउनुभएको छ। शनिबार तनहुँको आँबुखैरेनीमा सभालाई सम्बोधन गर्दै लामिछानेले छोटो समयमा नै जनताले विश्वास गरेर मलजल गरेर ठूलो पार्टी बनाएको र आगामी चुनावसम्ममा सबैभन्दा ठूलो बनाउने विश्वास व्यक्त गर्नुभयो।
अज्ञात रोगले बाइस बाख्रा मरे
पुतलीबजार नगरपालिका–१३, ज्यामिरेमा अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरेका छन्। स्थानीय शेषकान्त सुवेदीको आँधीखोला बाख्रा फार्मका बाख्रा पछिल्लो चार दिनमा मरेका हुन्। पहिलो दिनमा पाँचवटा बाख्रा मरेपछि घाँसका कारण मरेको सोचिए पनि दोस्रो दिन नौ, तेस्रो दिन सात र चौथो दिनमा एउटा बाख्रा मरेपछि रोगले मरेको आशङ्का गरिएको हो। बाख्रा मरेपछि ल्याब टेस्टका लागि नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ। एक/दुई दिनमा के कारणले मरेका हुन् थाहा हुने पशु तथा भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख इन्द्र भट्टले बताउनुभयो।
तरकारी बिक्री गरेर वार्षिक पन्ध्र लाख आम्दानी
बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ ।
नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ।
डुबेर बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको निस्दी–३, का सात वर्षीय उस्मी सोतीमगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
लम्पी स्किन सङ्क्रमण जिल्लाभर फैलिँदै
जिल्लाको विभिन्न स्थानमा पशुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । १५ दिनअघि जिल्लाको माथागढी–५, का किसानले पालेका पशुमा देखिएको लम्पी स्किन रोग माथागढीसँगै बगनासकाली, तानसेन, तिनाउ, रिव्दीकोट तथा रैनादेवी छहरामा फैलिएको छ ।
पत्रकार कल्याणकारी कोष सञ्चालन गरिने : मुख्यमन्त्री जमकट्टेल
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
गोरखापत्रकर्मी अधिकारी पुरस्कृत
गोरखापत्र संस्थानका धादिङ समाचारदाता डा.मुरारी अधिकारी सीताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
एकै पटक ४२८ स्थायी शिक्षक नियुक्त
बागलुङमा एकै पटक ४२८ जना स्थायी शिक्षक नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट उतीर्ण भएका शिक्षकहरूलाई समन्वय इकाईले नियुक्त पत्र प्रदान गर्दै कार्य क्षेत्रमा खटाएको हो ।
हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान
व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ । जैविक कृषिलाई प्रोत्साहन गर्न र हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकलाई जीविकोपार्जनलाई सहज बनाउन अनुदान दिइएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले जानकारी दिनुभयो । वडाले १२ जना कृषकलाई रकम प्रदान गरेको छ ।
गायत्री मन्दिरमा पर्यटकीय पार्क निर्माण
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको गायत्री मन्दिर परिषरमा आकर्षक पार्क निर्माण गरिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेअन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण गरिएको हो ।
नमुना बस्तीमा भौतिक पूर्वाधारको अभाव
बागलुङको काठेखोला गाउँपालिका –५ बिउँ काहुलेका पहिरो विस्थापितका लागि तयार पारिएको नमुना बस्तीमा भौतिक पूर्वाधारको अभाव भएको छ ।
दुई कम्युनिस्ट पार्टीहरूको एकता हुँदै
दुई कम्युनिस्ट पार्टीहरू बिच आज एकता हुने भएको छ । आज (शुक्रबार) धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता हुने भएको हो ।