• ११ वैशाख २०८२, बिहिबार

हराएकाे हेलिकप्टर फेला, पाइलट र गाइड सकुशल

धौलागिरि आधार शिविरमा हेलिकप्टर आकस्मिक अवतरण

blog

सांकेतिक तस्बिर ।

साधन घर्ती  

म्याग्दी (दरबाङ), चैत २६ गते । म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकमबाट आइतबार बिहान ११ बजे सामान लिएर आधार शिविरतर्फ उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो  । 

‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । हेलिएयरको एनएन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको हो। उक्त हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारी र गाइड पासाङ हुनुन्थ्यो ।

‘सो उडानमा पाइलट र गाइड गरी दुई जना रहेको साथै उहाँहरूको अर्को हेलिकप्टरले उद्धार गरी पोखरा लगिसकिएको छ र उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्ने जानकारी प्राप्त भएको छ ,’ प्रजिअ पौडेलले भन्नुभयो ।

विश्वको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । आइतबार बिहान ११ बजेर ११ मिनेटमा सम्पर्कविहीन भएको थियो ।