बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला
गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक ।
जीपी कोइराला स्वास्थ्य केन्द्रमा पत्थरी सेवा सञ्चालन
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन भएको छ । केन्द्रमा बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएको छ । शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक गरिएको केन्द्रले जनाएको छ । जिल्लामै पहिलो पटक पत्थरी सफल अप्रेशन गरिएको केन्द्रको दाबी छ ।
जनप्रतिनिधिले नै बुझाएनन् खर्च विवरण
स्थानीय तह निर्वाचन २०७९ मा भएको खर्च विवरण नबुझाउनेहरूबाट जरिवानास्वरूप स्याङ्जा जिल्लामा मात्र १७ करोड ५४ लाख रुपियाँ रकम असुल हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीका अनुसार निर्वाचन खर्च विवरण नबुझाउने विभिन्न पदका उम्मेदवारलाई प्रतिव्यक्ति ५० हजारदेखि तीन लाखसम्म रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। जरिवाना नतिर्नेलाई छ वर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ। यहाँका ९१५ जना उम्मेदवारले जरिवाना तिर्नुपर्ने भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा ५३८ जनाले ख
‘द्वन्द्वकालीन न्यायका लागि राज्य गम्भीर भएन’
माथि उल्लिखित हरफ द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका परिवारको चीत्कार र भावनालाई समेट्दै बागलुङकी मानव अधिकारकर्मी शान्ति केसीले लेख्नुभएको हो। सशस्त्र द्वन्द्वको अन्त्य भएको दुई दशक बितिसक्दा पनि सङ्क्रमणकालीन न्याय निरूपण नहुँदा द्वन्द्वपीडितले शान्तिको सास फेर्न पाएका छैनन्। उक्त गीतमा भनेझैँ बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारका सदस्य कतैबाट टुप्लुक्क आइहाल्छन् कि भनेर बाटो हेरी बस्न बाध्य छन् आफन्त। “सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा अन्योलमा परेका छौँ,” बेपत्ता परिवारका सदस्य बागलुङ नगरपालिका–२ निवासी जशोदा शर्माले भन्नुभयो।
राष्ट्रिय खेलकुद प्रतियोगिता: पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् ।
नवौँ राष्ट्रिय खेलकुद तयारी तीव्ररूपमा
मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ ।
अतिक्रमण गरी बनाइएका संरचना हटाइने
तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ। सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो। अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले हालै ३५ दिनको सार्वजनिक सूचना जारी गरिसकेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भएकाले हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
चाडपर्व लक्षित अनुगमन सुरु
पोखरा महानगरले दशैँ–तिहारलाई लक्षित गरी अनुगमन सुरु गरेको छ। चाडबाडका बेला मनपरी मूल्य, म्याद गुज्रेका सामान बिक्री गर्ने जस्ता सङ्घसंस्थामा महानगरले अनुमगन सुरु गरेको हो। स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिको टोलीको यो पहिलो अनुगमन पनि हो। पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसलबाट अनुगमन सुरु गरेको छ। पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं महानगर बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो।
स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् । विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र वोगटीले बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुद हुने जिल्लामा तयारी तीव्र
गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडि बढेको छ । ३६ खेलका खेलस्थल सार्वजनिक गरेसगै खेलमैदानको निर्माणलाई अगाडि बढाइएको छ ।
बेगनास–रुपा पम्प जलाशययुक्त जलविद्युत आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने
नेपाल विद्युत प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ ।
राम्दीको पुलसँगै जोडिएको महँगी
गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय
स्याङ्जाको गल्याङ नगरपालिकाका सामुदायिक बालमैत्री पुस्तकालय स्थापनालाई तीव्र पारिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकामा पठनसीप बृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालमैत्री पुस्तकालय स्थापना गर्ने काम भइरहेको हो ।
चार महिनापछि बेँसी झरे गोठाला
हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् ।
बागवानी केन्द्रले बेच्यो ७० लाखको सामग्री
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण वागवानी विकास केन्द्रले गत आर्थिक वर्षमा ७० लाख मूल्य बराबरको आम्दानी गरेको छ ।
मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य
जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन ।
नयाँ प्रविधिबाट विद्युत् निकालिने
तालैतालको सहर पोखरामा बेगनास र रूपातालको पानी सदुपयोग गर्न नयाँ प्रविधिको प्रयोग गर्न छलफल थालिएको छ। तालको पानी पम्प स्टोरेज गरी विद्युत् उत्पादन गर्ने आयोजना निर्माण हुने भएको छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जनाइएको छ। नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिका–३१ मा पर्ने बेगनास र रूपातालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवालासँग छलफल गरेको हो।
दशैँअघि नै ग्रामीण सडक सुधार
बागलुङका स्थानीय तहले बर्खाको समय अवरुद्ध भएका ग्रामीण सडक धमाधम खुलाउन थालेका छन्। दशैँ र तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा अधिकांश स्थानीय तहले ग्रामीण सडक मर्मत सुरु गरेका हुन्। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिका केन्द्र जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताउनुभयो।
कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीविहीन
अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।
दसवर्षे रणनीति सार्वजनिक
गण्डकी विश्वविद्यालयले आफ्नो १० वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विश्वविद्यालयले तयार पारेको उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। प्रदेश प्रमुख गुरुङले १० वर्षे योजना समयमै पूरा गर्नुपर्ने बताउनुभयो। धेरै योजना सुरु गर्ने तर बीचमै छाड्ने प्रवृत्ति स्मरण गर्दै उहाँले प्रदेशको गौरवसँग जोडिएका योजना पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा गुरुङ
घान्दु्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सकियो प्रदेश सभाको पहिलो कार्यकाल
गण्डकी प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ। गण्डकी प्रदेश सभा सदस्यहरूलाई असोज १४ गते दशैँको शुभकामना आदानप्रदानसहित बिदाइ गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ। पाँचवर्षे कार्यकाल पूरा गरेर सांसदहरूलाई कदरपत्रसहित बिदाइ गरिने जनाइएको छ। २०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रदेश सभामा पहिलो हुने निर्वाचित प्रणालीबाट ३६ र समानुपातिक निर्वाचित प्रणालीबाट २४ गरी जम्मा ६० जना सांसद निर्वाचित हुनुभएको थियो। तीमध्ये ४० जना पुरुष र २० जना महिला सांसद रहनुभएको छ। प्रदेश सभामा ६० जना सांसद निर्वाचित भएकामा राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको २०७५ साल मङ्सिर २७ गते निधन भयो।
चट्याङ लागेर एकको मृत्यु
आँधीखोला गाउँपालिका –१ माझकटेरीमा चट्याङ लागेर मंगलबार एक जना युवाको मृत्यु भएको छ ।
सुशासनका लागि गठबन्धन जरुरी : मन्त्री चौधरी
शहरी विकासमन्त्री मेटमणि चौधरीले देशमा स्थिरता र सुशासनका लागि गठबन्धन जरुरी रहेको बताउनुभएको छ । लोकतन्त्र रहे मात्रै देशमा समृद्धि र सुशासन कायम हुने भएकाले आगामी निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन जरुरी रहेको बताउनुभएको हो ।