धमाधम सडक कालोपत्रे
छ वर्षपहिला गोरेटो बाटो प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकामा सडक निर्माणले फड्को मारेको छ। जिल्लाको विकट पालिकामध्येको हरिनाशमा पाँचवटा सडक योजनामार्फत एकै पटक ३३.५ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । पालिकाको कार्यालय रहेको चुलीडाँडालाई जोड्ने गरी सडक कालोपत्रेको कामले तीव्रता पाएको हो। यहाँ मिर्दी–क्याक्मी–भिमाद खण्ड (राते पहाडदेखि चित्रे हुँदै गिरकोट) १० किमिमध्ये सात किमि र दुलेगौँडा हुँदै ढोरवाराही–जुगीफाँट–चिसापानी सडक १६ किमिमध्ये १३ किमि कालोपत्रे हुन लागेको हो। हरिनाशमा पर्ने सडक पूर्वाधार विकास कार्यालय स्याङ्जाले काम अगाडि बढाएको हो।
अर्जुनचौपारीको शिक्षा अत्यन्त कमजोर
अर्जुनचौपारी गाउँपालिकाले पहिलो पटक पालिका भित्रका सबै विद्यालयको कक्षा ३, ५ र ८ को लिखित परीक्षा लिएकोमा नतिजा अत्यन्त कमजोर देखिएको छ ।
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ ।
बर्खा नलाग्दै पहिराको चिन्ता
आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन ।
मौलिक पहिरन प्यारो !
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दी गाउँका मगर समुदायका महिलाहरु आफ्नो मौलिक संस्कृति झल्किने भेषभूषाको संरक्षणमा जुटेका छन् ।
बुटवल–नारायणगढ सडकखण्ड: काम छिटो सक्न निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडकखण्डको काममा भइरहेको ढिलाइले जनतालाई परेको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ। बुटवल–नारायणगढ सडक विस्तारको काम २०७८ साउन २२ सम्म सकिसक्नुपर्ने भए पनि एक वर्षको म्याद थपिँदासमेत कामले अझै गति लिन सकेको छैन। सरकारका मन्त्रीहरूले बारम्बार यो सडकको निरीक्षण गर्दै ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउने सिलसिलामा गृहमन्त्री श्रेष्ठले सडकको कामको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन दिनुभएको हो। उहाँले सरकारका तर्फबाट भएका समस्याको गाँठो फुकाउन सरकार तयार रहेको बताउँदै यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न नहुनु दुःखको कुरा हो भन्नुभयो। अब पनि आलटाल गरेमा परिणाम राम्रो नआउने उहाँको भनाइ थियो।
पुर्ख्यौली गीत र नृत्यले पाहुनाको स्वागत
गाउँमा आएका पाहुनाको स्वागत गर्ने प्रचलन आ–आफ्नो ठाउँअनुसार फरक फरक हुन्छ । कतिपय गाउँमा पाहुनाको स्वागत गर्ने प्रचलन नै छैन ।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै होस्’
पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै सुरु गर्न माग गरेका छन् । व्यवसायीको एक टोलीले काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर १५ बुँदे माग राखेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने, बैङ्कको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्नेलगायतका माग राखेका हुन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गर्नुभएको थियो ।
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
स्मार्ट सार्वजनिक शौचालय बनाइने
पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो ।
निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।
दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र
मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।
जिप दुर्घटनामा एक जनाको मृत्यु
पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
बाँझो जमिनमा फलफूल खेती
युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् ।
‘सडक विस्तार अब चाँडो हुन्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्कीबास सडक विस्तारको काम अब चाँडो हुने बताउनुभएको छ। मुख्यमन्त्री अधिकारीले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब आठ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताउनुभयो। त्रिवेणी पुग्नुभएका मुख्यमन्त्री अधिकारीसँग त्यहाँका स्थानीयले बाटो विस्तारको कुरा पटकपटक भए पनि तत्काल सुरु गर्न आग्रह गर्दै छिटो काम थाल्न ध्यानाकर्षण गराएका थिए।
नवलपुरलाई कुरिलो ‘हब’ बनाइँदै
पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ। पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।
हेम्जामा आलु महोत्सव सुरु
‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ नाराका साथ हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको पनि उल्लेख गर्नुभयो ।
वडा तहमै मतदाता शिक्षा प्रदान गरिने
वैशाख १० गते यहाँ हुने उपनिर्वाचनको लागि वडा तहमै मतदाता शिक्षा प्रदान गरिने भएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले वडा स्तरमै जनशक्ति परिचालनको लागि प्रशिक्षण दिन थालेको छ ।
हिरासतमा रहेका प्रतिवादीहरूलाई मनोपरामर्श
नवलपुरको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका प्रतिवादीलाई मनोपरामर्श तालिम दिइएको छ ।
भीडभाडमा स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय बाग्लुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
विकट हरिनाशमा सडक निर्माण, धमाधम कालोपत्रे हुँदै
देश सङ्घीय संरचनामा गएपछि देशका अति विकट स्थानमा पनि विकास निर्माणका कामले गति लिएको छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको छ ।
राप्रपाका उम्मेदवार गुरुङलाई कैद सजाय
उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।
तमु सञ्चारकर्मी सङ्घको अध्यक्षमा लाला गुरुङ
तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनले स्याङ्जाका चित्रबहादुर गुरुङ (लाला) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।
गण्डकीमा वर्षाको सम्भावना
देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।