• १३ साउन २०८१, आइतबार

जटायु रेष्टुरेन्ट पर्यापर्यटन र अध्ययनको गन्तव्य बन्दै

blog

कावासोती –१३ मा रहेको जटायु रेष्टुरेन्टमा अहिले गिद्धको सङ्ख्या ह्वात्तै बढेको छ । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट 

कावासोती, बैशाख ४ गते । लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ ।

विगत पाँच वर्ष यता यहाँ जैविक विविधता, पर्यापर्यटन एवम् वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, गिद्धका प्रजाति, गिद्धको जीवनशैली र वासस्थानका विषयमा अध्ययन गर्न आउने गरेका जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवम् चराविज्ञ डीबी चौधरीले बताउनुभयो ।

अहिले गिद्ध घुम्ने सिजन भएकाले पनि गिद्ध जटायु रेष्टुरेन्टमा गिद्धको सङ्ख्या बढ्दैगएको छ भने गिद्धलाई चाहिने आहार विहारको पनि यहाँ राम्रो व्यवस्थापन भएकाले पनि हरेक वर्षको वैशाख–जेठमा धेरै गिद्ध यहाँ आउने गरेको चौधरीले बताउनुभयो ।

रेष्टुरेन्टमा राखिएका गिद्धलाई खाना दिइने गरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेका लागि खुला गरिएको चौधरीले बताउनुभयो । अहिले एक पटकको अवलोकनमा २० देखि ३० जनासम्म आउने गरेका छन् ।

रेष्टुरेन्टमा राखिएका गिद्धलाई खाना दिइनेगरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेका लागि खुला गरिएको चौधरीले बताउनुभयो ।

गिद्धलाई खाना खुवाउने र अवलोकन, अध्ययनका लागि समेत सहज हुने भएकाले अब चाँडै हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ । 

विषादीयुक्त आहारा र वासस्थानमा आएको ह्रासका कारण बर्सेनि गिद्ध मासिँदै गएपछि नेपालमा पहिलो पटक १८ वर्षअघि चौधरीको अगुवाइमा समुदाय स्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको हो । यहाँ लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको छ । 

रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट मरेका गाईभैँसी ल्याएर फाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाईबस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने चौधरीले बताउनुभयो । यसबाहेक जिल्लाभित्र विभिन्न कृषि फार्ममा मरेका गाईभैँसी ल्याएर परीक्षण पश्चात् आहाराका रूपमा प्रयोग गरिने गरिएको छ । 

कावासोती –१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यहाँ अहिले रैथाने प्रजातिका डङ्गर, सेतो र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन् । आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउनेगरेका छन् ।

प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगसँगै वासस्थानमा आएका ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेका चौधरीको भनाइ छ । 

कावासोती –१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

“डाइक्लोफेनेककोे प्रयोगगरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेका तथा वासस्थानमा आएको ह्रासका कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको चौधरीको भनाइ छ । 

जटायु रेष्टुरेन्टले गिद्ध अवलोकन गर्न आउने विदेशी पर्यटकसँग एक हजार र नेपाली पर्यटकसँग तीन सय रुपियाँ लिने गरेको छ । गिद्ध संरक्षणका लागि समुदायस्तरमा नेपालमा पहिलो पटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको छ ।