पानीको गुणस्तर कम्प्युटरबाटै मापन
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ ।
नियमित विद्युत सुनिश्चितताको माग
अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित विद्युत सुनिश्चितताको माग गरेका छन्।
बाँकेमा इन्फ्लुएन्जाका बिरामी बढ्दै
बाँकेमा इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहनुभएका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो ।
'जलवायु परिवर्तनका असरबारे गम्भीर बनौँ'
खेलाडीहरूले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना जगाउँदै एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
हरित रोजगारी सिर्जना परियोजनामा प्रतिबद्धता
पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।
दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।
मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति
गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । यो शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना महिलाले आरोहणको अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।
बाढीपीडितलाई राहत
मुस्ताङको कागबेनीका बाढीपीडितलाई ४० लाख रुपियाँभन्दा बढी राहत रकम हस्तान्तरण गरिएको छ। मुस्ताङ बाह्गाउँ लोछोदुन सेवा सङ्घ काठमाडौँद्वारा सङ्कलन गरिएको चालिस लाख ३५ हजार ५९५ रुपियाँ बाढीपीडितलाई प्रदान गरिएको हो। काठमाडौँमा बसोबास गर्ने सङ्घमा आबद्ध २११ जनाबाट उक्त रकम सङ्कलन गरिएको हो। गत साउन २८ गते कागखोलामा आएको बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा ठुलो मात्रामा भौतिक क्षति पुगेको थियो। कागबेनीका बाढीपीडितको राहतका लागि विभिन्न संस्था राहत सङ्कलनमा जुटेका छन्।
बेनीमा गोरु नाच प्रदर्शन
म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् ।
खुट्टाले लेखेर १२ पास, साहित्यकार बन्ने खाम्चाको रहर
पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा बोल्न र हातको सहायताले केही पनि गर्न सक्नुहुन्न। जन्मजात नै शारीरिक रूपमा अशक्त खाम्चाले खुट्टाले भने काम गर्नुहुन्छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई पनि उहाँ जस्तै साहित्यकार बन्ने रहर छ।
कालीगण्डकी कोरिडोरमा राति सवारीसाधन चलाउन रोक
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी कोरिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ ।
पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर
पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर बनेको छ । यो जिल्लाबाट वार्षिक दुई अर्ब ८० करोडको दुध बाहिर निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा यो परिमाणको दुध निर्यात भएको जिल्ला दुग्ध सहकारी संस्थाले जनाएको छ ।
गण्डकी प्रदेशका उत्पादनको पोखरामा प्रदर्शनी
प्रदेशका जिल्लामा उत्पादन भएका वस्तुको सहज बजारीकरण गर्ने तथा एक जिल्लाको उत्पादन सम्बन्धी अनुभवलाई अन्य जिल्लामा साटासाट गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
गण्डकीका मुख्यमन्त्री र युएनडिपीका प्रमुख आवासीय प्रतिनिधिको भेटवार्ता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ ।
२५ मेगावाटको सेती जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै
माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस
पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र हुनुहुन्थ्यो ।
सन्दर्भ कुशे औँसी : छोरा कुरिरहनुभएका बा !
आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् ।
गाँस, बास र कपासको समस्या समाधान हुने छ
मध्यबिन्दु नगरपालिका नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ऐतिहासिक महेन्द्र राजमार्गको ठिक मध्यभागमा पर्छ। यसको अवस्थिति अनुसार नाम रहेको छ। साबिक कोल्हुवा, नारायणी र तम्सरिया गाविस समेटेर नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट २०७२ असोज १ गते मध्यबिन्दु नगरपालिका स्थापना भएको हो। स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार साबिकका मैनाघाट, नयाँ बेलहानी, प्रसौनी र राकाचुली गाविससमेत समेटेर २०७३ फागुन २७ गते नेपालको संविधान, २०७२ अनुसार मध्यबिन्दु नगरपालिका बनेको हो। मध्यबिन्दु नगरपालिकामा २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ। मध्यबिन्दु नगरपालिकाको विकास गर्न उहाँ तल्लीन हुनुहुन्छ। विकासप्रेमी नेताका रूपमा अधिकारी परिचित हुनुहुन्छ। गोरखापत्रका पत्रकार मीना कँडेलले नगर प्रमुख अधिकारीसँग गर्नुभएको कुराकानी :
पोखरा जाने हेलिकोप्टर दाङ पुगेपछि...
हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकोप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगण लालमटियामा मौसम खराबको कारण आकस्मिक अवतरण गरेको छ ।
तनहुँ जलविद्युत आयोजनाको काम ४३ प्रतिशत सम्पन्न
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कार्य निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको छ ।
स्थिरताका लागि निर्वाचन प्रणाली फेरौँ : महामन्त्री थापा
नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले अङ्गीकार गरिएको निर्वाचन प्रणाली फेर्न प्रस्ताव गर्नुभएको छ । नयाँ संविधानमा जारी गरिएको मिश्रित निर्वाचनले समावेशिता पक्का गरे पनि स्थिरता नदिएको उहाँको भनाइ छ ।
बिओपी स्थापनाको माग गर्दै ध्यानाकर्षण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो र छेकेम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना कार्य छिटै अघि बढाउन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।
अवरुद्ध आरुघाट माछाखोला सडक १५ दिनपछि सञ्चालनमा
उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ खानेवेसी नजिकैको भीरमा गएको पहिरोले अवरुद्ध भएको आरुघाट माछाखोला सडक सञ्चालनमा आएको छ ।
कांग्रेस नवलपरासीका संस्थापक सभापतिको निधन
नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवम् प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको गएराति निधन भएको छ ।