आत्महत्याको घटना गम्भीर समस्याको रूपमा देखा पर्दै
पूर्वी नवलपरासीमा त्रिवर्षीय रूपमा हेर्दा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएपनि वर्तमान अवस्थामा घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ। समाज आधुनिकीकरणतर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ ।
जनप्रिय मावि र न्यु वेष्ट प्वाइन्ट फाइनलमा
पश्चिम म्याग्दीको जनप्रिय माध्यमिक विद्यालय दरवाङ र बेनीको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय म्याग्दीको बेनीमा शनिबारदेखि जारी अन्तर माध्यमिक विद्यालय स्तरीय खुला महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
अस्पतालमा स्वास्थ्य सेवा लिनेको सङ्ख्यामा बढोत्तरी
जिल्लाको सरकारी अस्पताल गोरखा अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले दिने स्वास्थ्य सेवामा क्रमिक सुधार हुँदा स्वास्थ्य सेवा लिनेको सङ्ख्या वृद्धि भएको हो ।
बैंक तथा वित्तीय संस्थाको ध्यान उत्पादनमूलक क्षेत्रमा जानुपर्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्नुेपर्ने बताउनुभएको छ ।
पोखरा विमानस्थलबाट पहिलो व्यावसायिक उडान
सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ। ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो। तीन यात्रु लिएर आएको १५० यात्रु क्षमताको उक्त जहाजले पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ। ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो। पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले १० अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ। यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ। ड्रुकको विमान बिहान पौने सात बजे अवतरण गरी एक घण्टापछि यात्रु लिएर फर्किएको हो। पोखरा अन्तर्राष्ट्रिय
कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा
मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै अझै सञ्चालन भएको छैन ।
दोषी ठहरिएकालाई कानुनी कारबाही हुन्छ : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुनले ठुलासाना भनेर कसैलाई नचिन्ने बताउनुभएको छ। गोरखाको सिरानचोकमा स्थानीय जनप्रतिनिधि तथा सिरान चोकवासीसँग शनिबार भेटघाट गर्दै उहाँले कानुनले दोषी ठह¥याएका सबैलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। “गरिब र निमुखालाई मात्र कानुन लाग्छ। ठुला नेता, मन्त्री, सचिव या ठुला पदाधिकारीलाई कानुन लाग्दैन भन्ने जस्तो बुझाइलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,” उहाँले भन्नुभयो, “यदि कोही दोषी छ भने त्यो मन्त्री भए पनि, नेता भए पनि, कर्मचारी भए पनि कसैले छुट पाउन सक्दैन।”
मनाङमा पर्यटकलाई आकर्षित गर्ने तयारी
हिमालपारिको जिल्ला मनाङमा वर्षा ऋतुको अन्त्यसँगै पर्यटक भित्रिन थालेका छन् । पर्यटनको सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मनाङमा देख्न सकिन्छ । यो वर्षको सिजन सुरु भएसँगै मनाङमा हालसम्म १४९ बाह्य पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) को तथ्याङ्कले देखाएको छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार चार सय बाह्य पर्यटक भित्रिएको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ ।
अन्तरमाध्यमिक विद्यालयस्तरीय महिला फुटबल सुरु
महिला फुटबलरको पहिचान बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा अन्तरमाध्यमिक विद्यालयस्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
बिपीको सिद्धान्त भुल्नहुँदैन : अध्यक्ष वाग्ले
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई अवसरको खाँचो
अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि उत्पादनमा जोडिन नसकेको गुनासो गरेका छन् । तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाएर रोजगारीसँग जोडी आत्मनिर्भर बनाउने भने पनि व्यवहारमा त्यस्तो नहुनेगरेको उहाँहरूको गुनासो छ ।
माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ ।
विकास र समृद्धिको दिशामा प्रदेश सरकार छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास र समृद्धिको दिशामा प्रदेश सरकारले इमानदारीपूर्वक काम गरिरहेको बताउनुभएको छ ।
मुस्ताङको छोसेरका घर–घरमा खानेपानी धारा
खानेपानी सुविधाबाट वञ्चित मुस्ताङको लोमान्थाङ गाउँपालिकाको –१ र २ छेसेरका घर–घरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।
पोखरा विमानस्थलबाट पहिलो व्यावसायिक उडान
सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो ।
सम्झौता भएको दुुई वर्षपछि जोमसोम–कागबेनी सडक निर्माण सुरसार
ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुुरु भएको छ ।
‘शिक्षा, खानेपानी र बिजुली पहिलो प्राथमिकता’
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गण्डकी प्रदेश सरकारले प्रदेशको विकासमा ऐतिहासिक काम गर्ने बताउनुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता प्रदेशभरि शिक्षा, खानेपानी, बिजुली पु-याउने
सिस्नो खोस्ने भदौरे पर्व
बागलुङको ताराखोला गाउँपालिकाको तारागाउँका मगर समुदायमा चार सय वर्षअघिदेखि मनाइँदै आएको परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा छ । मगर समाज ताराखोलाका अध्यक्ष झकबहादुर घर्तीमगरले यो पर्व मगर समुदायमा परम्परागत रूपमा पितृ उद्धारका लागि गरिने कुलपूजा भएको बताउनुभयो । यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजा गरिने उहाँले बताउनुभयो । मगर समुदायभित्रको पुरानो मौलिक संस्कृतिका रूपमा मनाइँदै आएको पर्वलाई युवा पुस्ताले पनि साथ दिएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड शनिबार गोरखा आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २३ गते गोरखा आउनुहुने भएको छ । नेकपा (माओबादी केन्द्र) ले सुरु गरेको दश बर्षे जनयुद्धका शहिद शुरेस वाग्ले र भीमसेन पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा आउन लाग्नुभएको हो ।
तामाकाे तार चाेरी आराेपमा दुई जना पक्राउ
गोरखकाली रबर उद्योगमा चोरी आराेपमा जना पक्राउ परेका छन् ।
मिटरब्याज पीडितहरुको मिनाहा हुन थाल्यो रकम
नवलपुरमा मिटरब्याज र ढुकुटी पीडितले आफ्नो गुमेको रकम फिर्ता पाउन थालेका छन् ।
ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या
असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् ।
हेलिप्याडको सफल परीक्षण
पोखरा एयरपोर्ट पछाडि गण्डकीकै सबैभन्दा ठुलो अर्जुन चौपारीमा १ बजारमा निर्माण गरिएको हेलिप्याडमा हेलिकोप्टर सफल परिक्षण गरिएको छ ।