अवरुद्ध आरुघाट माछाखोला सडक १५ दिनपछि सञ्चालनमा
उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ खानेवेसी नजिकैको भीरमा गएको पहिरोले अवरुद्ध भएको आरुघाट माछाखोला सडक सञ्चालनमा आएको छ ।
कांग्रेस नवलपरासीका संस्थापक सभापतिको निधन
नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवम् प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको गएराति निधन भएको छ ।
आयुर्वेद उपचारमा सेवाग्राहीको आकर्षण बढ्दो
पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण
तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
सडक सञ्जालले खोसिएको रोजगारी
लमजुङको बेँसी सहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङ मानिएको थोराङ्ला पाँच हजार चार सय १६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ ।
खण्डहर बन्दै समायोजनमा परेका विद्यालय
स्याङ्जाका गाउँ गाउँमा स्थापना गरिएका सामुदायिक विद्यालयमध्ये धेरै अहिले अस्तव्यस्त भएका छन्। विद्यार्थीको सङ्ख्या घट्न थालेपछि स्याङ्जा जिल्लामा छ दर्जन सामुदायिक विद्यालय छन्। गाउँका विद्यालय लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेका हुन्। जसले गर्दा सरकारले विद्यालयको भौतिक संरचनामा खर्चेको करोडौँ रकम खेर गएको छ।
सरकारी छाप र दस्तखत किर्ते गर्ने तीन पक्राउ
सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तीन जनालाई पक्राउ गरेको छ ।
निर्णय कार्यान्वयनमा ढिलाइ
गत साउन १२ र १३ गते कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आर्थिक वर्ष ०७९/०८० वार्षिक समीक्षा बैठक बस्यो । उक्त बैठकले विभिन्न २१ वटा निर्णय गरेको थियो । तर भदौ महिना सकिनै लाग्दासम्म उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ
अवैध रूपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ भेसेटारस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
देशले नदेखेको नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
धानबालीमा सेतो झिँगाको प्रकोप
नवलपुरमा धान बालीमा सेतो झिँगाको प्रकोप देखिएको छ । सेतो झिँगाको प्रकोपले धान खेती पहेँलो हुँदा बोट नसप्रने र पछि उत्पादनमा कमी आउने हो कि भन्ने चिन्ता किसानमा थपिएको छ ।
पुरानै धारमा फर्काएर कागखोलामा अस्थायी पुल
गत साउनको अन्तिममा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागखोलामा बाढी आउँदा खोलाले धार परिवर्तन गर्दा ठुलो क्षति भएको थियो। खोलामा बाढी आएको झन्डै एक महिनामा कागखोलालाई पुरानै धारमा फर्काइएको छ। साउन २८ गते आएको बाढीले कागबेनी क्षेत्रमा निकै ठुलो भौतिक संरचनामा क्षति पु¥याएको थियो। खोलामा आएको बाढी बस्तीमा पसेर क्षति पु¥याएको थियो। अहिले कागखोलालाई पुरानै धारमा फर्काएर पुरानै ठाउँबाट बगिरहेको छ।
गोरखाका यातायात व्यवसायी विरोधमा
गोरखाका सबै सडकमा खुलेआम रातो प्लेटको गाडीले यात्रु बोक्न थालेपछि यातायात ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । आफनो ब्यक्तिगत प्रायोजनमा लिएका गाडीले धमाधम यात्रु बोक्न थालेपछि जिल्लामा रहेका यातायात व्यवसायीहरु विरोधमा उत्रेका हुन् ।
पश्चिम पृतना सैन्य आधार तालिमबाट ९३ जना सैनिक दीक्षित
पश्चिम पृतना हेडक्वाटरमा सञ्चालित सैन्यआधार तालिमबाट ९३ जना सैनिक दीक्षित भएका छन् । जसमा गण्डकी प्रदेशबाट ४२, बागमतीबाट १४, लुम्बिनीबाट २२ र कर्णालीबाट १५ जना रहेका छन् । यसैगरी पश्चिम पृतना हेडक्वाटरअन्तर्गत विभिन्न ८ वटा गणहरुमा गरी ६ सय ७५ जना दीक्षित भएका हुन् । उहाँहरु आजैबाट कार्यक्षेत्रमा प्रवेश गर्नुभएको छन् ।
चेपेखोला ‘ए’ जलविद्युत आयोजना अन्तिम चरणमा
चम्पबती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा निर्माण गरिरहेको ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरण पुगेको छ ।
बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध
पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरवाङ सडक खण्ड आइतबार दिउँसोदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।
आत्महत्या रोक्ने मुख्य उपाय सचेतना हो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाय सचेतना भएको बताउनुभएको छ ।
रेबिज विरुद्धको भ्याक्सिन अभाव
नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । भ्याक्सिन अभाव भएपछि अस्पतालमा आउने बिरामीहरूलाई समस्या परेको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नवलपुरको कावासोती १० स्थित रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
सात वटा मरेका गाईसहित दुई जना तस्कर प्रहरी नियन्त्रणमा
सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ ।
महिला फुटबलको उपाधि जनप्रियले जित्यो
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय माध्यमिक विद्यालयले दोस्रो दोभान कप खुल्ला छात्रा फुटबलको उपाधि हात पारेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसके पछि टाई ब्रेकरमा धकेलिएको खेलमा दरबाङकी गोलरक्षक अस्मिता परियारले उत्कृष्ट खेल प्रदर्शन गर्दा उपाधि हात पारेको हो ।
पहिरोले बगर बन्यो ताल
जलजला गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्वको आदीवराह मन्दिर नीलो तालमाथि तैरिएर बसे जस्तो देखिन्थ्यो। बाढीका कारण गेगरसहितको माटोले पुरिएर ताल अहिले बगर जस्तै बनेको छ। स्वच्छ, सफा तालले यहाँको सौन्दर्यलाई निकै बढाएको थियो। गाउँपालिका–२, मूल घडेरी भन्ने स्थानमा रहेको त्यही ताल भने बाढीका कारण बगर बन्दा स्थानीय चिन्तित बनेका छन्। ताल मात्र नभई त्यसमा रहेको वराह मन्दिरसमेत डुबानमा परेको छ।
सडक सञ्जालले खोसिएको रोजगारी
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भन्ज्याङ मानिएको थोराङ्ला पाँच हजार ४१६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ। चल्तीको यो पदमार्ग यति बेला भने सडक सञ्जालको चपेटामा परेको छ। सडक सञ्जाल पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् भने केहीमा सडक बनेको छ। पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग सात दिनमा पूरा हुने गरेको छ।
माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर
ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।