उज्यालो प्रदेशको अँध्यारो गाउँ
हिमालपारिको जिल्ला मनाङमा एक दर्जन हाराहारीमा लघुजलविद्युत् सञ्चालनमा छन् । यहाँ विद्युत् आपूर्तिमा समस्या आइरहन्छ । विद्युत्को समस्याले गर्दा उज्यालो गण्डकी प्रदेशको अभियानमा चुनौती थपिएको छ । उज्यालो प्रदेशको अँध्यारो गाउँ झिलिमिली बन्न सकेको छैन ।
सडक कालोपत्रे
यहाँको फेदीखोला गाउँपालिकाले साढे दुई किलोमिटर सडक कालोपत्रे गरेको छ । सङ्घीय सरकारसँग साझेदारीमा पालिकाले खड्केटारी–पन्चासे सडकको दुई किलोमिटर सडक कालोपत्रे गरेको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर लागेर एकको मृत्यु
स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गाउँपालिकाद्वारा स्याउ जफत
भदौ महिनाभर स्याउ टिप्न नपाइने भनेर गरिएको निर्णय कार्यान्वयन नभएको भन्दै घरपझोङ गाउँपालिकाले २५ केजी स्याउ जफत गरेको छ ।
कास्कीकोटमा भेटिए कृष्ण र राधा !
बिहीबार दिउँसो पोखरा-२४ कास्कीकोटको भारदारी चौतारीमा मानिस जम्मा हुन थाले। घर घरबाट दही ल्याएर भाडामा राखे। जम्मा भएर भजनकीर्तन थाले। कोही श्रीकृष्ण बने, कोही राधा।
दुर्घटनामा महिलाको मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा दुर्घटनामा परी बिहीबार दिउँसो ४ः१५ बजे एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डेंगु परीक्षण गर्ने किट अभाव
तनहुँस्थित सरकारी अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त मात्रामा किट नपठाएकोले अभाव भएको अस्पतालले जनाएको छ ।
गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा...
अव्यवस्थित तार र पोलबाट मुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो ।
तीजलाई भड्किलो नबनाउन आग्रह
हिन्दु नारीको महान् चाड हरितालिका तिजलाई खर्चिलो र तडकभडक गरेर नमनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना प्रकाशन गरी आग्रह गरेको छ ।
चाडपर्व लक्षित बजार अनुगमन
जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी तथा दाना क्षेत्रको बजार अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका अखाद्य सामग्रीहरु नष्ट गरिएको छ ।
लाखको आम्दानीलाई करोडमा पु-यायौँ
कास्कीको रूपा गाउँपालिका पोखरा महानगरसँगै जोडिएको छ । कास्कीका साबिक थुम्की, रूपाकोट र देउराली गाविसका सबै भूभाग र हंसपुरका वडा नं. ५ र ८ बाहेकका भूभाग मिलेर यो पालिका बनेको हो । कास्कीको द
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’
हरियाली जङ्गल, कलकल बगेको पानी । ठुलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रूप फेरिँदैछ ।
‘सबै जिल्लामा पुनस्र्थापना केन्द्र’
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले विभिन्न खालका हिंसामा परेका पीडितको संरक्षण, न्याय र पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ
गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।
हिमालको फेदमा गल्फको तयारी
पोखरेली गल्फर बलराम थापा भदौ अन्तिममा उपल्लो मुस्ताङ जाँदै हुनुहुन्छ । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा भदौ ३० बाट आयोजना गर्ने दोस्रो गल्फ च्यालेन्जमा सहभागी हुन उहाँ जान लाग्नुभएको हो ।
मौलिक संस्कृति संरक्षणमा जोड
कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।
कृष्ण जन्माष्टमीमा भजनसहितको रथयात्रा
हिन्दू धर्मावलम्बीको पवित्र चाड कृष्णाष्टमीको अवसर पारेर म्याग्दीको बेनीमा विद्यार्थीले भगवान् श्रीकृष्णको बाल रूपसहितको रथयात्रा निकालेका छन् ।
भाइरल ज्वरो र आँखा पाक्ने रोगको सङ्क्रमण बढ्यो
तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी क्लिनिकमा भिडभाड लागेको छ।
शिक्षामा सुधार गर्दै गाउँपालिका
पर्वतको जलजला गाउँपालिकाले विद्यालय सुधारका लागि वार्षिक कार्ययोजना बनाएर काम थालेको छ । वार्षिक कार्ययोजना अनुरूप विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरी शिक्षा क्षेत्र सुधार योजना बनाएको हो ।
व्यक्तिगत घटना दर्ता घरबाटै
गोरखाको भीमसेन थापा गाउँपालिकाले नागरिकका व्यक्तिगत घटना दर्ता घरैबाट गर्न सक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
उज्यालो पोखरा बनाउन दुई हजार स्मार्ट बत्ती जडान
पर्यटकीय नगर पोखराका मुख्य सडकलाई उज्यालो बनाउन दुई हजारभन्दा बढी बत्ती जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा एक÷एक हाइमस्ट लाइट जडान गरिएको हो । सभागृह चोकदेखि चिप्लेढुङ्गा, पुरानो एयरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अन्तर्गत नेपाल विद्युत् प्राधिकरण र महानगरको आधा आधा साझेदारीमा हाइमस्ट र स्मार्ट सडक बत्ती राखिएका हु
धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक: प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताउनुुभएको छ ।
नवलपुरका तीन ठाउँमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन जडान गरिने
नारायणघाट–बुटवल सडक खण्डको नवलपुरमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन जडान गरिने भएको छ ।
जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
नवलपुर जिल्लामा जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो ।