नवलपुरमा बसपार्क निर्माण कार्यले गति लिन सकेन
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको आठ वर्ष बितिसके पनि बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाहरुले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारी साधन सडकमै राख्नुपर्ने अवस्था छ ।
रत्न मन्दिर गणतन्त्र दिवसमा खुल्ने
पोखराको रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते खुल्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेकसाइडस्थित रत्नमन्दिरको अवलोकन गर्नुहुँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मन्दिर परिसर खुला गर्ने जानकारी दिनुभयो ।
साकार भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना
स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३औँ पटकको प्रयास पनि असफल भएको छ ।
सुत्केरी, अशक्त र अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा
तनहुँको बन्दीपुर गाउँपालिका सुत्केरी, अशक्त तथा अपाङ्गता भएकाले स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स पाउने भएका छन् । स्वास्थ्य सूचकाङ्क सुधारका लागि यो सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुदानमा माछाको भुरा पाएपछि कृषक खुसी
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा माछाका भुरा प्रदान गरेपछि व्यावसायिक माछा पालक कृषक खुसी भएका छन् ।
कृषकलाई धानको बीउ वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।
करोडौँका स्वास्थ्य सामग्री अलपत्र : पर्याप्त जनशक्ति नहुँदा असहज
पर्वतको कुस्मामा रहेको पर्वत अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा रहेका करोडौँ मूल्यका स्वास्थ्य सामग्रीसमेत प्रयोगविहीन बनेका छन्। १५ शय्या क्षमताको अस्पतालमा पुरानो दरबन्दी अनुसारका स्वास्थ्यकर्मीसमेत नहुँदा सामान्य रोगका बिरामीसमेत बाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ। अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर, आइसियु सञ्चालन गर्नसमेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुक्मिना अधिकारीले बताउनुभयो।
जग्गाको कित्ताकाट खुल्याे
स्याङ्जाको वालिङ नगरपालिकाले आंशिक रूपमा जग्गाको कित्ताकाट सुरु गरेको छ । राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरू, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुन लागेको हो ।
६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल
मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धौलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् ।
लोपोन्मुख समुदायको संस्कृति संरक्षणमा 'लाठीनाच'
पछिल्लो समय पूर्वी नवलपरासीको थारु समुदायका युवाको 'लाठीनाच' राम्रो आम्दानीको स्रोत बनेको छ ।
आँबुखैरेनी अस्पतालमा आँखा उपचार सेवा सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा आँखा उपचारको लागि सहज भएको छ । गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएसँगै उपचारको लागि सहज भएको हो ।
कालोपत्रे गरेको एक महिना नबित्दै भत्कियो सडक
हरिनास गाउँपालिकामा सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किन थालेको छ ।
पूर्वी नवलपरासीमा लगभग शून्य अपराधिक घटना
जिल्ला प्रहरी कार्यालय नवलपुरमा अपराधिक घटनामा कमी भएको पाइएको छ । ठगी, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा सङ्कलन, सरकारी छाप दस्तखत कीर्ते, सङ्गठित अपराध र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा जस्ता सङ्गठित अपराध पूर्वी नवलपरासी (नवलपुर) मा लगभग शून्यको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै
कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ ।
जहाज दुर्घटनाको पीडा न लास, न मृत्यु दर्ता
पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ महिना भएको छ । दुर्घटनामा आफन्त गुमाएकाहरूको पीडा भने अझै दर्दनाक छ । दुर्घटना भएको लामो समयसम्म आफन्तको शव नपाउनु त छँदै छ, मृत्यु दर्तासमेत नहुँदा परिवारमा मानसिक तनाव बढेको छ ।
योजना तर्जुमाको तयारी
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमाको तयारीमा जुटेको छ । महानगरले विभिन्न वडा समुदायसँग बैठक तथा अन्तव्रिर्mया गरी आर्थिक वर्षको योजनाको तयारीमा लागेको हो ।
निःशुल्क पुस्तकले बढे विद्यार्थी
केही वर्षयता नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पुस्तक निःशुल्क हुँदा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ ।
अर्जुन चौपारीमा नमुना युवा गाउँ सभा कार्यक्रम
अर्जुन चौपारी गाउँपालिका –१ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ ।
तनहुँमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जना भारतीय नागरिक रहेका छन् ।
मुस्ताङ घुम्न सिएनएनको सिफारिस
विश्वमा उत्कृष्ट क्षेत्रमध्ये नेपालको मुस्ताङ पनि रहेको अमेरिका समाचार संस्था (सिएनएन)ले जनाएको छ । सिएनएनको रिर्पोट अनुसार २०२३ मा दक्षिण एसियामा घुम्नै पर्ने २३ गन्तव्यभित्र मुस्ताङलाई समेटेको छ ।
डुङ्गा डुब्दा दम्पत्तीको ज्यान गयो
नारायणी नदीमा डुबेर एक दम्पतीको ज्यान गएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा –२ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उहाँको श्रीमती ४५ वर्षीय बगरी बोटेको ज्यान गएको हो ।
किरातेश्वर कन्स्ट्रक्सनलाई दैनिक ३२ हजार जरिवाना
अर्जुन चौपारी गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौँलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको छ ।
एकै रात पाँच घरमा चोरी
स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ । आइतबार राति गल्याङ नगरपालिका –३ का पाँच घरबाट नगद, सुनचाँदी, लत्ताकपडा लगायतका सामग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।