रासायनिक मलको चरम अभाव झेल्दै कृषक
तनहुँ, लमजुङ र गोरखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नु पर्ने भएको छ । तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा अभाव हुने भएको हो ।
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
पदयात्राका लागि उत्कृष्ट मौरिस हर्जोग ट्रेक
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर पुग्न मौरिस हर्जोग ट्रेकको विकास गरिएको छ । पदयात्राका लागि सुरक्षित र छोटो समयमा आधार शिविरमा पुग्ने पदमार्ग हो ।
कालीगण्डकीमा तयार भयो बेलिब्रिज
म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ। बेनी नगरपालिका वडा नम्बर–८, कालीपुलदेखि बगरफाँट बस्तीलाई जोड्न गत फागुन १७ गते कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको थियो। बेलिब्रिजका लागि नदी किनारको वारिपारि पक्की वाल निर्माण गरिएको छ।
हावाहुरीले कृषि बालीमा क्षति
हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु¥याएपछि कृषक चिन्तित भएका छन्। पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
पोखरामा बाेलाइएकाे मुख्यमन्त्रीहरुको भेला स्थगित
पोखरामा बिहीबार हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला स्थगित भएको छ । गण्डकी प्रदेश सरकारले सो भेलाको तयारी गरिरहँदा अन्तिम समयमा मंगलबार सूचना जारी गर्दै स्थगित भएको जनाएको हो ।
बूढीगण्डकी आयोजनाको शिलान्यास छिट्टै हुनेछ : गण्डकी गाउँपालिका अध्यक्ष
गोरखाको साबिकको फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ गरी छ गाउँ विकास समितिलाई एकीकृत गरी स्थापना भएको गण्डकी गाउँपालिका प्राकृतिक रुपमा विविधता पूर्ण रहेको छ ।
हुप्सेकोटमा पुग्यो बिजुली
नवलपरासीको हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा पुगेको छ । वडामा पहिलो पटक विद्धुत सेवा पुगेपछि स्थानीय खुसी छन् ।
बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला
दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका –९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
बन्यो चेपाङ सङ्ग्रहालय
गोरखाको शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ ।
मनमोहक पञ्चकुण्ड ताल
पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ स्थित चार हजार १९० मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो। गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो।
तेस्रो पटक म्याद थपिदिन माग
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न माग गरिएको छ। कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तेस्रो पटक म्याद थपिदिन माग गरेको हो। पूर्व पश्चिम नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताउनुभयो।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हावाहुरीले कागती खेती नष्ट
केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो ।
संसदीय बैठक प्रणाली सम्बन्धी तालिम
वालिङ नगरपालिकाका जनप्रतिनिधिहरूलाई संसदीय बैठक प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । वालिङ जेसीजको आयोजनामा जनप्रतिनिधिहरूलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा प्रशिक्षण गराइएको हो।
मर्स्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन बढ्न थाल्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न थालेको छ । हाल वर्षा हुन थालेपछि उत्पादन बढेको तर पूर्ण क्षमतामा भने उत्पादन हुन नसकेको केन्द्रले जनाएको छ ।
तीन महिनामा तयार भयो कालीगण्डकीमा बेलिब्रिज
म्याग्दीको सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडाको बगरफाँट बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ ।
पर्यटक लोभ्याउने फुतफुते झरनाको सुन्दरता (फोटो फिचर)
निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरिपरि सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउँछ ।
व्यास पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने निर्णय सच्चाउन माग
प्रेस सेन्टर, नेपालले सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ ।
मौरिस हर्गोज पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।
पर्यटकीय गन्तव्य बन्दै हिमताल
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । यो ताल अन्नपूर्ण र नीलगिरि हिमालको काखमा पर्दछ । समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको तालको एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइ रहेको छ ।
बेनी-जोमसोम सडक खुल्यो
शनिबार राति परेको वर्षाका कारण विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आजबाट खुलेको छ ।