पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र
साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन ।
विपन्न घर परिवारलाई कुखुराको खोर वितरण
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गरिब तथा विपन्न घर परिवारलाई कुखुराको खोर वितरण गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आयआर्जनमा टेवा दिने उद्देश्यले मध्यविन्दु नगरपालिका –१ स्थित नवज्योति कृषक समूहका विपन्न २० घर परिवारलाई खोर वितरण गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।
पशुमा पूर्ण खोप लगाइँदै
तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ ।
तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा
गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो ।
पलायन हुँदै किसान
बेनी नगरपालिका–१, रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो। एक वर्षयता गोठ रित्तो छ। करिब दुई करोड रुपियाँ लगानी गरेर भैँसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनील श्रेष्ठको गोठ रित्तो छ। भुवानेका सात/आठ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गर्नुभएको थियो। श्रेष्ठले निर्माण गरेको पूर्वाधार यतिखेर अलपत्र अवस्थामा छ। भैँसीपालन व्यवसायबाट जग्गाको भाडासमेत भुक्तानी गर्न नसकेपछि श्रेष्ठले व्यवसाय नै छाड्नुप¥यो।
सिमसार क्षेत्रमा घरघडेरी
आजकल फेवातालको छेउछाउमा चराचुरुङ्गी कम देखिन थालेका छन्। टाढाबाट उड्दै आउने चरा र तिनको आवाज मानवीय अतिक्रमणको चपेटाले खाइदिएको छ। सिमसार क्षेत्रमा बढ्दो अतिक्रमणले गर्दा जलचर तथा चराचुरुङ्गीको बासस्थानसमेत हराउन थालेको छ।
बचतकर्ताद्वारा रकम फिर्ता गर्न माग
सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
विकसित राष्ट्र गणतन्त्रको कार्यभारः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।
सहमति , सहकार्य र एकता, आवश्यकः प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपीपलका चौतारा, भत्किए प्रतीक्षालय
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपीपलका चौतारा तथा यात्रु प्रतीक्षालय मासिएका छन् ।
बाँदर आतङ्क रोक्न आन्दोलन
बाँदर आतङ्कबाट पीडित तनहुँका किसान आन्दोलनमा उत्रिएका छन्। प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँको आयोजनामा शनिबार दमौलीमा बाँदर आतङ्क बन्द गर्नुपर्ने माग राख्दै आम सभा गरिएको छ। खेतबारीमा लगाएको अन्नबाली, तरकारी र फलफूल बाँदरले सखाप पारेपछि किसान पीडित भएका हुन्। बाँदरले गर्दा पेसाबाट विस्थापित हुनु परेको र मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको भन्दै किसान आन्दोलित भएका हुन्।
उत्पादकत्व, उद्यमशीलता र रोजगारीमा जोड
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुव्रmबारदेखि सुरु भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गर्नुभएको हो। प्रदेश सभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्नुभएको छ।
कालीगण्डकी कोरिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ ।
जङ्गली च्याउ खाँदा एक घरका तीन बिरामी
तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका –५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उहाँको श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उहाँको छोरा वर्ष ३२ को थमन गुरुङ बिरामी हुनु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिनुभयो ।
पोखरा महानगरका जनप्रतिनिधिको एक वर्ष , महत्त्वपूर्ण काम थालनी
पोखरा महानगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य निर्वाचित हुनुभयो। उहाँले पोखराको १६ औँ प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पुगेको छ।
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ ।
वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि
पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।
बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।
उद्यमी बनाउन बेकरी तालिम
हिमाली जिल्ला म्याग्दीको पश्चिममा पर्ने मालिका गाउँपालिकाको केन्द्र दरवाङमा स्थानीय जनतालाई उद्यमी बनाउन बेकरी तालिम सुरु भएको छ । मालिका गाउँपालिका –६, दरबाङमा उद्यमशीलताका लागि स्वरोजगारमूलक तालिम सुरु भएको हो ।
ब्युँतिएला गोरखकाली रबर उद्योग
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।
फरार ठेकेदार खोजिदिन आग्रह
पुल अलपत्र पारेर तीन वर्षदेखि बेपत्ता ठेकेदारको अहिले खोजी सुरु भएको छ । १० करोडको लागतमा निर्माण हुन लागेको नवलपरासीको कावासोती नगरपालिकाको केरुङ्गे खोलाको पक्की पुल निर्माण सम्पन्न नगरी ठेकेदार फरार भएका हुन् । नगरपालिकाको केरुङ्गे खोलाको पुलले वडा नं. ३, ४ र ५ जोड्ने गर्छ । कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीले नगरपालिकाले ठेकेदारको खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदनसमेत दिएको बताउनुभयो ।
अनलाइनबाट नाबालिकालाई शोषण गर्ने पक्राउ
सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित
तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपालि त बालीनाली राम्रो हुने आशा जागेको बताउनुभयो ।
अन्नपूर्णलाई आठ करोड बढी रोयल्टी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट आठ करोड रुपियाँ भन्दा बढी रोयल्टी प्राप्त गर्ने भएको छ । जलविद्युत र पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको अन्नपूर्णले यस वर्ष आठ करोड ७८ हजार रुपियाँ रोयल्टीबापतको रकम पाउने भएको हो ।