छाक र गप जोड्ने झलुङ्गे पुल निर्माण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ छाक र गप जोड्ने गप्सा खोलामाथि २४७ मिटर लामो झलुङ्गे पुल निर्माण समपन्न भएको छ ।
पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्
लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन ।
पर्यटक पर्खिरहेको ‘भाले बास्ने’ ताल
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित ऐतिहासिक ताल मालिका र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित ताल पर्यटक पर्खिरहेको छ । मालिका गाउँपालिकाले तालसम्म पुग्ने पदमार्गसहित पूर्वाधार निर्माण गरेको छ भने स्थानीय दुखुबेँसीबासी यो तालको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् ।
विपन्न परिवारलाई विद्युतीय चुलो
बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखराले विपन्न नागरिकलाई विद्युतीय चुलो वितरण गरेको छ । भीमापोखराले चालु आर्थिक वर्ष २०८१–८२ मा वडाले पछि परेको समुदायका तीनसय विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गरेको हो ।
बागलुङको अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना
बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए ।
दुई करोड लगानीमा हाडिकोटमा पर्यटकीय पूर्वाधार निर्माण
पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको जैमिनी नगरपालिका १० राङखानीको हाडिकोट टापुमा २ करोड बढी लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।
नौ वर्षपछि फेरि पुल शिलान्यास
मनाङका नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन वटा पक्की मोटरेबल पुल नौ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका थिए ।
निःशुल्क आँखा शिविरबाट सात सय जना लाभान्वित
मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् ।
पानी परे पनि घटेन आगलागी
एक हप्तादेखि दिनहुँ वर्षा भइरहे पनि स्याङ्जामा आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
कारागार व्यवस्थापनमा समस्या
जिल्ला कारागार तनहुँमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको काममा समस्या भएको छ ।
कालीगण्डकी नदीमा झोलुङ्गेपुल
मुस्ताङ, वैशाख २५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ पुलचोक र वडा नं ५ ठिनी, ढुम्बागाउँ जोड्न कालीगण्डकी नदीमा निर्माण गरीएको झोलुङ्गे पुल मोटरसाइकल मार्फत पार गर्दै विदेशी पर्यटक । पर्यटकीयस्थल ढुम्बा ताल पुगेर फर्किने पर्यटक र स्थानीयहरु दैनिक यही पुलबाट आउजाउ गर्ने गर्छन् । तस्बिरः रासस
दोबा गाउँका चार सय घरधुरीमा खानेपानी सुविधा पुग्यो
शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको हो । घरघरमा खानेपानीको धारा जडान गरी पानी आउन थालेपछि स्थानीयहरू खुसी भएका छन् ।
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।
अर्जुनचौपारी फुटबल कपको तयारी
अर्जुनचौपारी गाउँपालिकामा प्रथम अर्जुनचौपारी फुटबल कप–२०८२ को तयारी गरिएको छ ।
प्रदेश अस्पतालमा शल्यक्रिया सेवा बन्द
प्रदेश अस्पताल दमौलीमा प्रसूति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँमा पुर्याउनु पर्ने बाध्यता भएको हाे ।
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।
राष्ट्रिय फुटबल टोलीलाई मनाङमा स्वागत
अभ्यास खेलका लागि मनाङ आएको पुरुष राष्ट्रिय फुटबल टोलीलाई मनाङमा औपचारिक स्वागत गरिएको छ ।
चेपे नदीमा पुल बनेपछि आवतजावतमा सहज
लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ ।
चापाकोटमा डिप बोरिङबाट सिँचाइ
चापाकोट नगरपालिका–९ पाकरीमा सिँचाइका लागि डिप बोरिङ निर्माणलाई तिब्र पारिएको छ । डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रका दुई सय रोपनी क्षेत्रफल सिँचाइका लागि सहज हुने र कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।
ताल गाउँको संरक्षण र विकासका लागि प्रदेश सरकारको सहकार्य
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नासोँ गाउँपालिका–१ ताल गाउँको स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकनका क्रममा उहाँले स्थानीयसँग ताल गाउँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु
ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।
राधाकृष्ण मन्दिरबाट बिरुवाटार जाने सडक कालोपत्रे सुरु
गण्डकी प्रदेशको औद्योगिक क्षेत्रको रूपमा प्रख्यात गोरखाको पालुङटार नगरपालिकाको कार्यालयदेखि बिरुवाटार जोड्ने सडक कालोपत्रे सुरु भएको छ । पालुङटार नगरपालिका–५ राधाकृष्ण मन्दिरदेखि बिरुवाटारसम्म १० किलो मिटर सडक कालो पत्रे सुरु भएको हो ।
अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाउने तयारी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाउने तयारी गरिएको छ ।