पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।
काठेखोला गाउँपालिकाको घर भाडामै ६० लाख खर्च
बागलुङ, वैशाख २९ गते । यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ । लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताउनुभयो । “जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ”, भण्डारीले भन्नुभयो, “गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।” गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो । नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताउनुभयो । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन ।त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो ।
धौलागिरिको शिखरमा एकैपटक पुगे १३ आरोही
म्याग्दीको धलागिरि गाउँपालिका ४ स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकैपटक १३ आरोही पुगेका छन्।
प्रदेश सभाको अधिवेशन आह्वान
बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गरिएको छ। आगामी जेठ ५ गते सोमबारका लागि अधिवेशन आह्वान गरिएको हो।
विधान र व्यवस्थालाई दोष दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुनै व्यक्ति र दलले गरेको गल्तीका कारण संविधान र व्यवस्थालाई दोष दिन नहुने बताउनुभएको छ ।
म्याग्दी जिल्ला पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
म्याग्दी जिल्लाभित्रका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता र दिगोपना घोषण भएसँगै आइतबार म्याग्दी जिल्लालाई नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ।
आमाको निधनपछि लालाबालाको बिचल्ली
चुहिने जस्ताले छाएको पुरानो ढल्केको घर छ । खरको चुहिने पालीमा त्रिपालको भरमा । सात छोरी र चार छोरासहित एघार सन्तानकी आमाको निधन भएपछि विहान बेलुका छाक टार्नै मुस्किलमा छन् सहाराविनाका बालबालिका ।
बसपार्क बन्यो तर उपयोग भएन
पर्वत सदरमुकाम कुश्मामा रहेको अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएको लामो समयसम्म उपयोग हुन सकेको छैन । उपयोगविहीन भएसँगै सुविधा सम्पन्न बसपार्क जीर्ण बन्दै गएको छ ।
ट्रयाक खुलेको दुई दशकपछि गणेशघुम्ती–निरयघाट सडक कालोपत्र
बागलुङ नगरपालिका १ को गणेशघुम्तीदेखि निरयघाट जोड्ने एक किलोमिटर ६ सय मिटर सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ ।
मध्यपहाडी लोकमार्गको ग्याग्दी खोलाकाे पुल निर्माणमा ढिलाइ
पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार सडक खण्डमा पर्ने ग्याग्दी खोलामा पुल निर्माण कार्य ढिलाइ भएको छ ।
जमेको बरफ पग्लिएन तिलिचो
मनाङ, वैशाख २८ गते । मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको छ । तस्बिरः रासस
प्राचीनता र मौलिकताको संरक्षण
तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरको प्राचीनता र मौलिकतालाई जगेर्ना गर्ने काम अघि बढाइएको छ । यसका लागि बन्दीपुर गाउँपालिकाद्वारा बन्दीपुर नगरीलाई ‘संरक्षित क्षेत्र’ घोषणा गरिएको छ । संरक्षित क्षेत्रमा आधुनिक घर बनाउन, होर्डिङ बोर्ड राख्न प्रतिबन्ध लगाइएको छ भने मठमन्दिर तथा पुराना परम्परागत घरको संरक्षण तथा संवर्धन गरिएको छ ।
पोखराबाट अन्य सहरमा उडान गर्न पहल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवाप्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीबिच सो विषयमा छलफल भएको हो ।
स्याउको बगैँचा बनाउने योजना
निसीखोला गाउँपालिका–५ को निसेलढोर कृषि उत्पादनका लागि उर्वर भूमिका साथै प्राकृतिक रूपले मनमोहक उपत्यका हो । पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको निसेलढोरमा अत्यधिक जाडो बढेपछि यहाँका बासिन्दा बेँसी अर्थात् निसी झर्छन् । अन्य समय निसेलढोरमै बसेर आलुखेती गर्छन् ।
‘आमनागरिकको पहुँचमा रहेर काम गरेका छौँ’
पोखरा गण्डकी प्रदेशको राजधानी मात्र नभई मुलुकको प्रमुख पर्यटकीय स्थल पनि हो ।
पर्यटन व्यवसायमा उत्साह
लामो प्रतीक्षापछि निर्माण भएको पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु भएपछि पोखरेली जनतामा पोखराबाटै अन्तर्राष्ट्रिय उडान हुने आशा पलाएको छ ।
जलविद्युतमा समृद्ध गण्डकी
जलस्रोतका क्षेत्रमा गण्डकी प्रदेश निकै सम्पन्न भएका कारण आर्थिक विकास र समृद्धिको आधार जलस्रोतलाई मान्न सकिन्छ ।
त्रिवेणी–कोरला त्रिदेशीय नाका
मुलुक प्रादेशिक संरचनामा जाने क्रममा नवलपरासीको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा परेको थियो ।
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो ।
समृद्धिको आधार पर्यटन
तराईको नवलपुरको त्रिवेणी सुस्तादेखि हिमालको धवलागिरि हिमाल (८१६७ मिटर) सम्म फैलिएको गण्डकी प्रदेश प्राकृतिक विविधतापूर्ण छ । साबिक धवलागिरि अञ्चलका चार जिल्ला, गण्डकी अञ्चलका छ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्तापूर्वको क्षेत्र समेटेर बनेको प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन हो । ऊर्जा, कृषि, उद्योग र व्यवसायका सम्भावना पनि यो प्रदेशमा छन् । पर्यटनको राजधानी सहर पोखरा महानगर प्रदेशको राजधानी सहरसमेत हो । राष्ट्रिय जनगणना २०७८ बमोजिम यो प्र
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण
गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् ।
होमस्टेको ‘हब’ बन्दै लमजुङ
सार्क राष्ट्रकै नमुना पर्यटकीय गाउँका रूपमा विख्यात लमजुङको घलेगाउँ पुग्दा मुग्ध नहुने कोही नहोला ।
धार्मिक पर्यटनमा अग्रणी
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक रूपले अत्यन्त महत्वपूर्ण गण्डकी प्रदेशका ११ जिल्लामा सुन्दर, शान्त र रमणीय स्थलहरू छन् ।
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
लमजुङ, वैशाख२८ गते । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मस्र्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ । जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख, आठ हजार ९२५.९० युनिट बिजुली बिक्री भएको छ । सोबाट रु १९ करोड ५३ लाख ५४ हजार उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।सोमध्ये मस्र्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४० दशमलव २७, अपर खुदी २१ दशमलव २१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ आयोजनाबाट १३ दशमलव ४२४, १२ दशमलव छ मेगाावट क्षमताको लोयर न्यादी, छ दशमलव ८२ मेगावाट क्षमताको हिदीखोला, चार दशमलव आठ मेगावाट क्षमताको मिडिल मिदिम, दुई मेगावाट क्षमताको चेपेखोला क्यास्केड, एक दशमलव छ मेगावाटको लोदोखोला साना आयोजना र शून्य दशमलव ९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुडमा दुई हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ । रासस