मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने
यहाँस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
मुस्ताङमा हाइ अल्टिच्युड उपचार केन्द्र बन्ने
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ),वैशाख २२ गते । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी उच्च हिमाली क्षेत्रका कारण लेक लाग्ने (उच्च उचाइ रोग) केन्द्र थप गर्ने बताउनुभएको छ । मुस्ताङका पाँच वटै गाउँपालिकामा रहेका स्वास्थ्य क्षेत्रको निरीक्षणका लागि मुस्ताङ पुगेर फर्किनुभएका मन्त्री पाठकले बर्सेनि लेक लागेर ज्यान गुमाउने पर्यटकको सङ्ख्या बढ्न थालेपछि म्याग्दीसँग सिमाना जोडिएको थासाङ गाउँपालिका–४,घाँसामा र जोमसोम विमानस्थलमा हेल्थ डेस्कमार्फत स्वास्थ्य परीक्षण गरी स्वास्थ्य अवस्था अनुसार भ्रमणको सुझाव दिनुपर्ने बताउनुभयो । प्रादेशिक अस्पताल जोमसोम र उपल्लो मुस्ताङमा आधुनिक उपकरण सहितको हाइ अल्टिच्युड’ उपचार केन्द्र थप गर्ने, हरेक स्वास्थ्य चौकीमा लेक लागेको अवस्थामा उपचारका लागि आवश्यक उपकरणहरू जडान गर्नुपर्ने बताउनुभयो । मन्त्री पाठक भन्नुहुन्छ,‘‘स्वास्थ्य पर्यटनसँग मुस्ताङलाई जोड्न पनि पर्यटकको आगमनलाई सुरक्षित बनाउनुपर्छ,जटिल रोगबाट ग्रसित पर्यटकलाई माथिल्लो क्षेत्रको यात्रा नगर्न सुझाव दिनुपर्छ ।’’तीन दिन मुस्ताङमा रहेका स्वास्थ्य क्षेत्रको निरीक्षण गरी आइतबार फर्किनुभएका मन्त्री पाठकले मन्त्री पाठकले हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेका दुई वटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रको समेत निरीक्षण गर्नुभएको थियो। वारागुङ मुक्ति क्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्रको भवनका जनशक्ति र उपकरणको अभाव देखिएकाले आगामी आवको बजेटमा सम्बोधन गर्ने बताउनुभयो । दुवै केन्द्रलाई चालु आवमा ५० लाख गण्डकी प्रदेशबाट उपलब्ध गराइएको छ । मन्त्री पाठकले धेरै पर्यटक बोक्ने होडबाजीमा लागेका ट्राभल तथा ट्रेकिङ एजेन्सीले सिधै कोरला नाकामा लैजाने गरेको र पर्यटक बिरामी हुने समस्या देखिएको बताउँदै पोखराबाट एकै पटक उपल्लो मुस्ताङसम्म पर्यटक लैजाने एजेन्सीलाई समेत सचेत गराउने बताउनुभयो । मन्त्री पाठकले मुस्ताङको भ्रमणका क्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ सहित थासाङ, घरपझोङ, वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसँग लेक लागेर मृत्यु, बिरामी हुने समस्या समाधानका लागि गर्ने सकिने कार्यका साथै मुस्ताङलाई स्वास्थ्य पर्यटनसँग जोड्ने विषयमा समेत छलफल गर्नुभएको थियो । मन्त्री पाठकले जोमसोममा रहेको प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण, प्रदेश स्वास्थ्य कार्यालय,आयुर्वेद अस्पतालको स दुई वर्षको अवधिमा शरद र वसन्त ऋतुमा सडक र हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटक गरी मुस्ताङमा २८ जना पर्यटकले लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।
विद्यार्थी पन्यूले डामेपछि प्रिन्सिपललाई बर्खास्त
अमरराज नहर्कीतनहुँ, वैशाख २२ गते । तनहुँको भीमाद नगरपालिकाले वडा नम्बर–६ को भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णदेव श्रेष्ठलाई बर्खास्त गरेको छ । बालमैत्री वातावरणमा पठन पाठन गर्न नसकेकोले बर्खास्त गरिएको नगरपालिकाले जनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने तीन बालकलाई करिब तीन महिना अघि शिक्षिकाले पन्यूले डामेपछि गठित छानबिन समितिको सिफारिसको आधारमा प्रिन्सिपललाई हालै हटाइएको भिमाद नगरपालिकाका प्रमुख दधिराध सुवेदीले जानकारी दिनुभयो । यातना दिने शिक्षिकाको तनहुँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकोले उनीहरूको बारेमा निर्णय नगरिएको सुवेदीले बताउनुभयो । नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘बालमैत्री वातावरण बनाउन प्रिन्सिपलले नसकेकोले शिक्षकबाट विद्यार्थीले यातना पाएको छानबिन समितिले जनाएकोले कारबाही गरेका हौँ ।’ विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न नगरपालिकाद्धारा उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधी सहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो । शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन बालकलाई पन्यूले डामेपछि सख्त घाइते भएका थिए । माघ २९ गते तातो पन्युले डामे पछि तीनै जना घाइते हुनु भएको थियो । सो घटनाकी आरोपित शिक्षिका श्रेष्ठलाई प्रहरीले माघ ३० गते बिहान गिरफ्तार गरेको थियो । यातना दिने शिक्षिका श्रेष्ठ धरौटीमा रिहा हुनु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार शिक्षिका श्रेष्ठ एक लाख २० हजार रुपियाँ धरौटीमा रिहा हुनु भएको हो । पन्यु तताउन सहयोग गर्ने सोही विद्यालयमा कार्यरत कमला राना ६० हजार धरौटीमा बिहीबार रिहा हुनु भएको छ । विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै शिक्षिका श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्ययनरत तीन बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटनामा कक्षा ४ मा पढ्ने प्रमिस परियार लगायत तीन जना घाइते भएका थिए । बालकका हजुर बुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूको फोटो सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्नुभएको थियो । सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो ।
पोखरा–मुग्लिन सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् ।
चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै
यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तरगत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।
वन्यजन्तुका लागि पानी पोखरी
वन्यजन्तुका लागि तनहुँमा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
गण्डकी साहित्य चक्रीय मार्गको प्रस्ताव
राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुझाव दिनुभएको छ ।
बल बहादुरको रोदन, जलेको शरीरले अधुरो घर कसरी पुरा गर्ने
इस्मा गाउँपालिका–४ कोटकोटरी पुतली बजारका ४१ वर्षीय बल बहादुर दर्जीको आधा शरीर जलेर बेहाल छ । २०४३ सालमा घरमा आगो लागेपछि बल बहादुर उम्कनै पाउनु भएन ।
माछा मार्ने क्रममा कुमालको मृत्यु
गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोरखा नगरपालिका – १० छेपेटारका ६० वर्षीय लक्ष्मण कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिनुभयो ।
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
म्याग्दी, वैशाख २२ गते । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । गत असार महिनामा रु. एघार करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलब पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँहुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको रेशमबहादुुर जुग्जालीले बताउनभयो । जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु. चार करोड बजेट विनियोजन गरेर बहुुवर्षीय ठेक्का लगाउन रु. २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु. एक करोड ५० लाख मात्र विनियोजन भएको छ । सडकको शनिबार अनुगमन गर्नुभएका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिनुभयो । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताउनुभयो । धार्मिक पर्यटकीय स्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।
उत्कृष्ट उद्यमीलाई सम्मान
तनहुँको म्याग्दे गाउँपालिकाले ४० उद्यमीलाई उत्कृष्ट सम्मान प्रदान गरेको छ ।
पाँच करोड लगानीमा निर्मित अस्पताल भवन अलपत्र
नेपाल सरकारको एक पालिका एक अस्पताल नीति अनुसार निर्माण भएको अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण भएको २ वर्ष बित्दा पनि सेवा भने अन्योल देखिएको छ ।
लायन्स कप भलिबल : पुलिस र इरानी टोली फाइनलमा
लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र इरानको टोली भिड्ने भएका छन् ।
मकै गोड्दै किसान
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ तल्लो दमेक वडा कार्यालय नजिकैको बारीमा एकोहोरो मकै गोड्दै स्थानीय महिला किसान । अहिले किसानलाई मकै गोड्ने चटारो छ ।
लमजुङ क्याम्पसमा तालाबन्दी
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन ।
म्याग्दे गाउँपालिकाद्वारा उत्कृष्ट चालिस उद्यमी घोषणा
तनहुँको म्याग्दे गाउँपालिकाले आइतबार उत्कृष्ट ४० घोषणा गर्दै सम्मान गरेको छ । म्याग्दे गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम सो सङ्ख्यामा छनोट गरी सम्मान गरिएको हो ।
ट्याक्टरको ठक्करबाट एक गम्भीर घाइते
स्याङ्जा कालिगण्डकीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।
कविको गाउँ समेटेर पर्यटकीय मार्ग बनाऔँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ।
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधा थप्न पुरातत्व विभागमा प्रस्ताव
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं १ मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने तिर्थालुलाई लक्षित गरी भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति मागेको छ ।
बेनी नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
बागलुङका भूमिहीनलाई निस्सा वितरणको तयारी
भूमि समस्या समाधान आयोग बागलुङले भूमिहीनलाई निस्सा वितरणको अन्तिम तयारी थालेको छ । आयोगले भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको अन्तिम तथ्याङ्क सङ्कलन र प्रमाणिकरणको काम गरिरहेको छ ।
सामुदायिक ध्यान केन्द्रका लागि प्रभुुचेलामा पूर्वाधार निर्माण
म्याग्दीको मालिका गाउँपालिका ७ स्थित प्रभुचेलाधुरीमा सामुदायिक ध्यान केन्द्र निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र समुदायको संयुक्त लगानीमा करिब एक करोड रुपियाँ खर्चिएर पर्यटकीय पूर्वाधार निर्माण गरी सामुदायिक ध्यानकेन्द्र बनाइएको हो ।
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रशित पुगेको छ ।