• २२ वैशाख २०८२, सोमबार

माछा मार्ने क्रममा कुमालको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, वैशाख २२ गते । गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोरखा नगरपालिका – १० छेपेटारका ६० वर्षीय लक्ष्मण कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार दिउँसो १२ बजे घरबाट निस्केर नजिकै रहेको दरौदी नदीमा माछा मार्दै गर्दा दरौदी नदीको किनारमा एक्कासि ढलेर बेहोस भएपछि दरौदी नदीमा रहेको अन्य स्थानीय र आफन्तले तत्कालै प्रदेश अस्पताल गोरखामा उपचार गर्न लगिएको उहाँले बताउनुभयो । 

गोरखा अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान २ बजे चिकित्सकले मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक घिमिरेको भनाई छ । 

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनास्थल गई उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।