अराजक अनलाइनहरु नियन्त्रण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु अराजक बनेको औंल्याउनुभएको छ ।
रविलाई अदालत लगियो, अभियोगपत्र दर्ता हुँदै
लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ६८ किलोमिटर कालोपत्र सम्पन्न
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डको काम धमाधम भइरहेको छ ।
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु गर्नुभएको चार वर्ष भएको छ ।
डेढगाउँ–झ्यालबास सडक खण्डको प्रगति सन्तोषजनक
गण्डकी प्रदेश सरकारको भारतसँग सीमा जोडिने कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।
‘एक वर्षभित्रै राहदानी नेपालमै छापिन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ ।
‘आर्थिक सुधारको योजना चाँडै’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ ।
बन्दीपुर गाउँपालिकामा श्रम रोजगार बैंक स्थापना
तनहुँको एक पालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बन्दीपुर गाउँपालिकाले स्थापना गरेको हो।
महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर
महिलाको विभिन्न रोगको विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले व्यास नगरपालिका–१ भादगाउँ, दमौलीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
पूर्व राष्ट्रपति भण्डारीद्वारा कुलदेवी मन्दिरको दर्शन
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शाह वंशको कुलदेवी मन्दिरको दर्शन गर्नुभएको छ । भण्डारीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ सटुकामा रहेको आलमदेवी मन्दिरको दर्शन गर्नुका साथै विशेष पूजा गर्नु भएको हो ।
हिउँविहीन हिमाल
म्याग्दी, पुस ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । तस्बिरः रासस
दुलेगौंडा– लामा गाउँ सडक बन्द
दुलेगौंडा– लामा गाउँ सडक शनिवार देखि बन्द गरिएको छ । स्तरोन्नतिको कामको लागि शुक्ल गण्डकी नगरपालिकाले बन्द गरेको हो ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवीमा पूजाआजा
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गर्नुभएको हो ।
गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा मास्के
गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबावु मास्के निर्विरा्ेध चयन हुनुभएको छ । गोरखा उद्योग बाणिज्य संघको ४९ औ बार्षिक साधारणसभा तथा १७ औ अधिबेशनमा मास्केको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो ।
जिबीसहित १९ जनालाई थप अभियोग, रविविरुद्ध आइतबारमात्रै
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण थपिएको जानकारी दिनुभयो ।
रक्त सञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना
नेपाल रेडक्रस सोसाइटी तनहुँले रक्त सञ्चार केन्द्रको दिगो रुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ ।
आगालागीबाट १५ लाख बराबरको क्षति
स्याङ्जाको भिरकोट नगरपालिका–१ मा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
अनलाइनबाटै नागरिकता सिफारिस
तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ ।
बाढी प्रभावित विद्यालयमा शैक्षिक सामग्री वितरण
असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्याएकाे मध्यविन्दु नगरपालिका–१५ को बालसिद्ध आधारभूत विद्यालयको मर्मत गरि अध्यापन सुरु गरिएको छ ।
धारिलो हतियार देखाई चोरी गर्ने तीन पक्राउ
पोखरामा हतियार देखाएर लुट्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१० औं राष्ट्रिय खेलकुद : खेलाडी दर्ता पुस ९ गतेसम्म
गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुस ९ गतेसम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उक्त जानकारी दिनुहुँदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने बताउनुभयो ।
पृथ्वीराजमार्ग विस्तार : पश्चिम खण्डको एक वर्ष म्याद थप
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ।
पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ ।