व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।
सहकारीको पैसाबाट रविलाई ‘मिडिया’ को सेयर
पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ
तनहुँको नौ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु
तनहुँका नौ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।
राप्रपा सभापति गैह्रेको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहनु भएका नेता गैह्रेको ६२ बर्षको उमेरमा मङ्गलबार राति निधन भएको उहाँका दाजु जगदिशप्रसाद गैह्रेले जानकारी दिनुभयो ।
सबै धर्मको सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सदभावयुक्त परम्परा रहेको बताउनुभएको छ ।
भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्य बनाउन महोत्सव
राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
ओझेलमा धार्मिक पर्यटकीय स्थल
पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बोकेको गजेन्द्रमोक्ष दिव्यधामको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ ।
वडास्तरबाट सेवा प्रदान
स्याङ्जाको गल्याङ नगरपालिकाले गाउँ गाउँमा पुगेर सेवा प्रदान गर्न थालेको छ ।
ज्यान जोखिममा राखेर पुल तर्नुपर्ने
गोरखाको गण्डकी गाउँपालिका–७ मा धौवादी र धादिङको बेनीघाट रोराङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य छन् ।
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर घाइते
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा दुई जनाको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सुनसान जोमसोम विमानस्थल
हिमालपारिको जिल्ला मुस्ताङको विमानस्थल सुनसान अवस्थामा । गत डिसेम्बर २ देखि मार्च १ सम्म करिब तीन महिनाका लागि बन्द गरिएको जोमसोम विमानस्थलमा अहिले कुनै पनि हवाई उडान भएको छैन ।
अर्जुन चौपारीमा नयाँ शिक्षा ऐन
अर्जुनचौपारी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक मध्येबाट मात्र अध्यक्ष हुन पाउने व्यवस्था गरिएको छ । मङ्गलबार १६ गाउँ सभाले शिक्षा ऐन २०७४ खारेज गर्दै बनाएको शिक्षा ऐन २०८१ मा सो कुरा समेटिएको हो ।
पोखरामा बेलुन महोत्सव सुरु (फोटो फिचर)
पर्यटकीय राजधानी पोखरामा मङ्गलबारबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुङ्गाको रुपमा स्थापित गर्न नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो ।
ट्रक दुर्घटनामा दुईको मृत्यु
ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । टोलमा परम्परागत घर नै छन् । तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि छन् ।
गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
आगामी पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा नेपाली सेनाले गोरखा–काठमाडौँ एकीकरण पदयात्रा गर्ने भएको छ ।
काममा लाग्यो चिनियाँ ठेकेदार कम्पनी
निर्धारित समयमा काम हुन नसक्दा सरकारले ठेकेदार कम्पनीसँग भएको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणगढ–बुटवल सडक विस्तारले थोरै आशा देखाएको छ ।
सैँतिस वर्षदेखि निरन्तर बलेको मूल दीप
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वर शिवालयमा पछिल्लो ३७ वर्षदेखि अखण्ड रूपमा दीप प्रज्वलित भइरहेको छ ।
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ ।
तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’
मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ ।
प्याज खेतीको तयारी गर्दै कृषक
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका –१५ गोडारमा सामूहिक रूपमा प्याज रोप्नका लागि जमिन तयारी गर्दै कृषक । स्थानीय ३० जना किसान मिलेर साढे दुई बिघा जमिनमा प्याज खेती गरेका छन् ।
सङ्घर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ
कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।