खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्ने : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताउनुुभएको छ ।
'प्रजातन्त्रको सौन्दर्य' र 'अविस्मृत विम्बहरू' लोकार्पण
पूर्वमन्त्री तथा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य अमरराज कैनीद्वारा लिखित दुई कृतिहरू लोकार्पण गरिएको छ ।
निर्माणाधीन राहुघाट विद्युतगृह
म्याग्दी, १पुस १४ गते । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरमार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह । तस्बिरः रासस
महोत्सवमा भानुको शालिक
दमाैली, पुस १४ गते । तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस
छैरो छहरा
मुस्ताङ,पुस १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा अवस्थित छैरो छहरा । सडकबाट करिब १० मिनेटमा पुग्न सकिने उक्त झरना पछिल्लो केही वर्ष यता पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । तस्बिरः रासस
बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै
बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
नयाँ वर्षको स्वागतमा सडकमै महोत्सव
पर्यटन राजधानी पोखरामा शनिबारबाट सडक महोत्सव सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरा सबै मौसमका लागि सुहाउँदो गन्तव्य भएको सन्देश दिन फेवाताल किनारमा महोत्सव आयोजना गरिएको हो ।
एक दशकमा पनि बनेन पुल
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि बन्न सकेको छैन ।
काम छाडेर पानी भर्न लाइनमा
जिल्लाको गल्याङ नगरपालिका–२ बटुवाबस्तीका बासिन्दाले काम छोडेरै पानीको लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता रहेको छ ।
स्तरोन्नति भएन बाहकोल–बुलिङटार सडक
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने बाहकोल–छरछरे–बुलिङटार सडक निर्माण सुरु भएको बर्सौं भयो तर अहिलेसम्म सडक निर्माण पूरा हुन सकेको छैन ।
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
नवलपरासी, पुस १४ गते । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उहाँले भन्नुभयो, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।“समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भन्नुभयो, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उहाँले बताउनुभयो । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ । सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताउनुभयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताउनुभयो । “गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उहाँले भन्नुभयो, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।
प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री
माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएकाे हाे ।
उराठिलो माछापुछ्रे र सिचुवानको जहाज
माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिरले पर्यटकीय क्षेत्र पोखरालाई थप परिचीत गरेको छ । यो तस्बिर कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् ।
सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रमका सहभागी
गण्डकी, पुस १३ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय स्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल । तस्बिरः रासस
राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।
पकेट क्षेत्र तोक्न नसक्दा बहुमूल्य जडीबुटी मासिने खतरा
पर्वतको जङ्गल क्षेत्रलाई पकेट क्षेत्र तोकेर संरक्षण उपयोगको नीति अवलम्बन गर्न नसक्दा वनजन्य बहुमूल्य जडीबुटी चोरीनिकासी भई मासिने खतरा रहेको छ ।
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।
अप्टिकल फाइबर विस्तार तीव्र
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सात वटै प्रदेशका ७५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी ई–गभर्नेन्सको अवधारणालाई मूर्त रूप दिन लागिएको बताउनुभएको छ ।
सम्पदा पदमार्ग प्रवर्धनमा पर्यटकहरु
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवर्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीयस्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल ।
चिसो सिरेटोमा मेहनत गर्दै मुखियाका दुई पुस्ता
आर्थिक उपार्जनका लागि विदेश जानुपर्छ भन्ने नेपालको आम बुझाइ छ । तर आफ्नै मुलुकभित्र राम्रो मेहनत गर्ने हो भने चित्तबुझ्दो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ बाराको सिमरौनगढ नगरपालिका १ का जवाहर मुखियाका परिवार ।
चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल
चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय भेटघाट एवं छलफल भएको छ ।
अध्यादेशबाट गण्डकीको निजामती ऐन संशोधन
गण्डकी प्रदेश सरकारले दुई वर्ष पहिला ल्याएको प्रदेश निजामती सेवा ऐन अध्यादेशमार्फत् संशोधन गरेको छ। मङ्गलबार प्रदेश मन्त्रिपरिषदले पास गरी पठाएको अध्यादेश प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार प्रमाणीकरण गर्नुभएको छ।