रावल बने पाँचौ क्रसकन्ट्री दौडको च्याम्पियन
नेपाली सेनाका धावक करण रावल पाँचौ क्रसकन्ट्रीको च्याम्पियन बन्नुभएको छ ।
म्याद गुज्रेको सामग्री नष्ट
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अयोजनामा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको छ ।
सूर्यदर्शन सहकारी : छविको बयान सुरु
आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गरेपछि सोमबारबाट बयान सुरु भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीसम्बन्धी मुद्दा परेको छ । गोरखा मिडिया नेटवर्कका पूर्वउपाध्यक्षसमेत रहनुभएका छविलाल जोशीको बयान लिन सुरु भएको हो ।
लाठीनाचप्रति युवाको आकर्षण बढ्दो
थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बनेको छ ।
भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल बनाउन पहल
नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ ।
ठेक्का तोड्ने चेतावनीपछि नारायणघाट–बुटवल सडक विस्तारको काम सुरु
सरकारले लक्ष्यअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणघाट–बुटबल सडक विस्तारले थोरै आशा देखाएको छ । ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्यअनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।
गोरखा क्याम्पस–मान्देढुङ्गा–छेपेटार सडक कालोपत्रे सुरु
गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबैभन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पस–मान्द्रेढुङ्गा–छेपेटार सडक अन्तर्गत गोरखा क्याम्पसदेखि मान्द्रेढुङ्गासम्म झण्डै दुई किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे सुरु भएको छ ।
सूर्योदय महिला क्लबले वृद्धवृद्धालाई हिटर सहयाेग
पुतलीबजार नगरपालिका –३ बाढखोलाको सूर्योदय महिला क्लबले वृद्धाश्रमलाई सहयोग गरेको छ । तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट गल्याङ नगरपालिका –१ रामनदी धाम राम्दीमा रहेको शिव पार्वती वृद्धाआश्रमलाई विद्युतीय हिटर तथा एक दिनको भोजन सहयोग गरेको हो ।
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ ।
तनहुँमा महिलामाथि हुने हिंसा बढ्दै
तनहुँमा महिलामाथि हुने हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा घरेलु हिंसा धेरै भएको र त्यसमा महिला बढी पीडित भएको देखिएको छ ।
नीलगिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ ।
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीकाे अदालतमा बयान सुरु हुँदै
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
पोखरामा मङ्गलवारबाट बेलुन महोत्सव
अनेक मेला, महोत्सव भइरहने पर्यटनको राजधानी पोखरामा मङ्गलवारबाट पृथक् महोत्सव सुरु हुँदै छ । फेवातालको सिरान पामेमा पुस ९ देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो ।
बन्दीपुर बजार
तनहुँ, पुस ८ गते । तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार । बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि ुबन्दीपुर भ्रमण वर्ष २०२५ु घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । तस्बिरः रासस
नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै
नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।
बेलढुङ्गा–पञ्चकोट साइकल लेन: बजेट अभावले काम रोकियो
समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो ।
दोस्रो ड्र्यागन बोट रेस हुने
पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्र्यागन बोट रेस आयोजना हुने भएको छ ।
कुलत र दुर्व्यसनबाट मुक्त गराउन खेलकुद्
बालबालिकालाई लागुपदार्थ र दुब्र्यसनको कुलतबाट मुक्त गराउने उद्देश्यले नवलपुरमा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
रविलाई हिरासतै फर्काइयो, सोमबारबाट थुनछेक बहस
आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ।
पाटेबाघ मार्ने उद्योगमा नवलपुरबट एक जना पक्राउ
पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ। निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो।
रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।
वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन
वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् ।
सुन्तलाको बजारीकरणले महिला कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिका–२ का सुन्तला कृषक बिष्णु घर्ती निक्कै उत्साहित हुनुहुन्छ । विगतका वर्षको तुलनामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाए पछि उहाँ उत्साहित हुनुभएको हो ।