बोमलाल गिरी
नवलपुर, पुस ७ गते । बालबालिकालाई लागुपदार्थ र दुब्र्यसनको कुलतबाट मुक्त गराउने उद्देश्यले नवलपुरमा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
सदरमुकाम कावासोतीमा रहेको योङ स्टार क्लवको आयोजनामा पुस १० देखि १२ गतेसम्म जिल्ला स्तरीय स्टार कप ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
‘‘अहिलेको समयमा खेल्ने उमेरका बालबालिकाहरु लागुपदार्थ तथा दुब्र्यसनको कुलतमा फस्दै गएका छन्, उनीहरुलाई त्यो कुलतबाट मुक्त गरी खेलकुद्मा आकर्षित गर्न प्रतियोगित आयोजना गरेका हौं’’ क्लवका अध्यक्ष आनन्द गुरुङले भन्नुभयो ।
खेलाडीलाई कुलत तथा लागु पदार्थको दुब्र्यसनबाट बचाई राष्ट्रका लागि सक्षम र सवल नागरिक बनाई खेलकुद्को विकासमा प्रयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।
प्रतियोगितामा जिल्लाभरीबाट ४५ वर्ष माथिकासहित पुरुष ए, बी महिला र १७ वर्ष मुनिका गरी करिव ७० टिमको सहभागिता रहने आयोकले जनाएको छ । नकआउटको आधारमा हुने प्रतियोगिता सम्पन्न गर्न चार लाख १५ हजार रुपियाँ लाग्ने आयोजकको अनुमान छ ।