• ८ पुस २०८१, सोमबार

सूर्योदय महिला क्लबले वृद्धवृद्धालाई हिटर सहयाेग

blog

वृद्धाश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठलाई विद्युतीय हिटर हस्तान्तरण गर्नुहुँदै क्लबका अध्यक्ष तारा पौडेल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, पुस ८ गते ।
पुतलीबजार नगरपालिका –३ बाढखोलाको सूर्योदय महिला क्लबले वृद्धाश्रमलाई सहयोग गरेको छ ।
तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट गल्याङ नगरपालिका –१ रामनदी धाम राम्दीमा रहेको शिव पार्वती वृद्धाश्रमलाई विद्युतीय हिटर तथा एक दिनको भोजन सहयोग गरेको हो ।

आश्रममा आश्रित २२ जना ज्येष्ठ नागरिकहरुका लागि २३ हजारका आठ वटा हिटर र एक दिन एक दाता कार्यक्रमका लागि सात हजार रुपियाँ गरी ३० हजार रुपियाँ बराबरको सहयाग गरेको हो ।

सामग्रीहरु वृद्धाश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठलाई क्लबका अध्यक्ष तारा पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
आश्रममा रहेको वृद्ध आमाबुबालाई आफ्नै मानेर जाडोमा चिसो भएको अनुभूति गर्दै  तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट सहयोग गरेको पौडेलले बताउनुभयो ।

गरिब तथा असहायको सहयोगमा आफूहरु निरन्तर लागिरहेको बताउनुहुँदै पौडेलले आगामी  दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।