पर्यटकीय गाउँ सिक्लेस
कास्की, पुस ५ गते । कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमशृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्गमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । तस्बिरः रासस
बिहुँकाे सुन्तला बगान
गण्डकी, पुस ५ गते । बागलुङको काठेखोला गाउँपालिका ६ बिहुँमा रहेको सुन्तला बगान । बिहुँ सुन्तला उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । तस्बिरः रासस
मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप
मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।
अवैध गतिविधि गर्नेलाई कारबाही
चितवन राष्ट्रिय निकुञ्जमा मङ्सिर महिनामा मात्रै दुई वटा गैँडा र एउटा बाघको मृत्यु भएको छ ।
उत्पादनसँग प्रविधिलाई जोड्न शैक्षिक मेला
लोप हुँदै गएको परम्परागत सिप र नयाँ प्रविधिको विकासको बारेमा पूर्वी नवलपरासीको देवचुलीका विद्यार्थीले प्रदर्शनी गरेका छन् ।
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।
बेनीमा माटोको गुणस्तरमा ह्रास
बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तरमा ह्रास आएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमूना परीक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो ।
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ ।
पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।
लमजुङ जिल्लाबाट डिजिटल फ्रेमवर्क सुरु गर्दैछु : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लालाई यो वर्ष पूरै सूचना प्रविधि मैत्री बनाउने बताउनु भएको छ । नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुवाती थलोको रुपमा आफ्नै गृह जिल्ला लमजुङबाट सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
कास्कीको घान्द्रुकमा जिप दुर्घटना, पाँच घाइते
बिहीबार दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०, घान्द्रुकको वतासे डाँडामा भएको जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ ।
रविको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ।
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले बिहीबार उद्घाटन गर्नुभएको हो ।
नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न
गोरखाको पालुङटार नगरपालिका – ९ ढुङ्गेटारीमा नौ महिना अघि नै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । पालुङटार नगरपालिका – ९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकारको १० लाख दुर्घटना बिमा
म्याग्दीका क्रियाशील पत्रकारहरुको दुर्घटना बिमा सुरु गरिएको छ । गत मङ्सिर २८ गते निर्वाचित नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दश लाख रुपियाँको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।
लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।
जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।
धौलागिरी कृषि तथा पशुपंक्षी फार्ममा फलेको किबी
म्याग्दी, पुस ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्ममा फलेको किबी । बारीमा लटरम्म किबी फले पनि बिक्री राम्रो नहुँदा म्याग्दीका कृषक निराश भएका छन् । तस्बिरः रासस
‘माटो सुहाउँदो विकास र समृद्धिका आधार तय गरेका छौँ’
स्याङ्जाको दक्षिणपूर्वी भेगमा अवस्थित हरिनास गाउँपालिका २०७३ सालमा गठन भएको हो
कानुन बनाउन सहकार्यको प्रतिबद्धता
सङ्घीय व्यवस्थापिका र प्रदेश व्यवस्थापिकाका प्रमुख कानुन बनाउन आपसी सहकार्य गर्न सहमत भएका छन् ।
अलपत्र पर्दै रामायण भवन
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै अस्तित्व गुमाउने अवस्थामा पुगेको छ । यो भवन चार वर्षदेखि अलपत्र परेको छ ।
हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।
सुन्तला किन्न व्यापारी बगैँचामा
स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।