प्रमुखमा महिला मात्रै उम्मेदवार
जिल्लाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा चार जना महिलाले मात्र उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेका तर्फबाट सरस्वती चिदी, गठबन्धनबाट नेपाली काँग्रेसकी सुनिता अधिकारी र स्वतन्त्रबाट पनि महिलाले नै अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी
आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ५१, उपप्रमुख÷उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
बुद्धजयन्ती भव्यताका साथ मनाइने
लुम्बिनीसहित विभिन्न बौद्ध स्थलमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस पटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो ।
उत्साहपूर्वक मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले लुम्बिनी प्रदेशमा उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार दुुई दिन मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको थियो ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट काँग्रेसका पाण्डेको उम्मेदवारी
नेपाली काँग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
नेपालगन्जमा सत्ता गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
मालपोत र नापीशाखाको सेवा एक साताका लागि बन्द
रेखीराम रानापाल्पा, बैशाख ११ गते । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयको सेवा आजदेखि एक साताका लागि बन्द भएको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले नयाँ भवनमा कार्यालय व्यवस्थापन गर्न भन्दै सेवा बन्द गरेको हुन् । मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणका लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । मालपोतले सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखतलगायतका कागजात नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । नापी कार्यालयले पनि सोहीअनुसारको सूचना जारी गरेको छ । पाल्पामा मालपोत र नापी कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या परेको थियो ।
रेसुङ्गा नगरपालिकामा पन्थीलाई उम्मेदवार बनाउने काँग्रसको निर्णय
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पाल्पामा सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड
पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।