भ्रष्टाचार विकासको बाधक : डा.भण्डारी
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनु भएको छ ।कतिपय स्थानीय तहमा भ्रष्टाचार र वेथिति मौलाएको भन्दै उहाँले भ्रष्टाचार मुलुकको विकासको सबै ठूलो चुनौती बनेको छ भन्नुभयो ।
‘मोतिपुर औद्योगिक क्षेत्रका स्थानीयलाई विस्थापन गरिँदैन’
गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ । रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
बुद्धजयन्ती भव्य रूपमा मनाइने
लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती भव्यतासाथ मनाउने भएको छ । आइतबार लुम्बिनीमा कोषले आयोजना गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने जनाएको छ ।
मृत्यु भएका मतदाताको नाम हटाइएन
दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।
उम्मेदवारका प्रतिबद्धता कार्यान्वयनका लागि लिखित करारनामा
निर्वाचनको बेलामा गरिएका प्रतिबद्धता पूरा गराउन मतदाताले उम्मेदवारहरुसँग लिखित करारनामा गराउन थालिएका छन् ।
मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेदवार घरघरमा
तिलोत्तमाको प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको बताउनुभयो ।
समन्वय नै समृद्धिको आधार
‘नेपाल गाउँ नै गाउँले बनेको मुलुक हो । गाउँलाई नै आधार बनाएर योजना बनाउनुपर्दछ । गाउँबाटै विकासको मूूल फुटाउनुपर्दछ ।’पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको क्रममा नेताहरूको यो भनाइ धेरै लोकप्रिय बनेको थियो । यो भनाइमा केन्द्रीकृत अधिकार विकेन्द्रित हुनुपर्दछ र गाउँघरबाटै जनताले शासकीय सेवा पाउनुपर्दछ भन्ने मर्म झल्किन्थ्यो । आन्दोलनका दौरान नेताहरूले देखेको सङ्घीय शासन व्यवस्थाको त्यो सपना अहिले आएर पूरा भएको छ ।
विरासत र प्रतिष्ठा जोगाउने दाउमा दल
स्थानीय तहको निर्वाचनमा दाङका दुई उपमहानगरमा विरासत र प्रतिष्ठा जोगाउन दलहरू तल्लीन देखिन्छन् । अहिले नेकपा एमाले आफ्नो विरासत जोगाउन लागेको छ । गठबन्धनका दलहरूका लागि दुवै उपमहानगरको निर्वाचन प्रतिष्ठा जोगाउन जुटेका छन् ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा नरैनापुर गाउँपालिका उदाहरणीय
सिराज खाननेपालगञ्ज, वैशाख २३ गते । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्ला भरिकै पालिकाहरुका लागि उदाहरणीय बनेको छ ।दलहरुसँग गरिएको सामान्य आग्रहकै भरमा सो गाउँपालिकामा पूर्ण रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्यले बताउनुभयो ।पालिकामा आचारसंहिता पूर्ण रुपमा पालना गराउन दल र उम्मेदवारहरु नै निकै गम्भीर भएर लागिपरेको उहाँले जनाउनुभयो । बाँकेका अन्य पालिकाबाट आचार संहिता उल्लङ्घन भएको सुनिए पनि नरैनापुरमा पूर्ण पालना भैरहेकोमा खुशी लागेको समेत आचार्यको भनाइ छ ।‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटिलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ निर्वाचन अधिकृत आचार्यले भन्नुभयो ।जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने सो गाउँपालिकामा सुरुमा खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेकोमा अहिले त निकै सजिलो र सहज भएको उहाँले बताउनुभयो ।नरैनापुरमा दलहरुले आचारसंहिताको पालना गर्न सक्रिय सहयोग गरिरहेका छन् भने प्रहरीले पनि निकै सक्रियता देखाएको छ । अध्यक्ष पदका उम्मेदवार इश्तियाक अहमद शाहले आचारसंहिता पालना गर्न सबै कार्यकर्ता र समर्थकलाई गम्भीर रुपमा निर्देशन दिइएको बताउनुभयो ।उहाँले अन्य दलका उम्मेदवारहरुले पनि सो कार्यमा राम्रो सहयोग गरिरहेको पाइएको बताउनुभयो ।यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र मौर्यले पनि आचारसंहिता पालना र शान्तिपूर्ण प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिइएकाले राम्रो परिणाम आएको बताउनुभयो ।उता, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको जनाउँदे आफ्नो क्षेत्रमा आचारसंहिता विपरीतका कुनै पनि गतिविधि हुन नदिएको बताउनुभयो ।वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सबै दल र उम्मेदवारहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।