कपिलवस्तुमा आठ वडाको मतगणना सकियो
जानु पाण्डेकपिलवस्तु, जेष्ठ १ गते । कपिलवस्तुमा ६ पालिकाका ८ वडाको मत गणना सम्पन्न भएको छ । नेकपा एमाले र नेपाली काँग्रेस ३-३ वडा, राप्रपा र जसपा १-१ वडामा प्यानलसहित विजयी भएका हुन् ।यस्तै, शिवराज नगरपालिका १ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा खिमविक्रम केसी १४ सय ५२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी राप्रपाका राहुलकुमार चौधरीले १२ सय ६२ मत प्राप्त गर्नुभएको छ। यशोधरा गाउँपालिकाको २ मा एमालेका मनोजकुमार चौवेको ४४५ मत र विजयनगर गाउँपालिका १ मा एमालेका इन्नर थारुको प्यानलसहित विजयी भएका छन् ।यसैगरी, कृष्णनगर नगरपालिका १ मा राप्रपा र वडा अध्यक्षमा तुङ्गनाथ चौधरीले ५१५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गणेशकुमार पाण्डेयले ५१६ मत प्राप्त गर्नुभएको हो ।बाणगंगा नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका अमित पौडेललाई पराजित गर्दै नेपाली काँग्रेसका सन्जु सारु विजयी हुनुभएको छ । कपिलवस्तु नगरपालिका १२ मा वडा अध्यक्षमा इन्सान अलि धुनियाले ९ सय ३८ मत र शिवराज नगरपालिकाको ११ मा नेपाली काँग्रेसको प्यानल विजयी भएका छन् । वडाध्यक्षमा रामेश्वर वर्मा पुनः दोहोरिएका छन् । साथै, कपिलवस्तु नगरपालिका १ मा जनता समाजवादी पार्टीका मोहम्मद जाहिद खाँको प्यानल विजयी हुनुभएको छ । उहाँले ९ सय ४३ मत प्राप्त गर्नुभएको हो ।
घोराही उपमहानगरमा गठबन्धनका शर्मा र डाँगीको अग्रता कायमै
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । आइतवार विहानसम्म घोराही उपमहानगरपालिकाका ६ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउँदै लग्नुभएको छ ।
रेसुंगा नगरप्रमुखमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर निर्वाचित
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो ।
गुल्मीदरवार गाउँपालिका अध्यक्षमा कांग्रेसका थापा निर्वाचित
गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गर्नुभएको छ । प्रारम्भिक मतपरिणाम अनुसार उहाँले ४१० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाउनुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणर्ना सम्पन्न भएको छ ।
अर्घाखाँचीमा १६ वडाको मत परिणाम सार्वजनिक
नेपाली काँग्रेसले ८ स्थानमा वडाध्यक्षमा विजयी हुँदै हालसम्म पहिलो स्थानमा छ । नेकपा एमालेले ६ स्थानमा विजय हासिल गदै द्रोसो स्थानमा रहेको छ ।
धुर्कोटमा मतगणना अनिश्चित
गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन ।
दाङमा नेपाली काँग्रेसकाे विजयी सुरुवात
दाङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका रमेश भण्डारीसहित उहाँको प्यानल विजयी भएको हो ।
घोराही उपमहानगरपालिकाको मतगणना सुरु
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको छ । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७ दशमलव ७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।