स्वतन्त्र उम्मेदवार मल्ल विजयी
मुकुन्द सुवेदीबर्दिया, जेठ १ गते । बर्दियाको मधुवन नगरपालिका ३ मा बागी उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडाध्यक्षमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मधुवन नगरपालिकाका ४७ वर्षीय नारायण मल्ल अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७ सय ७ मत प्राप्त गर्नुभएको छ । चौधरीलाई १९ मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित मल्लले ७ सय २६ मत ल्याउनुभएको छ । यसअघिको स्थानीय निर्वाचनमा उहाँ काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त वडामा नेकपा एमालेका उम्मेदवार बासुराम थारुले ५ सय ४९ मत प्राप्त गर्नुभएको छ ।कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि मल्ले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मल्लसहित ६४ जनाले कांगेसको क्रियाशील सदस्यले राजिनामा दिएर वडाध्यक्षमा उमेदवारी दिनुभएको थियो ।
थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी
रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर 'सविन' निर्वाचित हुनुभएकाे छ । उहाँले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ ।
नेपालगञ्जमा गठबन्धनको फराकिलो अग्रता
बाँके समाचारदाताबाँके, जेठ १ गते । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनले अग्रता फराकिलो बनाएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मत प्राप्त गर्नुभएको हो । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपति दयाल मिश्राले ९६८ मत पाउनुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट जसपाका कमरुद्धिन राईले एक हजार ४४२, राप्रपाका विन्दु चर्ती मगरले एक हजार ८४ र नेकपा एमालेका शान्ति ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामध्ये वडा नम्बर २२ र २३ को गणना सकिएको छ । नेपालगञ्जमा ८१ हजार ७९४ मतदाता मध्ये ६१ हजार २०५ मत खसेको छ । कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेको ९६१, नेपाली काँग्रेसका पुर्ण आचार्यको ८११ र नेकपा एमालेका खिलप्रसाद भुसालको ८०९ मत आएको छ । राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले तीन हजार १९४, नेपाली काँग्रेसका तप्त पौडेलले दुई हजार ९७१ र नेकपा माओवादी केन्द्रका पट्टु थारुले एकहजार ५६१ मत प्राप्त गर्नुभएको हो ।यस्तै, जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले एक हजार २५७, जसपाका राजिवकुमार कर्मीको ७४१ र नेकपा एमालेका हिमांशु यादवले ४३० मत प्राप्त गर्नुभएको छ । डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका पप्पु चौधरीको ७७७, नेकपा एमालेका सरोजकुमारी यादवको ७०७ र जसपाका भण्डारीलाल यादवको २६८ मत आएको छ । खजुरा गाउँपालिकामा नेकपा एमालेका सुमन मल्लको दुई हजार ६७१, नेकपा माओवादी केन्द्रका डम्बर विकको दुईहजार २४४ मत प्राप्त भएको छ । नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने शनिबारदेखि नै मतगणना स्थगित भएको छ । विवादपछि गणना स्थगित भएकोमा नरैनापुरमा पुनः सञ्चालन गर्ने सहमति भएको छ । बाँकेका ८१ वटा वडामध्ये आईतबार दिउँसोसम्म ७ वडाको मत परिणाम सार्वजनिक भएकाे छ जसमा काँग्रेस, एमाले र जसपा २-२ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई, नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका जबर अलि बेहना, जानकी गाउँपालिका १ मा जसपाका मो. रजा राई, राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी र खजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री विजयी हुनुभएको छ ।
दाङमा स्वतन्त्र उम्मेवार वडा अध्यक्षमा विजयी
लीलाधर वली घोराही, जेठ १ गते । दाङमा एक जना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका २७ वर्षीय सुनिल वली वडा अध्यक्षमा विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारलाई ३२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित वलीले ६ सय २९ मत ल्याउनुभएको छ । उक्त वडामा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५ सय ९७ मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार टोपेन्द्रा खड्काले ३ सय ३१ मत र नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उक्त वडा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । नेपाली कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । उक्त वडा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको वडा हो । टिकट वितरणमा असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका वलीले राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने र जनताको सेवकका रुपमा भएर काम गर्ने भन्दै प्रचार गर्नुभएको थियो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ४ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी
राजु लामिछाने रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका ६ वटा वडा मध्य चार वडा वडामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सानीभेरीमा ११ वटा वडा रहेका छन् । १ नम्वरमा टेकबहादुरको टिम विजयीसानीभेरी गाउँपालिका वडा नम्बर १ नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुनुभएकोे छ । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा महिला सदस्य विमला बि. क. रोकाले ४६६, दलित महिला सदस्य तुलसा सुनारले ५३३, खुल्ला वडा सदस्यहरु कालो पुन र मंगले कामीले क्रमश ५३३ र ४९२ मात प्राप्त गर्नुभएको छ ।२ नम्वरमा पनि माओवादी प्यानल नै विजयीसानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका हुनुभएको छ । उहाँले ४ सय ८४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत प्राप्त गर्नु भएको छ ।३ नम्वरमा जगदिशको टिम विजयीसानीभेरी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगदिश नकाल ९ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद ओलीले ६ सय ३८ मत प्राप्त गर्नु भएको छ ।४ नम्वरमा काँग्रेसको जितसानीभेरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका खडक बहादुर चन्दले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ । वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गंगा चन्द ६ सय ७६ मत प्राप्त गरी बिजय हुँदा माओबादी केन्द्रकी कलधरी खत्रीले ३ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दलित महिला तर्फ नेपाली काँग्रेसकी लक्ष्मी रसाइँलीले ६ सय ७४ मत प्राप्त गरेर बिजय हात पार्दा माओवादी केन्द्रकी चन्द्रकली कामीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसका भद्र बुढाले ६ सय ५१ मत र बिमल प्रकाश बुढाथोकीले ६ सय ८९ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका खले बुढाले ३ सय ९९ र मदनदाश बिकले ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।५ नम्वरमा काँग्रेसकै नेतृत्ववडा नम्बर ५ मा नेपाली काँग्रेसको विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अलबहादुर खत्रीले ४ सय ६२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका तिर्थ बहादुर खत्रीले ४ सय ३४ मत प्राप्त गरी पराजित हुनु भएको छ ।वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा ४ सय ४९ मत प्राप्त गरी बिजय हुँदा माओवादी केन्द्रकी कमला बस्नेतले ४ सय ३९ मत प्राप्त गर्नुभएको छ भने दलित महिला तर्फ नेपाली काँग्रेसकी कमला चदाराले ४ सय ६४ मत प्राप्त गरेर बिजय हात पार्दा उहाँकी प्रतिद्वन्दी माओवादी केन्द्रकी रिता कामीले ४ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि खुल्ला सदस्य तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका दलजित बस्नेतले ४ सय ३७ मत र नैने कुसारीले ४ सय ४५ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका डिलाराम कुसारीले ४ सय ३३ र पर्शुराम खत्रीले ४ सय २१ मत प्राप्त गर्नुभएको छ । सानीभेरी गाउँपालिका वडा नं ६ को मत परिणाम गाउँपालिकाको वडा नम्वर ६ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पहलसिं घर्ति मगरले १५५ मत ल्याएर निर्वाचित हुुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्द्रबहादुर कुसारीले १३२ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्षमा फराकिलो मतान्तरसानीभेरी गाउँपालिकाका पाँच वडा वडाको मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तर बनाएका छन् ।अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले तीन हजार सात र मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी कांग्रेस–एमाले गठबन्धनबाट काँग्रेसका गोरखप्रसाद चन्दले दुई हजार दुई सय २९ मत ल्याउनु भएको छ । त्यस्तै छाता चिन्हका उम्मेदवार मिम कुमार ओलीले ४० मत ल्याउनुभएको छ भने हलो चिन्हका उमेदवार टंकप्रकाश घर्तीले २७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका पुनले तीन हजार १२ मत ल्याउँदा काँग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले एक हजार पाँच सय ८९ मत ल्याउनु भएको छ ।
कपिलवस्तुमा आठ वडाको मतगणना सकियो
जानु पाण्डेकपिलवस्तु, जेष्ठ १ गते । कपिलवस्तुमा ६ पालिकाका ८ वडाको मत गणना सम्पन्न भएको छ । नेकपा एमाले र नेपाली काँग्रेस ३-३ वडा, राप्रपा र जसपा १-१ वडामा प्यानलसहित विजयी भएका हुन् ।यस्तै, शिवराज नगरपालिका १ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा खिमविक्रम केसी १४ सय ५२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी राप्रपाका राहुलकुमार चौधरीले १२ सय ६२ मत प्राप्त गर्नुभएको छ। यशोधरा गाउँपालिकाको २ मा एमालेका मनोजकुमार चौवेको ४४५ मत र विजयनगर गाउँपालिका १ मा एमालेका इन्नर थारुको प्यानलसहित विजयी भएका छन् ।यसैगरी, कृष्णनगर नगरपालिका १ मा राप्रपा र वडा अध्यक्षमा तुङ्गनाथ चौधरीले ५१५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गणेशकुमार पाण्डेयले ५१६ मत प्राप्त गर्नुभएको हो ।बाणगंगा नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका अमित पौडेललाई पराजित गर्दै नेपाली काँग्रेसका सन्जु सारु विजयी हुनुभएको छ । कपिलवस्तु नगरपालिका १२ मा वडा अध्यक्षमा इन्सान अलि धुनियाले ९ सय ३८ मत र शिवराज नगरपालिकाको ११ मा नेपाली काँग्रेसको प्यानल विजयी भएका छन् । वडाध्यक्षमा रामेश्वर वर्मा पुनः दोहोरिएका छन् । साथै, कपिलवस्तु नगरपालिका १ मा जनता समाजवादी पार्टीका मोहम्मद जाहिद खाँको प्यानल विजयी हुनुभएको छ । उहाँले ९ सय ४३ मत प्राप्त गर्नुभएको हो ।
घोराही उपमहानगरमा गठबन्धनका शर्मा र डाँगीको अग्रता कायमै
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । आइतवार विहानसम्म घोराही उपमहानगरपालिकाका ६ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउँदै लग्नुभएको छ ।
रेसुंगा नगरप्रमुखमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर निर्वाचित
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो ।
गुल्मीदरवार गाउँपालिका अध्यक्षमा कांग्रेसका थापा निर्वाचित
गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो ।