रुपन्देहीको शुद्धोदनमा काँग्रेसका बस्याल र उपाध्यक्षमा एमालेकी ज्ञवाली विजयी
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा मतगणना सकिएको यो दोस्रो पालिका हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्तबहादुर पौडेल विजयी हुनुभएको छ ।
गुल्मीको कालीगण्डकीमा पुनः थापा विजयी
कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसका वेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । प्रतिष्ठान विज्ञप्ती निकाल्दै हप्तामा छ दिन नै ओपीडी सेवा सञ्चालन गरी सेवा पु-याउने जनाएको हो ।
छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी
गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो ।
प्रधानमन्त्री देउवाले गर्नुभयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्रीले देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको हो ।
काँग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
रुकुम पूर्वको पुथा उत्तरगंगामा माओवादीका घर्ती निर्वाचित
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी र उपाध्यक्षमा एमालेका रेउले
रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ३ हजार ७७९ मत ल्याई जित हाँसिल गर्नुभएको हो ।