• १७ असार २०८१, सोमबार

देशभर मनसुनी वायुको प्रभाव

blog

काठमाडौँ, असार १५ गते । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।